७१ औं प्रजातन्त्र दिवसमा धरानको बीपी पार्कमा बीपी कोइरालाको पूर्ण कदको शालिक अनावरण

धरान÷प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपाली कँग्रेसका संस्थापक, महामानव बीपी कोइरालाको धरानमा ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पूर्ण कदको शालिक अनावरण गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १३ र २० स्थित बीपी स्मृति पार्कमा परिवर्तनशील समाज नेपालद्वारा १६ लाख ७३ हजार ६ सय ५ रुपैयाँको लागतमा महामानव बीपी काइरालाको पूर्ण कदको शालिक निर्माण गरिएको हो । वि.सं. २००३ सालमा जहानीयाँ राणा शासन विरुद्ध पहिलो चरणको आन्दोलनको अगुवाई गर्दा तत्कालीन वडा हाकिमले कोइरालालाई प्रक्राउ गरी एक दिन शालिक निर्माण स्थल फुसे्रमा राखी धनकुटा हुँदै काठमाण्डौ पैदलै हिडाएर पु¥याएको थियो ।
शालिकको अनावरण नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्यालले गर्नुभएको थियो । सो अवसरमा पौड्यालले बीपी कौइरालाका सम्बन्धमा शब्द खर्चनु भन्दा पनि वर्तमान सरकारको कटाक्षे गर्नुभएको थियो । सहभागीहरुले पौडेलबाट बीपीका सम्बन्धमा कुनै अमुक घट्ना क्रमलाई स्मरण गर्नु हुने अपेक्षा गरेका थिए । तर उहाँले त्यसो नगरी केपी ओली सरकारले संसद विघटन गरी ऐतिहासिक अपराध गरेको, जनताको बलबाट आएको संविधानलाई सडकमा मिल्काउने कुचेष्टा गरेको, लोकतन्त्रलाई खतरामा पर्ने काम गरेको, प्रधानमन्त्री ओलीको अपरिपक्विताले मुलुक दुर्घटनातर्फ उन्मुख भएको बताउनु भएको थियो । उहाँले नेपालको प्रजाान्त्रिक अन्दोलनमा महामानव बीपी कोइरालाको योगदानको चर्चा सम्म गर्नुभएन । सम्पूर्ण समय ओली सरकारको वतख्वाइमै उहाँले अफ्नो समय खर्चनु भएको थियो ।
उता बरिष्ठ अधिवक्ता हरिहर विरहीले बीपी कोइरालाको वहुआयामिक व्यक्तित्वको चर्चा गर्दै शालिक निर्माण स्थल ऐतिहासिक भएको बताउनुभयो । उहाँले भन्नुभयो धरानमा त्यसबेला नेपाली काँग्रेसका केही सीमित व्यक्तिहरुले उहाँहरुलाई पञ्चायतले अत्यन्तै दुःख दिएको प्रसंग उल्लेख गर्दै २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कदा दर्जनौ राजकाज सम्बन्धी मुद्दाहरु चलिरहेका थिए ।
उहाँलाई मृत्यु दण्डको माग गरिएको थियो । त्यसका विरुद्ध आफूले पनि सर्वोच्चमा बहस गरेको प्रसंग कोट्याउँदै महानव बीपीको पूर्ण कदको शालिक निर्माण गर्ने परिवर्तनशील समाज नेपाल धरानलाई धन्यवाद समेत दिनुभएको थियो ।
बरिष्ठ अधिवक्ता दहालले अब निर्माण गरेर आफ्नो कर्तव्य पूरा भएको सम्झने मात्र नभई यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । पार्क स्थललाई पर्यकीय स्थलको रुपमा विकास गर्न, बीपीका दस्तावेजहरुलाई संग्रह गरी आगन्तुकहरुलाई जानकारी गराउनु पनि उत्तिकै आवश्यकता
रहेको कुरामा जोड दिनुभयो ।
परिवर्तनशील समाज नेपाल धरान सनसरीका अध्यक्ष विश्वराज भण्डारीको अध्यक्षतामा सम्पन्न शालिक अनावरण कार्यक्रममा संघीय सांसद मीना सुब्बा नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं. १ का संसदीय दलका नेता राविज कोइराला, प्रदेश सासद चन्द्रप्रसाद श्रेष्ठ लगायतले बीपी कोइरालाको विविध वहुआयामिक पक्षमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन समाजका सचिव पूर्ण राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया