दुवै डोज खोप लिएपनि कोरोना पुष्टि

धरान÷विश्वव्यापी महामारीका विरुद्ध फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको पहिलो र दोस्रो खोप लिए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार प्रतिष्ठानको माइक्रोवायलोजी विभाग अन्तर्गतको पिसिआर ल्याबमा पिसिआर परीक्षण गराउँदा उहाँमा पिसिआर पोजेटिभ देखिएको हो ।
पाँच दिनसम्म १०४ डिग्री ज्वरो आएमा, झाडा वान्ता भएमा खोकी लागेमा, नाक वा मुखबाट रगत बगेमा कोरोना संक्रमण हुने भएपनि संक्रमित शाहमा यस्ता कुनै लक्षण देखिएको छैन । उहाँ भन्नुहुन्छ म मा कुनै प्रकारको सिम्टम छैन । भारतमा उत्पादित कोभिशिल्डको दुवै डोज लिएको थिएँ । शायद इन्फेक्सन हुन सक्छ, माइल्ट फर्ममा हुन्छ । सात दिनपछि पुन ः परीक्षण गराउँछु हेरौ के रिजल्ट आउँछ ? निर्देशक साहले आइतबारै एक सूचना प्रकाशित गरी आफूमा कोभिड १९ को पिसिआर पोजेटिभ देखिएको हुनाले मसँग प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई नेपाल सरकारबाट कोभिड १९ का लागि जारी भएको निर्देशिका बमोजिम शतर्कता अपनाउन एवम् सुरक्षित रहन आग्रह समेत गर्नुभएको छ ।
धरान उपमहानरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार धरानमा सोमबार सम्ममा ८ जनामा संक्रमण पुष्टि भइसकेको छ उहाँका अनुसार प्रदेश नं. १ मा २ हजार २ सय ७० जनाको परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको छ । झापामा चैत्र २० देखि २७ गतेसम्ममा १५ जना, मोरङमा ४५ जना, सुनसरीमा २० जना, संखुवासभामा ३ जना, उदयपरमा एक जना र पाँचथरमा एक जनालाई संक्रमण पुष्टि भएको छ । यसैगरी अन्यत्र ठेगाना भई प्रदेश नं. १ मा बस्ने अन्य ६ जनामा पनि संक्रमण देखिएको छ हासम्म संक्रमण शुन्य रहेको जिल्लामा धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, तेह्रथुम, इलाम, ताप्लेजुङ्ग र ओखलढुंगा रहेका छन् ।

तपाईको प्रतिक्रिया