घण्टाघरबाट हेर्दा

कुन मुखले जान्छन रे
नेप्लिज लाँग्रेसका डुम्रे वा आच्या चन्द्रेराम बाजेले हिजो आज त सुल्टा कुरा त मरिजाउँ । हुन त उमेरले डेग छोड्दै गएपछि सुल्टा कुरा भुसुक्कै बिर्सेर उल्टा–उल्टा गफ मात्र हान्छन भन्थे, हो कि क्या हो ? पर्धानमन्तरी बन्ने लोभमा सत्र पटक पाहा पछारिएजस्तै पछारिँदा, आफू भन्दा ठूलो बोझ बोक्न खोज्दा सभापतिमा लगौटी चुडिनेगरी सडकमा बजारिँदा, डुमे तनहुँमा फुच्चाले चुनाउ हराइदिँदा, अरुले बनाइद्या पुल लखर लखर गएर उदघाटन गर्न खोज्दा टुइँकेका नटबल्टु खकुलिँदा पनि कुन मुखले लखर लखर हिड्या होलान् ? आÏनो आङका भैसी नदेख्ने अर्काको आङको जुम्रा पनि केलाई केलाई हेर्ने बाजेले अस्तिका दिन पर्धानमन्तरी खप्रओले राजीनामा नदिई कुन मुखले संसद जान्छन् भनेर पो बोलेछन् । खप्रओले राजीनामा दिउउन कि नदिउन् ? झ्यालबाट अर्काको घरभित्र किन चियाउनु ? खप्रओले राजीनामा दिँदा पनि नदिँदा पनि यिन्का भागमा के झर्ने हो । गोठालोर्ला पाटी पाए पनि पाडो पाएपनि के फरक पर्छ र ? कि कसो हौ ?
लुड्याउने भए
अब संसद विघटन भएसी खाइपाई आएको तलब भत्ता गुम्दा कुनचाहिँ सांसदको छाती चरक्क चरक्क भएर चर्किएन होला ? विचाराहरुले मनको वह कसैलाई न कह भनेझै अध्याँरो कोठामा भक्कानिएको कसैले देखेनन् । सर्वोच्च अदालतले तिन्का मुहारमा एकाएक खुशियाली ल्याइदिएको छ । विचराहरुको अनुहारमा यतिबेला रौनकता थपिएको छ । रौनकता नथपिने कुरैै भएन ? तीन महिनाको तलब, सुविधा सबै एकुमष्ट लिने हात पार्ने भएका छनन् । क्या गज्जबको जागिर ? जनताले तिरेको कर तिनले भेटघाट बुझ्ने भएका छन् । सित्तिमा पाउँदा कलकत्रा त नछोडने हाम्रा संसदले कहिले पो काम गरेर तलब भत्ता बुझ्या छन् र ? संसद विघटन नहुँदा पनि संसदको कुर्सीमा हाइ–हाई गर्दे उँगेरै तलब भत्ता पड्काएकै थिए । भगवान चाहे तो छप्पर फारकर देता है भन्या यही हो । पुर्पृुराँ श्री नै लेखेर आ’रैछन् । संसद पुनस्र्थापना नभैदिया भे तिनको हातलागी शून्य हुने थियो । कि कसो हौ ?
खरानीले पोलेन रे
आफ्नै घर जलाएर लड्डु खाँदै हिड्ने मार्चन्डेहलाई जलाएको घरको खरानीले पोलेन भनेर एउटी सांसदले सोधिछन् । घर जलाउँदा समेत खुशी भएर लड्नु खाने संसारमा विरलै जन्मेका होलान् ? यतिबेला नेकपाभित्र मार्चण्डेहरुको संसारभरि चर्चा हुन थाल्या छ । वाह † क्या वात भनेर प्रशंसा हुन थाल्या छ । हुन पनि हो । नेपालमा मात्र नभएर ससारमै यस्ता अद्भूत मानिसहरु पाइँदैन । सियो भएर झालेमालेभित्र छिरेका कन्सुत्लोले तीन दशक भन्दा लामो समय देखि मिलेर बसेका घरका सदस्येहरुलाई छिन्नभिन्न बनाइदिएको छ । आफू राँण देशै भाँड भनेझै न आफनो घर गरी खाए न अर्काको सग्लो घरलाई नै सग्लो रहन दिए । जे होस कन्सुत्लोको कलाचाहिँ मान्नैपर्छ । सितिमिति कलाको ज्ञान भएकाले विश्व चर्चित काम ज्यान गए पनि गर्न सक्दैन । त्यस्ता महान कलाकारलाई नमन त गर्नैपर्छ । कि कसो हौ ?
