धरान÷कोरोना भाइरसको दोस्रो भेरिएन्ट संक्रमण तीब्र रुपमा फैलन थालेपछि जोखिम न्यूनिकरण गर्ने उद्देश्यले नेपाल–भारतका नागरिकको आवातजावतमा कडा निगरानी गर्न सुनसरीका सीमा नाकाहरुमा ६ सय भन्दा बढी सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ ।
सुनसरीमा ६२ किमी नेपाल भारत सीमामा रहेका दर्जनौ नाकाहरुमध्ये हाल भाण्टाबारी नाकामात्र खुल्ला रहेको थियो । सरकारले यसभन्दा अगाडि देशभरका ३५ वटा नाका खुल्ला गरेपनि सोमबार बसेको मन्त्री परिषदले बाँकी नाका बन्द गरी १३ वटा नाकामात्र खुल्ला गर्ने निर्णय गरेसँगै भान्टाबारी नाका समेत हिजो मंगलबारदेखि पूर्ण रुपमा बन्द गरिएको छ । अब प्रदेश नं. १ मा विराटनगरको जोगबनी भन्सार नाका र काँकडभिट्टा नाकाबाट मात्र आश्यक स्वास्थ्य परीक्षण पश्चात सर्वसाधारणले आवातजावत गर्न पाउने भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका एसपी माधवप्रसाद पौड्यालका अनुसार सुनसरीमा एउटा भाण्टाबारी नाकालाई आउजाउका लागि खुल्ला गरिएको थियो तर सरकारले हिजो सोमबारदेखि भाण्टाबारी नाका पनि बन्द गर्ने निर्णय गरेपछि त्यो पनि बन्द भएको छ । अब सुनसरीबाट भारत–नेपाल आउजाउ गर्ने नाका छैनन् । अब विराटनगर र काँकडभिट्टा नाकामात्र खुल्ला रहने छ । अरु सबै नाका बन्द भएका छन् । विशेष गरी सोमबार सम्म भारतबाट नेपाल आउने नेपाली जो भारतमा रोजगार गर्न गएकाहरु भाण्टाबारीबाट आउन पाउँथे अब त्यो पनि बन्द भएको छ । अर्कोतर्फ यहाँका स्थानीय मानिसहरु किनमेलका लागि भारत जान पूर्ण रुपमा बन्द गरिएको छ ।
एसपी पौड्यालले भन्नुभयो अब सुनसरीका कुनैपनि नाकाबाट कोही पनि आउन पाउँदैनन् । जोगबनीबाहेक मोरङ्ग सुनसरी, उदयपुर र पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, भोजपुर लगायतका पहाडी जिल्लाका नागरिकहरुले अन्यन्त्रबाट आउजाउ गर्न पाउँदैनन् । अहिले सुनसरीमा सीमा सुरक्षा बल विओपी १० वटा रहेका छन् । भाण्टाबारी, हरिपुर,श्रीपुर, लौकही,कोशीलाई, बसन्तपुर, घुस्की, कप्तानगञ्ज अमडुवा, साहेवगञ्जमा विओपी रहेका छन् भने १६ वटा अस्थायी पोष्ट पनि बनाइएको छ । दुईवटा विओपीको बीचमा टेन्ट लगाएर पाल हालेर अस्थायी पाष्ट बनाइएका छन् । त्यहाँ ६ सय सुरक्षाकर्र्मी तैनाथ भएर कम गगरिरहेको छन् । साधन स्रोतको व्यवस्था कस्तो छ त भन्ने सम्बन्धमा उहाँ भन्नुहुन्छ अतिरिक्त साधन स्रोत छैन । हामीसँग जे–जस्तो छ त्यसैलाई अधिकत्तम प्रयोग गरिरहेका छौं । अघिपछि जसरी ड्युटी गरिरहेका थियौ त्यसैगरी गरिरहेका छौं । मास्क र सेनिटाजर आफ्नै तरिकाले लिइरहेका छौ अरु केही छैन । कोरोेनाको यस्तो महामारी, जोखिमपूर्ण अवस्थामा गाडीहरु, चिकित्साकर्मीहरुको उपलब्धता कस्तो छ ? भन्ने सवालमा कोरोनाको लागि भनेर छुट्टै गाडी छैन । एउटा गाडी सबै विओपीसँग रहेको छ ।

