कोरोना संक्रमणको जोखिम बढ्दो

धरान÷छिमेकी मुलुक भारतमा कारोना भाइरसको संक्रमण पुन ः बढ्न थालेपछि नेपाल सरकारले आफ्ना नागरिकहरुलाई उच्च शतर्कता अपनाउन आइतबार आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतमा फैलिएको कोरोना नेपालमा पनि भित्रिन सक्ने भन्दै सभा जुलुस, भेला जमघट, गोष्ठी, भीडभाड नगर्न अनुरोध गरेका छन् । भारतमा यतिबेला
कोरोनाका विरामी तिब्र रुपमा बढी रहेका छन । महाराष्ट्र, पञ्जाव, छत्तिसगढ, गुजरात, मध्यप्रदेश, दिल्लीमा कोरोनाका विरामीको संख्या अत्याधिक बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको
छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८० प्रतिशत भन्दा बढीमा महाराष्ट्र, पञ्जाब, कर्नाटक, गुजरात र मध्य प्रदेशमा देखिएको छ । अप्रत्यासित मात्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आगामी २९ गते हुने होलीलाई समेत प्रतिबन्ध लगाउने चर्चा चल्न थालेका छन् ।
भारतका विभिन्न सहरमा काम गर्न गएका नेपालीहरु यतिबेला धमाधम घर फर्कन थालेका छन् । उनीहरुबाट थप जोखिम बढने स्वास्थ्य मन्त्रालयले आंकलन गरेको छ । गत बर्षको चैत्र ११ गते पछि बन्द भएका नेपाल भारतको सीमा नाका भर्खरैमात्र सञ्चालनमा आएपछि निर्वाध आवतजावतका कारण कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया