कमिडी सो फिक्का
पर्धानमन्तरी खप्रअको अस्तिका दिन भएको दरबार मार्ग अगाडिको कमेडी शो फिक्का भएको छ । त्यसभन्दा अगाडि थोरै थोरै लगानीमा भएका शोबाट दर्शकहरुले भरपुर आनन्द लिएका थिए । तर यसपटक बृहत लगानीमा गरिएको शो फिक्का भएसी अलि नमज्जा आयो । झण्डै चार घण्टा चलेको शोमा सहभागीहरुले खित्का छाडेर हाँस्नै पाएनन् । अरुलाई हँसाएर आनन्द लिने उल्टै खप्रओले तिरिक्क आँशु झार्दा सबैलाई बरु भावुक बनायो । यसभन्दा अगडि सहभागीहरुले कम्ता आनन्द लिँदैनन् थिए । कहिले बाँदरलाई मान्छे बनाउन ल्या थे तर कहिल्यै मान्छे बनेनन् यसो मन भुलाउन खेलौना दिएको थिएँ पछि पछि त मेरो पो हो भन्न थाले जस्ता कमेडी सुनाउने खप्रओको कमेडीविहीन प्रदर्शन त्यसै पनि खल्लो हुने नै भयो । कमेडी सुन्न पनि मान्छे कम्ता आ’ होइनन् । गोडा चारेक घण्टा विचराहरुको चीसो भुइमा बसेर उँग्ने काम मात्र भयो । पेट मिची मिची हासम्ला भन्ने कत्रो आशा थियो सबै आशा खेर गयो ।
ओल्लो छेउ न पल्लो किनार
जतिसुकै चार गरेपनि अन्तेमा भेडा भेडाकै बथान र बाख्रा बाख्राकै बथानमा पुग्छ भन्थे हो रै’छ । अब हेरम न ती घरेलु मन्तरी रामबहादुर मगरलाई खप्रओ बाले आफ्ना बथानमा राख्न कम्ता स्याहार सुसार ग¥या छैनन् । भेडाको बथानबाट आएपनि बाख्रा बनाउन सकिन्छ भनेर प्रयास ग¥याग¥यै छन् । तर घरी घरी जात जनाउँदै भेडाकै बथानमा फर्कन खोज्छन् । केही दिनदेखि त उन्लाई भेडाको बथान भएको सडकमा कहिले बुकुसर््सी मारेर पुगौ पुगौ हुन थाल्या छ । बाख्राको बखानतिर बस्दा सत्ता, भत्ता, गाडी, सुरक्षा, मान सम्मान पाइने सडकतिर बुर्कुसी मार्न जाँदा सबै कुरा खोसिने चिन्ताले मगर बाजेलाई चिन्तित बनाएको छ । सँगै भीर पाखा, जंगलमा हुर्किएका साथीसँगीहरु सडकमा भ्या कि भ्या गरेर कराएर बस्या छन् । विचराको मन त्यसै त्यसै कटक्क खाँदा हो । कति दिन बाख्राको छाला ओढेर बाख्रै भएको नाटक गरु ? कम्ता भुर्न हत्ते प¥या छैनन् विचरालाई । पहिला पहिला बाख्राकै खोल ओढेर भएपनि विचराले सडकका भेडाहरुलाई तथानाम गाली नग¥या होइन । चिडिया खानामा लगेर थुन्दिने धम्की सम्म दिए । अन्तेमा मगर वा ओल्लो छेउ न पल्लो किनारको होलान् जस्तो पो छ ।
आन्दोलन ठण्ड वा
हाम्लाई खान त परै जाओस सुँग्न पनि दिएन, हामीले पनि अध्येक्षे र पर्धानमन्तरी खान पाम भनेर सडकमा रमिता देखाउँदै आएका माकुने, पचण्डाउ, झल्ला झलुलगायतका अन्य तिनका आसेपासे नन्दीभृंगीहरु विस्तारै सडकमा एक्लिदै गा’छन् । माने तिनका आन्दोलन ठण्डा हुन थाल्या छ आन्दोलन ठंडुवा फिरभी घमण्ड वा । आफूहरु एक्लिदै गएपनि तिनका अझै पनि घमण्ड छ । सौताको रिसले पोइको काँधमा सु गर्ने भनेझै खपकोको इस्र्याले तिनीहरु धुब्रे हात्ती जस्तै भएका छन् । अर्काको सवारी साधनमा आगो झोस्ने, बेच्न ल्याउको गरिब किसानका तरकारी सडकमा फाल्ने गर्दै हिड्न थालेछन् । पढ्न हिडेका बालबालिकालाई लखेट्दै छन्, काम गर्न हिडेका मजदुरलाई चड्कन हानेछन । हुन त विचराहरुले के गरुँन ? जतिसुकै ललाई फकाई गरेपनि खप्रओ बाले विचराहरुलाई घाँसै हालेनन् । उल्टै अध्येक्षे चाहिया भे’ महाधिवेशनबाट आउनु पर्धानमन्तरी चाहिया भे’ चुनाउबाट आउनु भनेर अोठे जवाफ पाएसी’ विचराहरुले सडकमा नांग्लो ठटाएर हात्ती तर्साएजस्तै गर्न थाल्या छन् । तर खप्रओ बा डेग चले पो ?
