घण्टाघरबाट हेर्दा

सर्पनाथको विदेश यात्रा
सर्पनाथ माने झल्ला झलु यतिबेला विदेश यात्रामा निस्किएका छन् । झण्डै दुई महिनादेखि सडकमा निस्किएर चिच्याउँदा चिच्याउँदा चीसो लागेछ कि क्या हो विचराको अण्डकोष फुलेर बेलुन जस्तै यमानको भएछ । उन्ले आन्दोलनलाई सशक्त बनाउनु भन्दा पनि आफ्ना अण्डकोष ठीक बनाउनुपर्ने सोचेछन् । झल्लाझलुको यो उत्तम विचरा हो । आफू बाँचे पो संसार देख्न पाइन्छ । त्यसैले उन्ले आन्दोलन सान्दोलन भाँडमा जाओस भन्दै अण्डकोष सुधार गर्नेतिर लागे । तिनका अण्डकोष पनि साह«ै खर्चालु रै’छन् । कहिले सिंगापुतिर पुगेर ठीक ठाक पारेर फर्कन्छन्, कहिले थाइलेण्डतिर गएर ठीकठाक पारेर आउँछन् । यतिबेला उनी भारत पुगेका छन् । नेपालमा उन्को फुलेको अण्डकोषबाट फिस्स हावा झिकिदिने कुनै चिकित्सक नै छैनन् । यत्रो विधि हस्पिटल छन्् विचाराले अण्डकोषबाट हावा झिक्न विदेशतिरै दगुर्नुपर्छ । नेपालका चिकित्सक सबै खडेबाबा हुन् कि क्या हो ? नत्र जाबो अण्डकोषबाट हावा झिक्न त जान्नुपर्नै हो ।
कत्रो डाहा ? राम राम
चोथाले थुतुनो भाकी रामकुमार झाक्रीलाई गोडादशेक दिन अगाडि प्रहरीले क¥याप्पै अँठ्याएछ । अठ्याउने कुरा त पहिलादेखि नै गाइगुई चल्दै आ’थ्यो । अँठ्याउँदा नि कही सडकमा हिड्दै गर्दा, भाषन ठोक्दै गर्दा, किनमेल गर्दै गर्दा अठ्याउँला भन्ने अनुमान ग¥या थियो । तर घरमै पुगेर अँठ्याएपछि सबैले एकपटक जिब्रो टोक्या छन् । तिन्लाई अँठ्याउनु भन्दा पनि तिन्को आलिशान महल देखेर जिब्रो टोक्या हुन् । वित्थाँ तिन्को त्यत्रो महल देखेर किन जिबो टोक्नु ? अरुका ती भन्दा कैयौ ठूला ठूला महल छन् । आखिरी कुरौटेहरुलाई गफिने मेलो भइगो । अर्काको महलसँग किन त्यत्रो डाहा ? कोही लुटेर बनाएकी भन्छन् कोही ठगेर बनाएकी भन्छन् । जसरीसुकै बनाऊन् त्यसका बाजेहरुलाई के को टनटन ? अलिकति सोच विचारेर बोल्नुपर्दैन ? उन्को नाम पछाडि त्यसै झाक्री लेखिएको छ हैन नि ? झाक्रीले जोखना हेर्छन्, त्यसवापत देश काल परस्थिति हेरेर दामकामको कुरा हुन्छ । खोला दोहनमा कमिशनदेखि कैयौ कुरामा उन्ले जोखना हेरर बडो दुःखका साथ आय आर्जन ग¥या हुन् । जथाभावि आरोप लगाउन त भएन नि ।
जनता भगवान हुन रे
हाम्रा नेकपाका सडकतिर भौतारिदै गरेका नेता प्रचण्डाउको बुद्धि बिग्रिएको हो कि सड्कन शुरु ग¥या हो घण्टाघरले त हिजोआज भेउ पाउनै छाडेको छ । आफ्ना नन्दीभृंगीबाहेक जन्ताले पत्याउन छाडेसी’ अस्तिका दिन उन्ले भन्या जनता भगवान हुन्, हामीले भगवान मान्या छम रे । प्रचण्डाउले जनलाई भगवान हुन भनेको सुन्दा एकपटक त घण्टाघरलाई नि खित्का छाडेरै हास्न मन लाग्यो । दश बर्षसम्म उन्ले भकाभक सत्र हजारलई सुइँक्याउँदा सबै राक्षेस मात्र थे छन् । प्रचण्डाउ भन्या राक्षेसहरु,राक्षेसनीहरु समाप्त पारेर सहर पस्या त हुन । बाँदरमुढेका जनता मर्दैमरेनन्, चितवनमा जलाएका ९ बर्षीया बालिका राक्षेसनी थिइन्, बुर्जुवा शिक्षा पढाएर अर्काको दिमाग भुट्ने मुक्तिनाथ अधिकारी राक्षस थिए कि कसो हौ प्रचण्डाउ ? ढिलै भएनि जन्तालाई भगवान देख्न थाल्यामा बधाई । भगवान भन्देसी आन्दोलनमा साथ देलान् कि भेडाहरुले ?
