भारतको पश्चिम बंगाल निर्वाचन : मुख्यमन्त्री ममता वनर्जीलाई आफ्नैले छोड्दै

पश्चिम बंगाल (सिलगुढी–भारत)/भारतको पश्चिम बंगाल विधानसभा चुनाव (West Bengal Assembly Election ) हुनु भन्दा अगाडि मुख्यमन्त्री ममता वनर्जी (Cm Mamata Banerjee ) लाई तगडा झड्का लागेको छ ।
आइतबार कोलकत्ताको ऐतिहासिक बिग्रेड परेड मैदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (Pm Nerendra Modi ) को विशाल ¥याली पश्चात तृणमुल काँग्रेस (Tcm) लाई तगडा झड्का लागेको हो ।
तृणमुल काँग्रेसकी हविपुर विधानसभा क्षेत्रकी उमेद्वार घेषित भएकी सरला मुर्मु (Sarala Murmu ) ले एकाएक पार्टी छोडी दिएकी छन् । प्राप्त समाचार अनुसार अब भारतीय जनता पार्टी (द्यव्ए) मा प्रवेश गर्ने भएकी छन् । जसका कारण तृणमुल काँग्रेसलाई मुर्मु जस्ती प्रभावशाली नेता उक्त क्षेत्रबाट पाउन मुस्किल भएको छ । निर्वाचनको घोषणा भएपछि मुख्यमन्त्री वनर्जीलाई एकपछि अर्काे झड्का लाग्दै गएको छ । पार्टीका प्रभावशाली एवम् दिग्गज नेताहरुले ममता वनर्जीको साथ छोडदै गएका छन् । त्यसरी साथ छोडनेहरुले धमाधम द्यव्ए मा प्रवेश गरेका छन् । डायमंड हार्वर विद्यायक दिपक हलदर, पूर्व मन्त्री शुभेंदु अधिकारी, राजीव वनर्जी, अभिनेता यस दाश गुप्ता, हीरन चटर्जी लगायत कैयौ कलाकारहरुले तृणमुल काँग्रस छोडेर द्यवउ मा प्रवेश गरेका छन् ।
टिएमसी राज्यका २९१ सिटमा चुनाव लड्ने

तृणमुल कँग्रेसले गत हप्ता गरेको पत्रकार सम्मेलनमा भारतको पश्चिम वंगालको कुल २९४ विधान सभा सिटमध्ये २९१ सिटमा निर्वाचन लड्ने र उमेद्वार दिने बताएको थियो ।
मुख्यमन्त्री ममता वनर्जीले पत्रकार सम्मेलनमा भनिन तृणमुल काँग्रेस २९१ सिटमा निर्वाचन लड्छ । बाँकी तीन सिटमा उनका सहयोगी दलले विरोधीसँग प्रतिपर्धा गर्छन् । त्यसबेला उनले भनिन् यस पटकको निर्वाचनमा पाटीर्ले ५० जना महिलालाई उमेद्वारका रुपमा चुनावी मैदानमा उतार्ने छ । तृणमुल काँग्रेसले ४२ जना मुस्लिम उमेद्वार पनि घोषणा गरेको छ ।
उक्त पार्टीले ७९ एसी उमेद्वार, १७ एसटी उमेद्वार र २७ वर्तमान विद्यायकलाई टिकट दिएको छ । यसका अलाला ८० बर्ष भन्दा माथि उमेर भएका व्यक्तिलाई उमेद्वार नबनाउने भएको छ । बाँकी तीन सिटमा आफ्नो सहयोगी दल गोरखा जनमुक्ति मोर्चालाई छोडेकी छन् । ममताको पार्टीले २८ जना फिल्म कलाकारलाई पनि टिकट दिएर चुनावी मैदानमा उतार्ने भएको छ । उनले आफ्नो मनोनयन १० मार्चमा गर्नेै भएकी छन् ।

तपाईको प्रतिक्रिया