च्यापु सुन्निएर यमान भए
यतिबेला नेप्लिज लाँग्रेसका सभापति माने बुढानिलकण्ठे काजीलाई सञ्चो छैन । सञ्चो हुने कुरा पनि भएन , पुर्पुरोमा छ भने लडीलडी आउँछ भन्थे हो रै’छ । कहिले मार्चण्डे लौन खप्रओलाई हँटाउन तपाईले चाबी खोलेर सिंहदबार छिरिदिनु प¥यो भन्छन् । कहिले खप्रओका दूत पुगेर चाबी खोलेर प्रवेश गरिदिनु प¥यो भन्छन् । विचराले कति हाँस्नु ? हाँस्दा हाँस्दा च्यापू सुन्निएर थला प¥या छन् । नहाँसौ हँसाउन आइहाल्छन् हाँसौ आफ्नै च्यापु सुन्निएर हल न चल भैैसके । ज्येतिषीले स्यालबहादुरलाई सात पटक पर्धानमन्तरी हुन्छस् भन्या छन् रे । होला पनि पाँचबर्षसम्म सोच्दै नसोचेको पर्धानमन्तरी पद ललडीबुडी गर्दै घरको द्वारासम्मै आइपुग्या छ । जोरीपारीहरु स्यालबहादुरमा नैतिकता छ भने पर्धानमन्तरी बन्नु हुँदेन भनेर भित्रभित्रै मुर्मरिन थाल्या छन । राजनीतिमा नैतिकता हुँदैन भन्ने कुरा ती स्वाँठहरुलाई कस्ले सम्झाई दिने ? जसले हान्यो त्यसले जान्यो । लहै काजी सुनौलो अवसर बारम्बार आउँदैन । सुन्निएका चपु थिचथाच पारेर चाबी खोल्ने तिर लागेकै वेश † कि कसो हौ ?
रावल कुले
पर्धानमन्तरी खप्रओको रगतमा स्त्री रगत बगेको छ भनेर बुरुक बुरुक उफ्रने मार्चण्डे समूहका हनुमान हिजोआज लापत्ता भएका छन् । नामचाहिँ भीम रावल भएपनि विना पिँधको लोटाको उपमा पाएका ती मिलेनियम च्यालेन्ज कर्पोरेशनमा घोक्रो फुटुन्ज्याल विरोधमा चिच्याउँथे । हिजो आज तिन्को चिच्याहट सुन्न नपाउँदा खल्लो लाग्न थाल्या छ । अझ गज्जब त के छ भने तिनका गुरुद्वय माकुने र प्रचण्डाउ यतिबेला एमसिसी जसरी पनि पास गर्नुपर्छ भनेर डुक्रदै हिड्या छन् । एमसिसीका विरुद्धमा रावलले उत्पातै मच्चाएका थिए । यतिबेला ती किन लापत्ता भए भनेर बडो खुल्दुली हुन थाल्या छ । हिजो एमसिसी पास हुँदा रावलको भागमा फुट्टीकौडी कमिशन हात लागी हुँदैनथ्यो । अब मार्चण्डले नै पास गर्नै भनेसी तिनका हातमा खुजुली पर्न थाल्या छ । राम्रै गाँठ आउने छनक देखेपछि हत्केलाका खजुली कन्याएर कही बस्या होलान् । आखिर अछामे रावल न परे । माछो देख्दा दुलोभित्र हात सर्प देख्दा दुलो बाहिर हात ।
क्या फसाद
