धरानस्थित रहेको गोरखाको पाचौ शाखा विक्री

धरान÷पूर्वाञ्चलको ब्राण्डको रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको धरानस्थित पाँचौ शाखा बिक्री भएको छ ।
आजभन्दा दुई बर्ष अगाडि गोरखा डिपार्टमेन्ट स्टोरले धरानमा आफ्नो पाँचौ शाखा सञ्चालनमा ल्याएको थियो । अत्यन्तै सुविधा सम्पन्न स्टोरको पाँचौ शाखामा आठ सय मोटर साइकल, एक सय भन्दा बढी साना सवारी साधन पार्किङ्गकालागि अण्डरग्राउन्ड पार्किङ स्थल, सिनेमा हल, रमणीय दृश्य अवलोकन गरी विभिन्न भेराइटीका परिकारहरुका लागि तारे होटलकै सुविधा भएको गोरखा किचन लगायतका सुविधाहरु रहेका छन् ।
केही महिनादेखि गोरखा खरिदको चर्चा गर्र्दैै आएको धरानस्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले अन्तत ः शनिवार एक अर्ब ३५ करोडमा डन गर्दै ५ करोड वैना दिएपछि औपचारिक रुपमा गोरखाको पाँचौ शाखा विक्री भएको हो । यसै सम्बन्धमा हामीले गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यसँग सम्पर्क राख्दा उहाँले बिक्रीको प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो प्रारम्भमा अनावश्यक हल्ला पिटिएपछि आफूले बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछानेलाई बोलाएर खरिद गर्न चाहेको हो भने ठीकै छ नत्र हल्ला फिजाउनु राम्रो हैन । आफू व्यापारी भएकोले नाफा हुन्छ भने लगाएको सर्टसमेत बेचिदिन्छु भनेपछि प्रक्रिया अगाडि बढेको निर्देशक आचार्यले बताउनुभयो ।
यसै सम्बन्धमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक मानबहादुर विश्वकर्मासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हामीले धराने जनतालाई नुनदेखि सुनसम्मको सुविधा उपलब्ध गराउने संकल्प गर्दै आएको अवस्थामा हालको सञ्चालनमा रहेको बराहको भवन साँघुरो, ट्राफिक व्यस्तताले भनेजस्तो सुविधा उपलब्ध गराउन सकेका थिएनौं । अब भने गोरखाको भवन खरिदसँगै हामी आफ्नो संकल्प पूरा गर्छौै । उता बराह ज्वेलरीका प्रशासकीय अधिकृत गंगा कालिकोटेले भन्नुभयो अब भने सुविधा सम्पन्न भवनबाट ग्राहकहरुको सेवा सुविधा उपलब्ध गराउने योजनामा हामी रहेका छौं । धरानमा निजी क्षेत्रबाट सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएको छ । गोरखामा अब सपिङ कम्प्लेक्समात्र नभएर अस्पताल समेत सञ्चालन गर्ने सोचमा हामी रहेका छौं ।
यहाँ स्मरणीय कुरा के छ भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण झण्डै ६ महिना गोरखा डिपार्टमेन्ट स्टेर लकडाउनको मारमा परेको थियो । करोडौको लगानीमा सञ्चालनमा आएको स्टोरले ठूलो नोक्सानी समेत व्यहोर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया