धरान,÷देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार तथा केपी शर्मा ओलीको प्रतिगमनकारी कदमप्रति नेपाल कम्युनिस्ट पार्टी माधव–प्रचण्ड समूहको अखिल नेपाल महिला संघ धरानले आइतबार विरोध जनाएको छ ।
धरान २ पुरानो अस्पतालबाट ¥याली नै निकालेर विरोध जनाएका हुन् । धरान २ छाताचौकबाट लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले महिला हत्या, हिसां,बलात्कारमा सरकार गम्भीर नभएको आरोप लगाएका थिए ।
अखिलकी केन्द्रीय सदस्य सुशिला पहाडीको नेतृृत्वमा निकालिएको विरोध ¥यालीमा प्रतिगमन मुर्दाबाद, महिला हिंसा अन्तगर,बलात्कारीलाई कार्वाही गर, निर्मला पन्तका हत्यारालाई कार्वाही गर, संविधानको रक्षा गर,संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, महगी तथा कालो बजारी नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।
