धरान÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले देश अत्यन्तै जटिल मोडमा पुगेको बताउनु भएको छ ।
सत्तासीन कम्युनिस्ट सरकारको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सुनसरीको आयोजना तथा सुनसरी क्षेत्र नं. १ को व्यवस्थापनमा सोमबार आयोजित विरोधसभालाई धरानमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पौष ५ गतेको संसद विघटन असंवैधानिक कदम भएकाले सच्चिनुपर्र्ने भनेर निर्णय गरिसकेको छ । असंवैधानिक कदम नसच्चिएमा मुलुक भयावह तर्फ जाने भएकोले सर्वोच्च अदालतले समेत सुझबुझपूर्ण निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले काँग्रेस सर्वोच्चलाई दबाब पनि दिँदैन भन्दै संसद पुनस्र्थापनाको विकल्प न्यायाधीशसँग नभएको, हामी अदालतलाई प्रधानमन्त्री ओलीको जस्तो धम्की पनि दिँँदैनौ कोइरालाले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीको एउटा प्रसँग कोट्याउँदै ओलीले बुटवलमा पुगेर भन्नुभयो ६७ प्रतिशत सांसद आफ्नो पक्षमा छन् । तर संविधानमा कतैपनि ६७ प्रतिशत भएको प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखिएको छैन । वर्तमान अवस्थामा एउटा सम्मानित रुपमा रहेको राष्ट्रपतिको भूमिका पनि अमर्यादित छ, उहाँ नेकपाको एउटा गुटको राष्ट्रपति भएर काम गरिरहनु भएको आरोप पनि डा. कोइरालाले लगाउनुभयो । आज प्रधानमन्त्री केपी शर्मा ओली राज्यको ढुकुटी मनलाग्दी ढंगले खर्च गरेर आमसभा गर्दै हिड्नु भएको छ यो सोभनीय कार्य हैन । संसद विघटन हुनुभन्दा एक दिन अगाडि संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश जारी गरेर पाँच जनाको सट्टामा तीन जनाले संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधान राखियो । आज सोही अध्यादेशको आडमा संवैधानिक निकायहरुलाई प्रधानमन्त्री ओलीले भर्तिकेन्द्र बनाएकोप्रति रोष प्रकट गर्दै डा. कोइरालाले भोलि अर्को सरकार आउनासाथ ती नियुक्तिहरु खारेज हुने चेतावनीसमेत दिनुभयो ।
आज मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, वाइडवडीदेखि लिएर सेक्युरिटी प्रेस खरिद, ओम्नी र यति काण्डमा मुछिएका माथि छानबिन र कार्वाही हुन सकेको छैन । नेपाली काँग्रेसले निर्णय नै गरेर यसमा संलग्नमाथि कार्वाहीको माग गरेको छ तर कसैमाथि कुनै प्रकारको कार्वाही भएको छैन । बलात्कारपछिका हत्याका घट्नाले आम नागरिकले असुरक्षाको महसुस गरेका छन् । निर्मला पन्तकै नियति केही दिन अगडि घटेको भागिरथी भट्टको घट्ना पनि नहोला भन्न सकिने अवस्था छैन । उहाँले बलात्कारपछि हत्याका घट्नामा ओली निकटकै मानिस, तिनका नातागोता पर्छन् भन्ने आफूलाई विश्वास लागेको पनि उहाँले बताउनुभयो ।


उहाँको कथन थियो नेपाली काँग्रेसको छुट्टै पहिचान छ । बीपीले सदैव कम्युनिस्टसँग कहिल्यै सहकार्य नगर्नु भन्नुभएको थियो । वि.सं. २०४६ साल र वि.सं. ०६२÷०६३ को आन्दोलनमा बाध्यात्मक रुपमा सहकार्य गरेको प्रसंग कोट्याउदै कोइरालाले त्यो सहकार्य नागरिकको अभियक्ति स्वतन्त्रतासँग गाँसिएको थियो, व्यवस्था परिवर्तनका लागि गरिएको थियो । तर अब केको लागि काँग्रेसले कम्युनिस्ट माधव–प्रचण्डसँग आन्दोलनको सहकार्य गर्ने भन्दै प्रश्न गर्नुभएको थियो । के उहाँहरुलाई सत्तामा पु¥याउन सहकाय गर्ने ? उहाँले हाल प्रदेश नं. १ र प्रदेश नं. ३ मा मुख्यमन्त्रीका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेपाली काँग्रेसले पक्षमा मतदात गर्ने स्पष्ट गर्नुभयो । केन्द्रमा अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमका विरुद्धमा विरोध गरिरहेको नेपाली काँगेसले प्रदेशमा ओली पक्षका मुख्यमन्त्रीको पद जोगाइदिन मतदान नगर्ने प्रष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम दलित संघका केन्द्रीय अध्यक्ष मिन विकले नेपाली काँग्रेस भनेको चलचित्रको हिरो जस्र्तै हो । कुनै गुण्डाले कसैको परिवारलाई चरम दुःख दिँदा चलचित्र हेर्ने सबैमा एउटा कौतुहल जाग्छ अब हिरो आइदिए हुन्थ्यो भनेर । आज आम नेपाली जनता काँग्रेस सडकमा आइदियोस भन्ने चाहना राख्छन् । काँग्रेस जुन उद्देश्यका लागि सडकमा आउँछ त्यो उद्देश्य पूरा गरेरमात्र फर्कन्छ । २००७ साल, २०४६ र २०६२÷०६३ मा सडकमा आएको काँग्रेसले आफ्नो उद्देश्य पूरा गरेर फर्किएको भन्दै विकले नेपाली काँग्रेस अदालत र संविधानप्रति प्रतिबद्ध रहेकोले संयुक्त ढंगले सडकमा नआउनुको प्रमुख कारण अदालतको फैसला पर्खिएको बताउनुभयो ।
नेपाली काँग्रेस सुनसरीका सभापति एवम् प्रदेश नंं १ का संसदीय दलका नेता राजीव कोइरालाको सभापतित्वमा सम्पन्न उक्त विरोध सभामा ५२ जना मजदुर र विभिन्न दल परित्याग गरी झण्र्डै एकसय जना नपाली काँग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसको भातृ सगठन तरुण दल सुनसरीका सभापति सिजन गुरुद्र, सांसद चन्द्रप्रसाद श्रेष्ठ, सासंद मिना सुब्बा, सुरेशमान श्रेष्ठ, प्रदीप चौधरी, कल्पना गच्छदार, नरेन्द्र चौधरी, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मेहदी हुसैन, इनरुवा नगरपालिकका प्रमुख राजन मेहता लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानिक कदमको चर्को विरोध गर्नुभएको थियो भने सञ्चालन नेपाली काँग्रेस सुनसरीका सचिव सुजन्द्र तामाङ्गले गर्नुभएको थियो ।


