धरान प्रज्ञा प्रतिष्ठानद्वारा पहिलोपटक प्रतियोगितात्मक कथा गोष्ठी सम्पन्न

धरान÷धरान प्रज्ञा प्रतिष्ठानद्वारा पूर्वाञ्चलमै पहिलो पटक नगरस्तरीय प्रतियोगितात्मक लघु कथा गोष्ठी सम्पन्न भएको छ ।
धरान सभागृहमा शुक्राबार भएको लघुकथा प्रतियोगितामा खुल्ला, कलेज र मावितर्फ छुटयायएको थियो । प्रतियोगितामा खुल्लातर्फ ६ जना, कलेजतर्फ ७ जना र मावितर्फका १५ जनाको लघु कथा छनौट भएपनि खुल्लातर्फ ५ जना, कलेजतर्फ ६ जना र मावितर्फ १३ जना पतियोगीहरुले आफना रचना वाचन गरेका थिए ।
खुलातर्फ भोजराज श्रेष्ठको (अ) स्वतन्त्रता, हेनसेन याख्याको इश्वरिय वाणी, कमल पाखे्रेलको स्वर्ग, विजय घिमिरेको अर्थको पीडा र अंकित राईको समय चक्र क्रमश ः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ भएको थियो यसैगरी कलेजतर्फ बीपी कौइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका, पिण्डेश्वर विद्या पिठका नरेन्द्र ढुंगेल, अनुप ढुंगेल, मित्र रिजाल, पवन अधिकारी, केशव काÏले मध्ये पवन अधिकारी, अनुप ढुंगेल, यवराज अधिकारी, नगेन्द ढुंगेल र केशव काÏले क्रमश उत्कृष्टमा परेका थिए ।
उता मावितर्फ ज्ञानचक्षु माविकी रुवीकुमारी यादव, ज्वालामुखी मावि पट्नालीकी अंकिता ढुंगाना, हिमालय बोर्डिङ्ग स्कूलकी विमला श्रेष्ठ, युएन कलजकी अप्सा खत्री, हिमालय बोर्डिङ्ग स्कूलकै जेनिषा श्रेष्ठ उत्कृष्ट पाँचमा पर्न सफल भएका थिए । निर्णायक मण्डलमा रहनु भएका प्रा.डा. हरिहर भण्डारी, डा. रमेश लिम्बु, कथाकार कृष्ण अधिकारीले विजेता घोषणा गर्नुभएको थियो । उत्कृष्ट पाँचमा पर्नेै प्रतियोगीलाई आयोजक धरान प्रज्ञा प्रतिष्ठानका तर्फबाट जनही ३ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रतियोगिताका सयोजक प्रा.डा. गोपाल भण्डारीले प्रकाश पार्दै भन्नुभयो लघुकथा प्रतियोगितको उद्देश्य नै प्रतिभा प्रस्फुटन हो । छोटा, शन्देशमूलक रचना लघुकथाभित्र समेटिने भण्डारीको कथन थियो । निर्णयक मण्डलमा रहनु भएका प्रा.डा. हरिहर भण्डारीले वास्तवमा लघुकथाको शुरुवात नेपालमा कहिले र कहाँबाट भयो भन्ने यकिन तथ्यांक नभए पनि तीनजना व्यक्तिले यसको शुरुवात गरेको देखिन्छ जसमध्ये धरानका जगदिश नेपाली पनि हुनुहुन्थ्यो । लघुकथाबाट लघुतम, कथा र उपन्यास बन्ने भन्दैै उहाँले लघुकथाले बोक्ने सन्देश, वाचन कला भाषा शैली, स्तरीय, छोटा छरिता, आकर्षक, प्रभाविकारितालाई लघुकथाको मापन मानिएको प्रा.डा भण्डारीले बताउनुभयो । यसैगरी धरान नगर पालिकाका पमुख तिलक राईले कला, साहित्य, खेलकुद आदि क्षेत्रमा सहयोग गर्दे जाने बताउनभयो । उहाँले भन्नुभयो राजनीतिकर्मीहरुको एउटा उद्देश्य होला तर विज्ञहरुले दिएको सुझावका आधारमा कार्यक्रमहरुमा समावेश गर्दै लैजाने बताउनुभयो । धरान प्रज्ञा पतिष्ठानका अध्यक्ष अम्बिका सम्हाम्फेले कार्यक्रमको अध्यक्षता गनुभएको थियो भने सञ्चालन शुभचन्द्र राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया