प्रतिगमनका विरुद्धमा नाटक प्रदर्शन

धरान÷ जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र खतरामा परेको र यसलाई जागाउन सबै सचेत हुनुपर्छ भन्ने अभिप्रयाले ‘प्रतिगमन’ नाटक धरान लगायत विभिन्न स्थानमा प्रदर्शन थालिएको छ ।
युवा कलाकारहरुले स्थापना गरेको रंगभुमी एकेडेमीले धरान लगायत विभिन्न स्थानको चोकहरुमा मौन नाटक प्रतिगमन मञ्चन गर्न शुरु गरेको हो । पुष ५ गते प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गरिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई समेटेर रंगभुमीले नाटक प्रतिगमन मञ्चन गर्न थालेको हो । नाटकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनतर्फ अघि बढेको भन्दै त्यसविरुद्ध सडक नाटक तयार गरिएको रंगभूमिका अध्यक्ष एवम् लेखन तथा निर्देशक विष्णु मोतmानले बताउनुभयो ।
१५ मिनेटको नाटक मौन छ । भावको माध्यमबाट सबैले नाटकको मर्म प्रष्ट बुझिने दर्शक एवम् सञ्चारकर्मी गोपाल दाहाल बताउनुहुन्छ । उहाँले अहिलेको विषम परिस्थितिसंग मेल खाने नाटकको मु्ख्य उद्दे्श्य नै जनताको ठूलो बलिदानीबाट प्राप्त र वर्तमान संविधानको रक्षालाई मुख्य तार्गेट गरेर नाटक बनाइएको छ यो समय सान्दर्भिक भएको बताउनुभयो । हजारौंले ज्यान दिएर नेपाली जनताले प्राप्त गरेको उपलव्धि जोखिममा पर्दा मुक दर्शक भएर बस्न नसकिएकोले देशभरि नै नाटक प्रदर्शन गरिएको कलाकारहरुको भनाई छ । विषम परिस्थितिलाई आ आफ्नो तर्फबाट खबरदारी गर्नुपर्ने अवस्थामा कलाकारहरुले नाटकको माध्यमबाट खबरदारी गरेको उनीहरुको भनाई छ । अहिलेको राजनीतिक परिस्थितिले फेरि राजा पो ब्युतने हो कि भन्ने आशंका उब्जिएकोले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्नलाई नाट्यकर्मीहरु सडकमा उत्रिएको उनीहरु बताउँछन । उनीहरुले पहिलो चरणमा धरान लगायत आसपासका क्षेत्रमा नाटक मञ्चन गर्दै सचेतना फैल्याउने र विस्तारै अन्यत्र पनि मञ्चन गरिने लेखक तथा निर्देशक मोक्तान बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया