धरान÷मुलुकमा कोडिभका कारण भएको असहज परिस्थिति विस्तारै सहज बन्दै गएपछि व्यवसायिक क्षेत्रमा लगानी गर्नेहरु विस्तारै सक्रिय बन्दै गएका छन् ।
कोरोनाका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान हुन थालेपछि अर्थतन्त्रमा समेत सुधार हुदै गएको छ ।
कोडिभकै समयमा अनलाइनमार्फत सागसब्जी घर घरमा पु¥याएर विक्री गर्ने धरानका केही युवाहरु व्यवासायिक क्षेत्रमा फड्को मादै अब सबै कुरा अनलाइनमार्फत सर्वसधारणको घर घरमा पु¥याउन फर्म खोलेर सक्रिय बनेका छन् ।
उनीहरुले धरान १५ भानुमार्गमा सप अर्डर प्रालि सञ्चालनमा ल्याएका छन् । यसको औपचारिक उद्घाटन भने फागुन ४ गते भएको छ । लकडाउन उनीहरुले १० लाख रुपैयाको लगानीबाट हरियो सागसब्जी र फलफुलबाट अनलाइन व्यापार शुरुवात गरेका थिए । त्यही अनलाइन सपिङले धरानका युवाहरु व्यवसायी बन्दै आर्थिक आयआर्जनको बाटोमा अघि बढेको प्रा.लिका सचिव प्रदीप राई बताउनुहुन्छ ।
प्रालिले अहिलेसम्म हरियो सागसब्जी, फलफुल र किराना आइटममा निःशुल्क सेवा दिइरहेको जनाएको छ । माघ ४ गतेदेखि विभिन्न रेष्टुरेष्टका फुड आइटम, इलेक्ट्रोनिक्स, फैन्सी वेयर, स्पोर्टस् सामग्री, किरानाका सामान र पुस्तकहरु समेत अनलाइन अर्डरमा होम डेलिभरि सर्भिस दिइने अध्यक्ष सुमन लिम्बुले बताउनुभयो ।
उनीहरुले उद्घाटन भएको दिनदेखि १ महिनासम्म हरियो तरकारी, फलफुल र किराना आइटममा निःशुल्क डेलिभरि सेवा दिने, फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था गर्ने,े एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की डू कुपन दिएर ३ जना विजेतालाई बिशेष उपहार दिइने पनि योजना अगाडि सारेका छन्
उनीहरुले धरानसंगै धरान आसपासका तरहरा, इटहरी, मोरङको यांगशिला, सतिसाले, सुनसरीको बराहक्षेत्र सम्म आफ्नो व्यवसायलाई पु¥याउने लक्ष्य समेत लिएका छन् ।
