घण्टाघरबाट हेर्दा

चुच्चे गायव बुच्चेकै चल्ती
हाम्रा राष्ट्रपतिले अस्तिका दिन बडो धुमघडाकसँग विभुषण बाँडिछन् । बाँडेका विभूषणमा चुच्चे नक्सा होला भनेर विभुषण थाप्नेहरु ओल्टाइपल्टाई हेरे । नेपालको चुच्चे नक्सा पूरै गायव । बुच्चे नक्साकै चल्ती । हुन त चुच्चे नक्सा पाउन विभूषण ाप्नेहरुपनि इमानदार हुनु प¥यो नि । विभूषण थाप्नेहरु इमान्दार राष्ट्रेवक थिए । कोही हाक्काहाक्की घुस खाने, विना घुस बोलन नि नमान्ने, समाजसेवाका नाममा लुँडउने, एनजीओ आइएनजीओसँ अवैध सम्बन्ध राख्ने, धर्म परिवतन गराउँदै हिड्ने, छेरी चेलीको बात लगेका, सार्वजनिक समपत्ति हड्पेका, दलाली नगरी बस्नै नसक्नेहरु नै थिए । अब यस्ता महान व्यक्तिहरुलाई चुच्चे नक्सासहितको विभूषण दिनु अपमान गरे बराबर नै हो । कोमल मन भएकी राष्ट्रपतिले कसैको अपमान गर्ने कुरा पनि भउन । विभूषण थाप्नेहरु बुच्चे नक्सामै मख्ख देखिन्थे । चुच्चे नक्साका सम्बन्धमा तिन्ले चासो पनि राखेनन् । राने करा नि भएन । तिन्लाई त विभूषण चाहिएको थियो । नक्सासँग तिनलाई वाल मतलब ।
पुतली जु“गे ठेउके
पुतलीजुँगे ठेकउके आच्या घर निकालामा प¥या माकुन्याउले अस्तिका दिन भन्या पर्धानमन्तरी खप्रओलाई साथ दिने सबै दाश हुन रे । माकुन्यउाले कस्तो नबुझ्या ? यो मुलुकमा सबै दाशै त छन । अहिले अmै समानान्तर कमिटी बनाउर्दै हिड्या छन् अनि आफूलाई साथ दिनेहरु पनि त दाब होलान् । बारम्बार मलाई नि कुर्सी देउ, पद देउ भनेर माग्दा नपाएसी थानाम भैलिनी गाएादै हिड्दा विचारा अहिले वेलघरबार भा’छन् । अझै जोरी खोज्दै गए कहँ जुठे कहाँ जुटेकी आमा भइएला है पुतली जुँगे ठेउक बाजे ? हुल मुलमा जिउ जोगउनु अनिकालमा विउ जोगउनु भन्या कुरा बाजेले भुसुक्कै बिर्सिएछन् । अहिले रापताप खपओकै छ । थपक्कक जानु ख्वामी मैले नाकाम गरे, कसैको वकआउमा लागे, आइन्दा त्यसो गर्दिनँ भनेर जम्ल्यहा हात जोडेर लम्पसार पर्दा खप्रओको मन कसो नपग्लेला ? थुतुनो मात्र चलाएर केही लछाराटो लाग्ला जस्तो छैन है पुतली जुँगे ठेउके वा ।
चासो छैन