एउटा विओपीमा नर्मल अवस्थामा ३५ जना बस्ने व्यवस्था भएपनि अहिले आवश्यकता हेरेर ६९ जनासम्म छन् । ४५ देखि ५० जना सबै विओपीमा अहिले छन् । अतिरिक्त थपेको पोष्टहरुमा डयुटी मिलाएर १५–१८ जनासम्म रहेका छन् । दिनभरिमा डयुटी गरेरबेलुका छाप्रामा सुत्ने अवस्था गरिएको छ । विओपीबाटै त्यस्तो ड्युटीको व्यवस्था गरिएको छ । सुनसरीमा सबै भन्दा व्यस्त नाका भाण्टाबारी नै रहेको छ । भारतीय बजार पनि नजिक भएको र हाइवे पनि भएकोले भाण्टाबारीमा बढी ओहोरदोहोर हुने गरेको छ तर त्यो पनि बन्द भएपछि अब सुनसरीमा सबै साना ठूला नाका बन्द भएको एसपी पौड्यालले बताउनुभयो । भारतबाट आउनेहरुको पिसिआरको व्यवस्था गरेको थियो त भन्ने सम्बन्धमा उहाँले भन्नुभयो पिसिआर गरेको छैन, स्वास्थ्यकर्मीले ज्वरो नाप्ने काम गरेको र एन्टिजेन परीक्षण गर्दै भिœयाउने गरको थियो । उनीहर्रु सिधै घरै जान्छन् । शंकास्पद भएमा आइसोलेसनमा पठाउने व्यवस्था गरिएको थियो । पहिला दुई÷तीन सय भन्दा बढी आउथे पछि ५० जनासम्म आउने गरेका थिए अब त्यो पनि बन्द भएको छ ।
इनरुवा पिसिआर परीक्षण बन्द
एकै घरका दुईजनाको मृत्यु र नौ जनासम्म संक्रमित भएपछि इनरुवामा पिसिआर परीक्षण बन्द गरिएको छ । इनरुवा नगरपालिका स्वास्थ्य महाशाखाका अनुसार दैनिक संक्रमित बढ्न थालेपछि सर्वाधारणमा सन्त्रास उत्पन्न हुन थालेको थियो । पिसिआर गर्नपनि सम्भव नभएपछि हाललाई परीक्षण नै बन्द गरको जनाएको छ । कोरोना संक्रमणकै कारण इनरुवाबाट प्रकाशित हुने पत्रपत्रिका, एफएम स्टेशनहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य तथा इनरुवा एफएमका सञ्चालक इकवाल अहमदका अनुसार काम गर्नेहरुमा ज्वरो, रुघा खोकी बढ्दै गएपछि हाललाई बन्द गर्नुपरेको बताउनुभयो ।
धरान उच्च जोखिममा
कोरोना संक्रमणको सन्त्रास चौतर्फी हुँदा र धरानमा एकैदिन ४० जनासम्म संक्रमित हुँदा पनि सर्वाधारणले आवश्यक स्वास्थ्य मापदण्ड नअपनाउने, विगतमा झै भीडभाड गर्ने, बजार पसल खोल्ने, यातायातका सावरी साधनहरु निर्वाध चल्ने गरेपछि धरान कोरोनाको उच्च जोखिममा परेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । उहाँले भन्नुभयो अब धरानमा कोरोनाबाट बच्ने हो भने पूर्ण लकडाउनको विकल्प छैन । कोरोनाकै कारण धरानमा एक जनाको मृत्यु भएको छ भने २ सय ८० जना सोमबार सम्ममा संक्रमति भइसकेका छन् । दैनिक रुपमा संक्रमितको सख्या बढिरहेको छ । १० जनाको परीक्षण गर्दा ५ जनामा संक्रमित देखिन थालेको छ यो स्थिति भयावह हो मेहताले भन्नुभयो ।
सनुसरीमा पूर्ण निषेधाज्ञा
सुनसरी जिल्ल्लामा आज वैसाख २१ गतेदखि ३१ गतेसम्म पूर्ण निषेधाज्ञा गर्ने निर्णय भएको छ । संक्रमितको संख्या ५ सय भन्दा बढी भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पूर्ण लकडाउनको निर्णय गरेको हो । अब जोर विजोर प्रणालाीबाट सञ्चालन हुँदै आएका यातायात सेवा समेत पूर्ण रुपमा बन्द हुने भएको छ भने यस भन्दा अगाडि ११ बजेसम्म सञ्चालन गर्न दिइएको खाद्यान्न लगायत अत्यावश्यक वस्तुका पसल १० बजेसम्म मात्र सञ्चालन गर्न दिने र अत्यावश्यक बाहेक हिडडुलमा समेत रोक लगाउने निर्णय भएको छ ।