क्या वात स्यालबहादुर
नेप्लिज लाँग्रेसका स्याल बहादुरले अस्तिका दिन आफ्ना कार्र्जेकर्तालाई निर्देशन दिएको देख्दा क्या वात भन्न मन लाग्या छ । उन्ले आफ्ना कार्जेकर्तालाई संसद पुनस्र्थापनाको अन्दोलनमा गएर टाउको नफुटाउन र निर्वाचनको तयारीमा जुट्न आदेश दिएछन् । मौकामा हिरा फोर्नुपर्छ भन्या यही हो । राजनीतिमा आफनो दुनो पो सोझ्याउने हो त । अरुले आन्दोलन ग¥यो भनेर आफ्नै दलभित्रका पिण्डसम्म खान नसक्ने एक आद्य नेताहरु आन्दोलनमा जानुपर्छ भन्दै विचरा स्यालबहादुरलाई कम्ता टेन्सिन दिने गरेका थिएनन् । तर स्यालबहादुरले आन्दोलनमा गएर टाउको फुटाउने नभएर निर्वाचनको तयारी गर्न निर्देशन दिएपछि कार्र्जेकर्ताहरु गदगद भा’छन् । आखिरी ज्योतिष बाले स्यालबहादुलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी जो ग¥या छ । यसका लागि संसद पुनस्र्थापनाले सम्भव छैन । निर्वाचन नै भए वहुमत आउने पक्का देउवाले देख्या छन् । स्यालबहादुरको निर्देशनले कार्जेकर्ता खुशी भा’छन् भने पिण्डेहरु हिस्स प¥या छन् ।
जनयुद्धले पुगेन रे
आफनो नामको अगाडि ट्याँस्स डा. लेखेर सबैलाई आफू विद्वान हुँ भन्ने भ्रम छर्दै आएका बाउरामले अस्तिका दिन भन्या जनयुद्धले पुगेन अब नेपाली जनताले थप बलिदान दिनुपर्छ रे । सधै अरुले बलिदान दिएर आफ्नो दुनो सोझ्याउदै आएका बाउरामलाई जहिल्यै नि अर्काकै बलिदान चाहिने ? चूपचाप रमिता हेरेर बस्नु नि † मार्चण्डले सडकमा दुई चार जना बोकेर ल्याएका भुरा उफार्दा यिन्लाई किन उत्साह जाग्या होला ? आयाराम गयाराम बाउराम भट्टराईलाई संसद पुनस्र्थापना भएपनि हातमा शून्य नहुँदा नि हातमा शून्य । कहिले मलाई पर्धानमन्तरी बनाउनुप¥यो भनेर भाषन ठोक्छन्, कहिले के भनेर बर्बराउँछन् । हुन बाउरामको कामै बर्बराउने हो । आफूले कहिल्यै बलिदान दिन नजानेका, अरुकै बलिदानमा उपरखुट्टी लगाएर बस्ने तिन्लाई हुटिट्याउलै झै सगर मैले नै थामेको छु भन्ने भ्रम पाल्या रै’छन् । जन्ताले यो देशाँ धेरै बलिदान दिए अब बलिदान दिने पालो नेताको भनेर आन्दोलन भएमा बाउराम धाइफल तोडेर भाग्दा हुन् । कि कसो हौ ?
नागरिक समाजको दलाली
यतिबेला मुलुकमा नागरिक समाज र अधिकारवादीहरुको फसल राम्रोसँग फस्टाएको छ । राजनैतिक उथलपुथल भयो कि तिन्को फसल त्यसै त्यसै सप्रिएर आउँछ । अब हेरम न यतिबेला नागरिक समाज र अधिकारकर्मीहरु केही गेरु वस्त्र धारण गरेर, कोही चिरिच्याट्ट सुकिला भएर, कोही हातमा माइक बोकेर ससद विघटनलाई असंवैधानिक कदम भन्दै सडकमा नाटक मञ्चन गरिरहेका छन् । कागलाई बेल पाक्यो हर्ष न विस्मात । जति उफ्रिया त्यही डलर ह्वार्रवार्ती झर्ने क्या गज्जबको खेति । भगिरथी भट्ट बलत्कृत भएर मारिदा न्यायकालागि तिनका थुतुनोले उच्चारणसम्म गर्दैन, निर्मला पन्तका हत्यारालाई कार्वाही गर भनेर तिनले कहिल्यै नारा लगाएनन् । गंगामायाले पुत्र वियोगमा यतिका दिनदेखि न्याकालािग अनसन बस्दा तिन्ले भेउ पाउँदैनन् । उखु किसानले सडकमै ज्यान गुमाउँदा तिन्लाई सरोकार हुँदैन । यस्ता कुरा लिएर सडकमा आउँदा तिन्को फसल सप्रदैन । आखिरी अधिकारकर्मी र नागरिक समाजले पनि धन्दा चलाउनै प¥यो । यही धन्दा चलाएर विचाराहरुले राजधानीका महँगा ठाउँमा घरजम गरेका छन्, छोराछोरीलाई विदेश पठाउन ठेक्का छन् । सुख्खा खेती सबैंले गर्छ ? वात करते है ?
गज्जब गज्जबका प्ले कार्ड
यतिबेला मुलुकमा अत्यन्तै भीडभाडका साथ सडक आन्दोलन चलिरहेको छ । सिजनै सडक आन्दोलनको हो । कसैले सत्ता प्राप्तिको सडक आन्दोलन चलाएका छन्, कसैले बलात्कारी र हत्यारा विरुद्धको सडक आन्दोलन चलाएका छन् । जे होस सडक आन्दोलन दुई महिनाभित्र भिडभाडका साथ हाउसफूल भएरै चलेको छ । अस्तिका दिन महिलाहरुले चलाएको सडक आन्दोलनमा लेखिएको पम्प्लेटले एक पटक सबैलाई झस्काएको छ । जति उफ्रदा, पाफ्रदा पनि प्रहरी प्रशासनले निर्मला पन्तदेखि भगिरथी भट्ट सम्मका बलात्कारी र हत्या पत्ता नलगाएसी उनीहरु महिलाहरुले कहिसलेसम्म योनीमा मृत्यु बोकेर बाच्दै भन्दै सडकमा आएछन् । अब यो देशमा छोरी जन्माउँदा सोच्नुपर्ने भा’छ । छोरी जन्मायो शिकार होली भन्ने त्रास छोरो जन्मायो बेकार होला भन्ने डर । कसै गर्दा नि सुख छैन वा
अन्तेमा
अहिले मार्चनण्डेहरुलाई कम्ता आपत्त प¥या छैन । पर्धानमन्तनरी खप्रओले तिनका सुरक्षेकर्मी खोसेसी विचाराहरुले असुरक्षित भएको महसुस गरिरहेका छन् । तिनै सुरक्षेकर्मीले सुरक्षे दिएर वडो फूर्ति लगाएर सडकमा निस्किएका थिए अब देख्ने भए आकाशका तारा । आफ्नै कार्जेकर्ताले कुनबेला टाउकोमा ठुंगेर टुटुल्को उठाउने हुन् भन्ने त्रासमा मार्चन्डेहरु पिरोलिएका छन् । विचराहरु खान नपाएर पो सडकमा गा’हुन त । यसो हल्काफुल्का खाने ठाउँ द्या भे विचराहरु सडकमा जाने नै थिएनन् । यसो हरियो झण्डा हल्लाई दिए त बुर्कुसी मारेर आइहाल्थे , खान पनि नदिने, सुरक्षे पनि नदिने काम त लोकतन्त्रमा अहिल हजम भएन कि ?

तपाईको प्रतिक्रिया