गोत्र, धर्म जात केही नमिल्ने नेप्लिज लाँग्र्ेस, माउवादी केन्द्र, जसपाको मिटिङ स्यालबहादुर निवास बुढानिलकण्ठमा सेछ । बैठकको ीर्षक ‘जसरी पनि सत्ताबाट खप्रओलाई हटाउ ।’ एकसिटे बाउराम, रििित्तदै गएका प्रचण्डाउले उकै स्वरमा स्यालबहादुलाई विन्ती गरेछन् लौन प्रभु जसरी भए नि पर्धानमन्तरी बनिदिनु प¥यो । पर्धानमन्तरी बन्न कस्लाइ मन हुँदेन ? स्यालबहादुर पर्धातमन्तरी बन्न खुट्टो उचालेर बस्या छन् । तर क्यार्ने सांसद संख्या उल्टो ुल्टो जताबाट जतिखेप गन पनि यान गए पपुग्दैन । अलिकति आशा लाग्या जसपा थियो तयो पनि खप्रओतिरै सल्किएको छ । जसपाले धोती खोलेर समर्थन नगरे ज्यान गएनि स्यालबहादुर पर्धानमन्तरी बन्नेवाला छैनन् । बुढाकिलकण्ठे बैठकमा जसपाले अर्को सरकार बनाउने कुरामा चासो नभएको भनेसी प्रचण्डाउ, बाउराम उपिन्द्र सबै जिल्लाराम भा’थे । जे होस् खपओले महन्त ठाकुर, राजजिन्दर महतोहरुलाई राम्रै मोहनी हान्दिया रै’छन् ।
दस्तावेज लेख्दैछु
ठूलै भाग खाने र खुट्टो घुमाउने सपना चकनाचुर भएसी माउवादी अधयेक्षे प्रचण्डाउ हिजोआज कुना पसेका छन् । हुन त उनको चरित्र न कुाना, जंगल,, ओढार बस्ने हो । हिला पनि कुना, जंगल र ओढरमै बसेरअएका थिए । मकुन्याउ, झल्लाझलुसँगको पिरती अदालतले डिबोर्स गरिदिएँगै आफ्नाले पन साथ छोड्दै गएसी कुना नपसेर कके गरुन ? कुना पसेर प्रचणडउ के गर्द होलान भन्ने केरैको मनमा कौतुलहता जाग्न सक्छ । त उनी फेरि क्रान्ति गर्न दस्तावेज लेख्दैछन् रे अब तिनले केका लागि क्रान्ति गर्न खोज्या होलान ? पहिला पहिला व्यवस्था परिवर्तनका लागि क्रान्ति ग¥या थे क्यारे । यसपटकचाहिँ के का लागि होला ? फेरि दस्तावेजले क्रानित हुने भए सबैले दस्तावेजको ओइरो लगाउने थिए । न थुतुोको टुंगो न तयो अर्के के जातिको टुंगो भनेझै प्रचण्डाउको दस्तवेज अब उही लाटके धोती हुने त होला
सिंह आयो दरबार उस्तै>>
गनतन्त्र अएसी’ गाउा गाउामा सिंहदरबार पुग्छ भनेर सोझा नेपाली जन्तालाई कम्ता लालीपप बाँड्या थिएनन् । १५ बष वित्यो सिंीहदरबार कहिल्यै गउँ, सहरमा आएन । बरु सिंह माने लुटेरा, भ्रष्टाचरी, बलातकारी, माmिया, वेभिचारीहरुचाहिँ सलह जस्तै आए । दरबारचाहिँ काठमाण्डौ मै रहयो गाउँ गाउँ छिरेका सिंहहरुले कम्ता उत्पादन मच्चाएका छैनन् । करङ खुस्किने गरी कर असलेका छन्, पिकै सलामी ठोक्या छन्, करोडौको गाडीमा तुक न बेतुकले दौएिका छन् । क्या वात † राजा महाराजाहरुले सग्लो राखिदिएको देश चलाउन नसकेर सात टुुक्रा बनाएर चिथोरेका छन् । जन्ताले केही बोल्नु हुँदैन तिनै डाको ठूलो । जन्ता जाग्या दिन गोहरुको हालत के होला ?
ढाकाल बाजे लापत्ता
चमडी जाए पर दमडी नजाए भन्ने पर्यटन मन्तरीले आफ्नै निर्वाचन क्षेत्रमा दह«ो स्वागत भेटेछन् । स्वास्थ्यमन्तरी हुँदा ओम्नीसँ एक अर्ब सत्तरी करोड झ्याम्म बनाएको भन्दै आmप्नै क्षेत्रका कार्जेकर्ताले विचाराको पछुवारामा झण्डै पुल्ठो झोसेका । बडो ठाँटवाठसँग आफनो निर्वाचन क्षेत्रको एउटा कार्जेक्रममा पुगेका ढकालले फूलका माला लगाइदेलन भनेर कत्रो आशा ग¥या थे । कार्जेकर्ताह काला झयडा बोकेर तथानाम देउसी भट्याउदै आएसी विचाराले लापत्तै हुनुप¥ो अबचाहिँ जन्ता जग्न थाल्या हुन कि ? आफूले मात्र गमक्र्याएर अरुलाई फुट्टीभाङ्ग नझारेपछि पो त्यसो ग¥या हुन् कि ? सत्तामा बस्नेहरुले जतिसुकै डकार्दा नि अख्तियार मुन्टो बटारेर चुइक्क नबोली बस्छ । तह लगाउने त न्ताले नै हो । धन्न विचारा ढकल वा वालवाल जोगिएर टाप कसेछन् । नत्र विचाराको के हालत हुन्थ्यो ?
फेरि कान्छोलाई का“धमा बोकेर हिडेछन्
हाम्रा पर्धानमन्तरी खपओ बा पनि कहिलेकाँही अचम्मै गर्छन । एक बर्ष अगाडि काँधम बोकेर हिड्दा काँधमा तुक्याइदिएको खपओबाले बिर्सिएछन् । माने प्रसंग हो पूव सञ्चारमन्त्री गोÏले बास्कोटा । सेक्ययुरिटी खरिद पकरणमा बाले गोÏले कान्छोलाई राम्रैसँग काँधम बाकेका थिए । त्यसबेला काँधमा बोक्दा खपओवाको काँध एक्कासी चिसो भएछ । हत्तपत्त खप्रओबाले ोधछन् एई कान्छा मुतिसकि क्या हो ? काँध त चिो भएन आयो । छारिदिन्छ है । प्रत्युत्तरमा गोÏले कान्छाले भनेछन् वा थोरै चाुहिहाल्यो । पछनार्नचाहिँ न पछार्नु है । विचारा खपओले अलिहेसमम गोÏले कान्छालाई कँधमा बोकिरहेका छन । अस्तिका दिन राम्रै ठाउँमा नियुत्तिःका लागि सिफिारिसमा परेछन् गोÏले कान्छा । अरुले ७० करोडको टेप काण्ड भने आरोप लगाए नि खप्रओबा ज्यान गए पत्याउनेवला छैनन् । आखिरी काँधमा बोकेर हिडेके प्यारो गोÏे कान्छा न प¥यो । बाले काँधाट नपरोसम्म अरु झारपातले जतिसुकै चिच्याए पनि केही लछारपाटो लाग्ला जस्तो छैन ।
अन्तमा
हिजो आज पर्धानमतरी खपअको राजनीतमा माग्नेहरु अलि पत्थर हुँदै गएछन् । किन पत्थर भा’ होलान् ? धेरै क्याई क्याई गर्दा बुढालाई कुन दिन झोक चल्छ र ससद विघटन गर्दिन्छन् । तयपछि त खााईपाई अएको तबल भत्ता चै हने डरले यतिबेला तै चूप मै चूप भा’ होला । पेरि अर्को पर्धानमन्तरी बनउन भ्यागुताको धार्नी कििहल्यै पुग्ला जस्तो पनि छैन बाउराम बाजे पचण्डाउ, मकुन्या, सर्पनाथ अच्या झल्ला झलुलाई मात्र खप्रओको राजीनामा चाएिो छ । लाँग्रेसलाई वाल मतलब छैन । खपओले स्यालबहादुरका कुरा थप थप मानेकै छन् । आफ्ना कुरा नमाने, बटारिए पो स्यालबहादुले हुइøया हुइøया गर्थे । अरुले जतिससुकै हुइøया हुइøया गरेपन िकेही नापासारो लाग्ने होइन । अस्तिका दिन त स्यालबहादुरले अपाm्ना सब कार्जेकर्तालाई खप्रओको विरोध नगर्न उर्दी नै जारी गरेका छन् । जे होस् स्यालबहादुर र खपओको जोडीलाईचाहिँ मन्नैपर्छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया