झापा÷राजा ज्ञानेन्द्र शाहको भारत भ्रमणमा जाने मिति तय भएको छ । फागुनको तेस्रो वा अन्तिम साता भारत भ्रमणमा जाने अड्कलबाजी गरिदै आए पनि हाल भमणको मिति तय भएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार राजा ज्ञानेन्द्र शाह फागुन २० गते झापाको काँकडभिट्टा हुँदै सिलगुढी भएर दार्जीलिङ्ग पुग्ने र भारतको पश्चिम बंगालको खार्साङ्ग र कालिम्पोङ्गमा केही दिन परिवारका साथ रहनु हुने भएको छ । राजा ज्ञानेन्द्र शाहका साथमा रानी कोमल, छोरी प्रेरणा, बहिनी सोभा र भाइ धिरेन्द्रका छोरीहरु पूजा, दिलासा, सितास्मासँगै अन्य केही आफन्तहरु समेत रहनु हुने भएको छ ।
त्यस अवसरमा राजा शाहसंग केही महत्वपूर्ण घेटघाट समेत हुने स्रोतले बताएको छ । घेटघाटमा क–कस्को सहभागित रहला भन्ने जिज्ञासामा स्रोतले सबै कुरा खुलाउन चाहेन । तर महत्वपूर्ण घेटघाट भने हुन्छ । राजा ज्ञानेन्द्र शाह पौष १२ गते झापाको हिमालयन टि–स्टेटमा आफ्ना परिवारका साथमा बस्दै आउनु भएको र बीच बीचमा काठमाण्डौ गएर पुन ः फर्कने गर्नुभएको छ । यस पटक रानी कोमल शाहको जन्मोत्सव पनि परिवारका सदस्यहरुले झापाको मेची क्राउनमा मनाएको थियो ।
