इटहरी÷राजनीतिकर्मी, समाजसेवी एवम् पूर्वाञ्चलका सफल व्यवसायी दुर्गाबहादुर बस्नेतलाई पितृशोक परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष समेत रहनु भएका बस्नेतका पिता इन्द्रबहादुर बस्नेतको ८९ बर्षको उमेरमा फागुन ३ गते स्वर्गारोहण भएको थियो । लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएका बस्नेतप्रति प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, नेपाली काँग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइराला, पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा, सत्तासीन नेकपा सुनसरीका अध्यक्ष रेवती भण्डारी, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, व्यवसायीहरुले स्वर्गीिय बस्नेतप्रति घरैमा पुगेर श्रद्धासुमन व्यक्त गरेका थिए ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका निर्वाचित केन्द्रीय सदस्य, पेट्रोलियम डिलर्स एसोसिएसन कोशीका सचिव, दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध दुर्गाबहादुर बस्नेत स्व. इन्द्रबहादुर बस्नेतका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।
