धरान/नेपाल विद्युत प्राधिकरण
धरान शाखाका प्रमुख रमेश यादवको
चरम आर्थिक प्रलोभन, काममा उदासीनता, कार्यालयमा नबस्ने प्रवृत्ति आदिका कारण धरानमा तीनदिनसम्म विद्युत आपूर्ति ठप्प हुादा जनजीवन नै अस्तव्यस्त भयो ।
कार्यालय प्रमुख यादवका कारण झण्डै ६ महिना अगाडि पााचकन्या गाविसमा एक महिलाको सडकमा लत्रिएको तारमा परी करेन्ट लागेर मृत्यु भएको थियो भने चारकोशे झााडीमा एक बालकको मृत्यु भएको थियो । आक्रोसित मृतकका आफन्तले कार्यालय घेराउ गरी तोडफोडमा उत्रिएपछि पााकन्यामा मृत्यु भएकी महिलाका परिवारलाई पााचलाख क्षतिपूर्ति दिइएको थियो भने मृतक बालकका परिवारले कुनै क्षतिपूर्ति पाउन सकेनन् ।
धरानमा विद्युत सप्लाई धरानको चारकोशी जंगल भएर हुने गरेको
छ । प्रत्येक बर्ष केन्द्रबाट बुस कटिङ्ग (रुखपात काट्ने बजेट) का लागि ४ लाख रुपैया बजेट आउने भए तापनि हालसम्म उक्त बजेट बुस कटिङ्गका लागि प्रयोग भएको छैन । नेपाल विद्युत प्राधिकरण धरान शाखाका कर्मचारीहरु बताउाछन् । बुस कटिङ्ग नहुादा जंगलका रुखका हाागा भाचिदा विद्युत तार छिन्ने, भुाइमा लत्रिने र कैयौ दिनसम्म ममर्त समेत नहुने भएपछि यादवको कार्यकालमा धरानमा बारम्बार विद्युत आपूर्ति बन्द हुने गरेको
छ । हालैमात्र बराहक्षेत्र एरियामा बुुस कटिङ्ग गर्न भन्दै कागजी प्रक्रिया मिलाएर यादवले १० हजार रुपैया भ्याम पारेका थिए । अक्सर कार्यालयमा नबस्ने यादव धरानमा तीनदिने विद्युत आपूर्ति ठप्प हुादा सात दिन पश्चात आइतबार कार्यालयमा आएका छन् । बिना काम कार्यालयको गाडी लिएर सप्तरी घर जाने, काठमाण्डौ गएर महिनौ बस्ने गर्नाले धरानमा बेला बेला कैयौ दिनसम्म आपूर्ति ठप्प हुने गरेको छ । कार्यालय प्रमुख यादवले व्यक्तिगत आय आर्जनका अनेकौ गोरस धन्दा चलाइरहेको कर्मचारीहरु बताउाछन् । उनीहरुका अनुसार कुनै ग्राहकले थ्रिफेस लाइन जडान गर्नुपर्ने भए सो को मिटर आफ्नै टेबलमा राखी ग्राहकसाग बार्गेनिङ्ग गरी रकम असुल्ने गर्छन् । उनीहरुका अनुसार अफिसका लागि के गर्नुपर्छ भन्ने कुरा नै यादवले बुझेका छैनन्, धरान शाखालाई बनाउने ध्ययेले यादव आएकै होइनन, कर्मचारीहरुको आरोप छ । शक्ति केन्द्रको आडमा निजले आफ्नो गोरस धन्दा निर्वाध सञ्चालन गर्नाले धरान शाखा यतिबेला अस्तव्यस्त बन्न पुगेको कर्मचारीको कथन छ ।