यतिबेला माकुन्याउ, झल्लाझलु, प्रचण्डाउलाई बो सकस प¥या छ । हामी यता छम भनेर भुइँमा थ्याच्च बसेर सडकमै सोफामा उपरखुट्टी लगाएर, उफ्रेर पाफ्रेर खप्रओले विघटन ग¥या संसद पर्नस्थापना त गरे तर अहिले त्यही संसद भालुको कन्पट भएको छ । खाउ भने दिनभरिको शिकार नआउ भने कान्छा बाउको अनुहार । संसद पुनस्र्थापना भएसी पर्धानमन्तरी पड्काउँला भनेर विचराहरुले सानो सपना देख्या थिएनन् । अविश्वासको प्रस्तावमा Ïलोर क्रस गरौ भने संसद पदै गुम्ने, दलको नेताबाट हटाउ भने ओलीको हनुमान नव नियुक्त सचेतकले वैठकै नबोलाउने । क्या फसाद । संसद पुनस्र्थापना भएसी लड्डु बाँडेर नाचगान गर्दै उफ्रीपाफ्री ग¥या थे । करोडौ रुपैया खर्च गरेर मासु भात कोच्याएर उधुम मच्चाउन सजिलो थियो । अब भने तिनलाई हनहनी ज्वरो आउन थाल्या छ । मरुन्जेल टाउको दख्न थाल्या छ । न सरकार हातलागी होला जस्तो छ पार्टी हातलागी हुने सम्भावना छ । मर्नु भन्दा बहुलाउनु ठीक जस्तो भा’छ विचराहरुको हालत ।
राष्ट्रपति मै हुन्छु
संसद पुनस्र्थापना भएसपी नेकपाका झलझलुे दिउँसै सपना देख्न थाल्या छन् । हिजो आज उनी एमसिसी पनि पास हुन्छ, म राष्ट्रपति पनि हुन्छु भन्दै स्वप्रचार गर्न थाल्या छन् । ती कहाँका राष्ट्रपति बन्लान् खै ? उही भित्ताको राष्ट्रपति बने त हो नि । नत्र ती राष्ट्रपति बन्लान भन्ने छनक कही कतै देखिदैन विचार मनको लड्डु घ्युसँग खाएजस्तै भा’छ । राष्ट्रपति हुन केटाकेटीको भाँडाकुँटी खेल्या जस्तो हो र ? के भा’का ती झलझलु हँ ? तिन्को वालापनले मार्चण्डेको टाउको दुखाई होला जस्तो पो छ । आमा मलाई त्यही केटी चाहियो भनेर रुन्चे गायकले उफ्रीपाफ्री गरेर हिक्क हिक्क गरेर रुहिदेजस्तो झलुले गर्न थाले भने मार्चण्डेको हालत के होला ? अहिल्यैदेखि झलुलाई यसो खेलौना सेलौना दिएर थुम्थुम्याउदै गर है नत्र वित्यास पार्लान ?
अन्तेमा
संसद पुनस्र्थापना भयो । पर्धानमन्नतरी खप्रओले हार खाए । मार्चन्डेले लड्डु खाए । लाँग्रेस सभापति स्यालबहादुरले पर्धानमन्तरी खाने भा’छन् । नेपाली जनतालेचाहिँ आलु खाने भए । खाने त अरु नै छन् तर सडकमा उफ्रनेचाहिँ नेपाली जन्ता । अर्कालाई खुवाउनका लागि सडकमा उफ्रने नेप्लिज जनताले आफनो धर्म कहिल्यै छाडेनन् । ०४६ सालमा पनि सडकमा उफ्रिए अरुलाई खुवाउनकै लागि उफ्रिए । ०६२÷०६३मा पनि उप्रिए अरुलाई खुवाउनकै लागि उफ्रिए । हिजो अस्ति नि उफ्रिए अरुकै लागि उफ्रिए । क्या ज्ञानी नेपाली जन्ता ? ओलि फेरि उफिन्छन अरुलाई खुवाउनकै लागि उफ्रन्छन । नेपाली जन्ताको कामै अरुका लागि सडकमा उफ्रिदिने हो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया