राजनीतिक निकासका उपयुक्त विकल्प हठ त्याग

मुलुक पुन: यतिबेला द्वन्द्वको खतरातर्फ उन्मुख भएको छ । जनताबाट निर्वाचित भएर गएका दलहरु पार्टीगत, व्यक्तिगत र पारिवारिक अडानमा कायम रहादा मुलुक द्वन्द्वतर्फ उन्मुख भएको हो ।
जनभावना विपरीत आन्दोलनमा उत्रिएको तीस दलीय मोर्चाले फागुन १६ गते काठमाण्डौमा शक्ति प्रदर्शन गर्‍यो । देशका विभिन्न स्थानबाट बोकेर लगिएका मानिसलाई काठमाण्डौको टुाडिखेलमा भेला ग्राएर आन्दोलतरत दलले कुन कुरा प्राप्त गर्न खोजेका हुन् ? गाउा गाउाबाट ओसारिएका मानिसलाई देखाएर सत्तासीन दललाई तर्साउन खोजेको हो भने त्यो उनीहरुको दिवास्वना मात्र हुने छ ।
केही बर्ष अगाडिसम्म माओवादी एक्लैले टुाडिखेलमा आमसभा गर्दा ३० दलीय मोर्चाको भन्दा सर्वसाधारण टुाडिखेलमा भेला हुन्थे । आज माओवादी ३० दलीय मोर्चामा आवद्ध भएपनि उल्लेख्य मानिस भोला ग्राउन सकेको देखिएन । यसको पछाडिको कारण उसले नबुझेको छैन । उसले राम्ररी बुझेको छ । जनताले उनीहरुको साथ र सहयोग दुवै छाड्दै गएका छन् । कथित मधेश आन्दोलनपश्चात उम्लिएका मधेशवादी दलहरु दोस्रो संविधानसभाको निर्वाचनमा
नराम्ररी बढारिए भने पहिलो संविधानसभाबाट अत्याधिक बहुमत ल्याएको एमाओवादी लज्जास्पद अवस्थामा ओर्लियो । आखिरी कारण थियो जनभावना विपरीतका यिनीहरुका गतिविधि ।
आफूले निर्वाचनमा हारेपछि सविधानसभाको औचित्य नै नदेख्ने मानसिक रोगबाट ३० दलीय मोर्चा ग्रसित भएको देखिन्छ । प्रजातन्त्रका मर्म र भावना स्वीकार ग्रेर आइसकेपछि त्यसका विधि र प्रक्रिया पनि मान्नुपर्छ, आत्मसात गर्नुपर्छ  । यदि प्रजातन्त्रका विधि र प्रक्रिया नमान्ने हो भने माअमोजवादी निर्वाचनमा जानु हुने थिएन । एकातिर विधि र पप्रक्रिया मानेर निर्वाचनमा जाने अनि पराजयसागै त्यसको उपहास गर्ने ? यो कस्तो द्वैद्ध चरित्र हो ? हामीलाई दुई तिहाई बहुमत देऊ, हामी मुलुकलार्य समयमै संविधान दिन्छु भनेर पुष्पकमल दाहालले निर्वाचन अगाडि मेचीकाली यात्रा ग्रेका हैनन.  एकातिर जनपीडक व्यवहार देखाउने अनि अर्कोतिर आफूहरुलाई षड्यन्त्रपूर्ण ढंगले हराइयो भनेर सडकमा झ्याली पिट्दै हिन्न त भएन नि ।
तीस दल्यि (?) मोर्चाको संयोजक भएको ध्वाास पिटेर जनताले अब टुडिखेलमा आम सभा गर्दैमा पप्त्याउदैनन् । वहुमतको कदर र अल्पमतको सम्मान गर्न सिक्नुपर्छ । यतिबेला सत्तासीन दलहरुसाग दुई तिहाई मत छ । बढीभन्दा बढी आफ्ना एजेन्डालाई अब बन्ने सविधानमा समाहित ग्राउने प्रयास गर्नुको सट्टा वहुमतलाई अल्पमतले बन्दी बनाउने नियत राख्नुलार्य कुनैपनि हालतमा प्रजातान्त्रिक संस्कार र चरित्र मान्न सकिदैन । यसका लागि सडकलाई माध्यम बन ाउनुको सट्टा संविधानसभालाई नै प्रयोगको थलो बनाउनुपर्छ । आज संसारले मान्ने दुई तिहाई वहुमत सत्तासीन दल नेपाली कााग्रेस र  एमालेसाग रहेको छ । दुई तिहाई वहुमतले संविधान जारी गर्दा कुनै पनि राष्ट्रले त्यसमा अब्जेक्सन गर्न सक्दैन । तर पनि सत्तासीन दलहरु सहमतिबाटै संविधान बनाउनुपर्छ भन्ने मान्यतामा देखिन्छन् । त्यसैले प्रधानमन्त्री सुशिल कोइरालाले वार्ताबाटै संविधान जारी गर्नेसहमतिमा पुग्न दुई पटक वक्तव्य निकालेर आन्दोलरत पक्षलाई आवहान गरिसकेका छन् । अब मुलुकले आन्दोलन होइन सहमति र सहकार्य चाहेको छ ।  यसका निम्ति दललहरुले आफ्ना हठ त्याग्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया