दुधे (झापा)÷झापाको दुधेस्थित रहेको संयुक्त सैनिक संघ नेपालको कार्यालय परिसरमा गत हप्ता भारतीय भूतपूर्व सैनिकहरु आफ्नो लाइफ सर्टिफिकेट लिन, आफ्ना भूतपूर्व सैनिकहरुका लागि भारत सरकारले लागू गरेको दर्जन भन्दा बढी लोककल्याणकारी योजनाका बारेमा जानकारी लिन, असावधानीबस आफ्ना डकुुमेन्ट्रसहरुमा भएका त्रुटिहरु सच्याउन भारतीय भूतपूर्व सैनिकहरु उत्साहका साथ सहभागी भएका थिए ।
झापा, मोरङ, इलामका विभिन्न स्थानमा बसोबास गर्ने भूतपूर्व सैनिहरुको आग्रहमा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहको पहल र काठमाण्डौस्थित भारतीय राजदूतावासका रक्षा सहचरी Col.Avaneesh chambial.sm को स्वीकृतिमा फागुन २ गतेदेखि ४ गतेसम्म दुधेमा रैली सम्पन्न भएको थियो । विगतमा त्यस क्षेत्रमा बसोबास गर्ने भूतपूर्व सैनिकहरु झण्डै एकसय किलोमिटरको दूरीमा रहेको धरानस्थित पेन्सन वितरण कार्यालमा आएर लाइफ सर्टिफिकेट लिने, ECHS (EX- servicemen contributory Health scheme) लगायतका सम्बन्धमा जानकारी लिने गर्दथे । ECHS कार्ड बनाउन लाइफ सर्टिफिकेट अनिवार्य रहने गरेको छ ।

झापा जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने ३५ सय भारतीय भूतपूर्व सैनिकहरु रहेका छन् । दुधे झापाको मात्र केन्द्र नभएर पूर्वी मोरङ र इलामको दक्षिणी भागको समेत केन्द्र भएकोले भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित परिवार, विधवा तथा एकल महिला, अशक्त बृद्ध बृद्धाहरुले डिष्ट्रिक्ट सोल्जर बोर्ड डिएसविको माग गर्दै आएका छन् तर यसका केही प्रक्रिया भएकोले तत्काल डिएसबी स्थापना नभए पनि उनीहरुकै आग्रहमा पेन्सन वितरण कार्यालय धरानले डिष्ट्रिक्ट सोल्जर बोर्डबाट उपलब्ध गरिने सुविधा गत बर्ष पनि दिएको थियो भने यस पटक पनि उक्त कामलाई निरन्तरता दिएपछि भूपूहरु अत्यन्तै खुशी भएका थिए । पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मे. अभिषेक सिंह नेतृत्वको प्राविधिक सहितको टोलीले गत हप्ता तीन दिनसम्म बसेर लाइफ सटिफिकेट (म जिउँदै छु) वितरण गर्ने, ECHS का सम्बन्धमा भूपूहरुलाई जानकारी गराउने, डकुमेन्ट्समा भएका त्रुटीहरु सम्भव भएसम्म त्यहीबाट सच्याउने लगायतका काम गरेको थियो । संयुक्त भूतपूर्व सैनिक संघ दुधेका अध्यक्ष नरबहादुर राईले भन्नुभयो फ्रेब्रुअरी १३ तारेकमा उहाँहरु दुधे आउनु भयो । हामीले पहिल्यै भूपूहरुलाई यस सम्बन्धमा विभिन्न माध्यमबाट जानकारी गराइसकेका थियौं । हाम्रो आग्रहलाई भारत सरकारले सुनेकै कारण दुधेबाट हामीले सबै सुुविधा पाएका छौंं । उहाँले भन्नुभयो झापामा २ सय भन्दा बढी बृद्ध भूपू, एकल महिला रहेका छन् । विगतमा जस्तै यस पटकको दुधेमा भएको रैलीमा बृद्धबृद्धा, एकल महिलाहरुकै सेवा सुविधालाई पहिलो प्राथमिकता दिइएको थियो । रैलीमा परिवारको सहारामा सफारी, टेम्पो चढेर आएका बृद्धबृद्धालाई प्रभारी अधिकारी मेजर सिंहले भुइमा उतार्न समेत नदिई उनीहरुलाई लाइफ सटिफिकेट लगायतका सेवा प्रदान गर्नुभएको थियो । उहाँको त्यस प्रकारको कार्यले बृद्धबृद्धामात्र नभएर सहभागी अन्य भूपूहरुले समेत प्रशंसा गरेका थिए ।
फागुन २ गते अर्थात फ्रेबुअरी १४ तारेखदेखि १६ तारेकसम्म सञ्चालित रैलीलाई हरेक दिन मेजर सिंहले भारत सरकारले नेपालमा बसोबास गरेका भारतीय भूतपूर्व सैनिकहरुलाई प्रदान गर्ने सेवा सुविधाका सम्बन्धमा जानकारी गराउनु भएको थियो । त्यस क्रममा उहाँले दुधेमा सञ्चालित क्याम्प नभएर एक्स सर्भिसमेन रैली हो । नाम फरक भएपनि रैलीमा क्याम्पले गर्ने काम सरह नै हुन्छ । उहाँले भन्नुभयो हामी यहाँ दोस्रो पटक आएका छौं र आगामी दिनमा पनि सम्भवत ः यसलाई निरन्तरता दिन्छौं । उहाँले भन्नुभयो रैलीको प्रमुख उद्देश्य पहिलो लाइफ सिर्टिफिकेट प्रदान गर्नु हो । दोस्रो जसको पेन्सन केही कारणबस रोकिएको छ वा रहलपहल रोकिएको छ त्यसका बारेमा जानकारी गराउन पहल गर्ने हो । उहाँले भन्नुभयो लाइफ सर्टिफिेकेटमा हामीले दुईवटा कुरालाई प्राथमिकतामा राखेका छौं । पहिलो ७० बर्ष भन्दा माथिका भूतपूर्व सैनिक वा फेमिली पेन्सिनरहरु जो हुनुहुन्छ उहाँहरुलाई तुरुन्त लाइफ सर्टिफिकेट उपलब्ध गराउने । ७० बर्ष भन्दा मुनिकाहरु रैलीको प्राथमिकतामा नभएपनि रैलीमा आउनु भएकाले उहाँहरुलाई समेत उपलब्ध गराउने । उहाँले भन्नुभयो भारत सरकारले भूपूहरुको सेवा सुविधालाई उच्च प्राथकितामा राखेर सेवा सुविधामा बद्धि गरिरहेको छ । महंगी भत्तामा बृद्धि गरेको सुनाउदै उहाँले बृद्धि गरेको महंगी भत्ता सबै पेन्सनरहरुको बैंक खातामा हाल्ने गरिएकोले आ–आफनो बैंक खातामा हेर्न पनि उहाँले भूपूहरुलाई आग्रह गर्नुभयो । मेजर सिंहले भन्नुभयो सबैको पेन्सन बढेको छ, कसैलाई सन्देह लागेमा वा पेन्सन बढेर आएको छैन भन्ने लागेमा पेन्सन वितरण कार्यालय धरानमा सम्पर्क राख्न समेत आग्रह गर्नुभएको थियो ।
उहाँले भन्नुभयो वृद्ध बृद्धा र भर्खरै सेवा निवृत्त भएर आएका युवा पेन्सनरहरुलाई लाइफ सर्टिफिकेटका लागि विगतमा एउटा लाइनमा लाग्ने प्रावधान थियो तर अब त्यसो हुँदैन । सन् २०२० देखि अप्रेलमा ७० बर्ष भन्दा माथिका र नोभेम्बरमा ७० बर्ष भन्दा तल उमेर भएकाहरुका लािग क्याम्प लाग्छ । अब बर्षमा एक पटक मात्र लाइफ सर्टिफिकेट लिनुपर्छ, नानीहरु, विधुवाहरुको पेन्सन लिने नियम यथावत रहेको जानकारी दिँदै उहाँले लाइफ सर्टिफिकेट लिँदा दुई वटा मोवाइल नम्बर उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । यो तपाईहरुकै सुविधाको लागि हो, मेजर सिंहले भन्नुभयो ।
संयुक्त भूतपूर्व सैनिक संघ नेपाल झापा दुधेका अध्यक्ष नरबहादुर राईले धरान साप्ताहिकसँगको सम्पर्कमा भन्नुभयो यस क्षेत्रका भूतपूर्व सैनिकहरु घर आँगनमै सबै सुविधा पाएकमोमा अत्यन्तै खुशी छन् । उहाँले भन्नुभयो यसपटक यहाँबाट लाइफ सर्टिफिकेट लिने १५१४ जना छन् । अधिकांशले धरानमा गएर लाइफ सटिफिकेट बनाएकोले संख्या कम देखिएको हो । यसमा अधिकांश अशक्त, बृद्धबृद्धा रहेको अध्यक्ष राइले भन्नुभयो । उहाँले भन्नुभयो तीन दिनको रैलीमा पृथ्वीनगर, भद्रपुर, काँकडभिट्टा, अर्जुन धारा, हल्दीबारी,महाभारा,शिवगञ्ज, विर्तामोड, वैगनधुरा, गौरादह, केचना, बेलडागी, दमक,पेल्टीमारी, मोरङको उर्लाबारी, इलामको चुलाचुलीलगायतका १५ वटा नगरपालिकाका भूपूहरु आएको बताउनुभयो । एकल दुई जना महिलाको बैंक एकाउन्ट खोल्दा मिस्टेक भएकोले मेजर अभिषेक सिंहले त्यसलाई सच्याउन पठाउनु भएको थियो । हाल पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुको पेन्सन लगायतको भुक्तानी एसविआइ र एभरेष्ट बैंक मार्फत हुने गरेको छ ।
