प्रहरी जनतासंग घुलमिल हुनुपर्ने डिआइजीको भनाई

धरान/पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव जोशीले प्रहरीले जनतासंग घुलमिल गरेर काम गर्न सकेमात्र शान्ति सुरक्षा मजबुत हुने बताउनुभएको छ ।
पूर्व प्रहरी प्रमुख डिआइजी जोशीले शनिवार नेवार एकता समाज धरानले आयोजना गरेको रक्तदान कार्यक्रमको समुद्घाटन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
उहाले प्रहरीले प्रदान गरेको मुस्कानसहितको सेवालाई लक्षित गरी जनताले प्रहरी कार्यालयबाट गर्ने कामकारबाही बिना झन्झट सेवा नै धर्म ठानेर काम गर्ने र जनतासंग हेलमेल गरेर अगाडि बढ्न पूर्वाञ्चलका सबै प्रहरीहरुलाई निर्देशन समेत दिनुभयो ।
भर्खरै सरुवा भएर पूर्व क्षेत्र आउनु भएका पूर्व क्षेत्रीय प्रहरी प्रमुख जोशीले प्रहरीले ल्याएको मुस्कान सहितको सेवा प्रहरीकै रुखो व्यवहारले उपलब्धिमूलक नभएको बताउदै अव प्रहरीबाट जनतालाई हुने अमानवीय काम पूर्वाञ्चलबाट रोकिनुपर्ने भन्दै प्रहरीलाई रुखो व्यवहार नगर्न निर्देशन समेत दिनुभयो ।
उहाले फरक प्रसंगमा अहिले पूर्वमा सवारी दुर्घटनाको संख्या अत्यन्तै भयावह बन्दै गएको समेत स्पष्ट पार्नुभयो । उहाले आफू आएदेखि पूर्वमा दैनिक २ वटा
सवारी दुर्घटना हुनु र दुर्घटनापश्चात सवारी चालक फरार हुने क्रम बढ्दै जानु अत्यन्तै दु:खद भएको बताउनुभयो । दुर्घटना न्यूनिकरणमा प्रहरीलाई जनताले सहयोग गर्नुपर्नेमा समेत आग्रह गर्नुभयो ।
नेवार एकता समाजका अध्यक्ष
राजुमान श्रेष्ठको अध्यक्षतामा धरानको भानुचौकमा भएको सो रक्तदान कार्यक्रममा समाजमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
शिला बज्राचार्यको संयोजनमा भएको सो रक्तदान  कार्यक्रममा विहानैदेखि
रक्तदातचाहरुको उल्लेख्य उपस्थिति
रहेको थियो ।

तपाईको प्रतिक्रिया