अण्डकोष गायव
आन्दोलन गर्दै हिड्या पूर्व माउवादीका नेता मातृका जादवको अण्डकोषै गायव भएसी’ यतिबेला सर्वत्र खैलाबैला मच्चिाएको छ । प्रदेश नं. २ का प्रहरीमाथि जादवको अण्डकोष गायव बनाएको आरोप लाग्या छ । आन्दोलनमा हिड्या जादवले अरुका पसल तोडफोड गर्ने, हप्कीधम्की गर्ने, सडकमा हिड्नेलाई चड्काउने गरेपछि प्रहरीले लाठी बजाएको थ्यो । लाठी पनि कुठाउँमै परेछ कि क्या हो ? अरु बेला त प्रहरीको लाठी टाउको, पिँडुला, ढाँडतिर बज्रन्थ्यो । हिजो आज त अण्डकोषतिरै पो बज्रन थालेछ । यतिबेला विचरा यादवलाई कम्ता अप्ठेरो प¥या छैन ? अण्डकोष गायव हुनु चानचुने कुरा पनि होइन । मर्दको निसानी हो, पहिचान हो । अण्डकोष विनाको मर्द हुनै सक्दैन अर्काको अण्डकोषै गायव बनाउनु, हानी नोक्सानी पु¥याउनु, क्षतविक्षत बनाउनु घोर मानव अधिकारको उल्लंघन हो, कानूनी राज्यको उपहास हो । सरकार जादवको अण्डकोष रिफिल गर्नुपर्छ । नत्र भोलि फेरि अण्डकोष गायव बनाउन पाइँदैन भनेर चर्का नारा लाग्ला ।
फुइयाको नागरिक आन्दोलन ?
बेकाम, डेट एक्स्पायर केही पान्डुराम झम्पाटहरु यतिबेला नागरिक आन्दोलनका नाममा सडकमा गीत गाउँदै, कविता वाचन गर्दै, भजन गाउँदै हिडेको देख्दा घण्टाघरलई कुरी कुरी लाग्न थाल्या छ । तिन्ले देखाएको तमासाले सर्वसाधारणको कन्सिरी तात्न थाल्या छ, कन्सिरीबाट चिटचिट पसिना आउन थाल्या छ । नागरिक समाजको नाममा तिन्ले राम्रै रोजागारी पाएजस्तो छ । गरिबका तरकारी सडकमा फाल्दा तिन्ले देख्दैनन्, अर्काको सम्पत्तिमा आगो झोस्दा तिनलाई बाल मतलब हुँदैन, बलात्कार पछि निर्मम हत्या गरिएकी भगिरथी भट्टका बारेमा तिन्लाई कुनै चासो छैन, न्यायका लागि बर्षौदेखि अनसन बस्ने गंगामाया अधिकारीको पीडा तिन्ले महसुस गर्दैन, निर्मला पन्तले न्याय पाउन कि नपाउन तिनका लागि भाँड मतलब, मजदुरले हात मुख जोडने काम गर्न पाउन कि नपाउन तिनलाई लुतो न कन्याई । आखिरी नागरिक समाज हो, तिन्ले यस्ता कुरामा बौल्नै हुँदैन । तिन्ले त माकुने ठीक, झल्ला झलु ठीक, प्रचण्डाउ ठीक भनेर बोल्नुपर्छ । अनि पो नागरिक समाज । त्यसै नागरिक समाज ?
स्विजरल्याण्ड बनाउन खोज्या थे रे
कहिलेकाहँी सडकमा तमासा देखाइरहेका प्रचण्डाउ पनि गतिलै मजाक गर्छन् । अस्तिका दिन तिन्ले खै कता हो कुन्नि भाषन गर्दा ठोकेछन् नेपाललाई स्विरल्याण्ड बनाउन मन थियो, खप्रओले जालझेल गरे । क्या वात † आफनो घर जलाएर अर्काको घर सल्काएर सडकमा आएर ताली पिट्दै गरेका प्रचण्डाउ कहिले नेपाललाई सिंगापुर बनाउने भन्छन्, कहिले स्विरल्याण्ड बनाउने भन्छन् । तिन्ले नेपाल बनाउँछुचाहिँ कहिल्यै भनेनन् । सिगापुर बनाउ भनेर दुई पटक पर्धानमन्तनरी बनाएकै हो । उल्टै झिंगापुर बनाईदिए । तिन्ले थुतुनो बजार्नचाहि कम्ता जान्या छैनन् । आकाश पाताल एकै ठाउँमा जोडिदिन्छन । झालेमालेको ठूलो घरमा छिर्न पाए विस्तारै कब्जा जमाम्ला भनेर बुर्कुसी मारेर दौडिएका थिए । तर तिन्को जालझेल अर्का महाचतुर खप्रओले नबुझ्ने कुरै भएन । थालमात्र तेस्र्याएर भात नहाल्देसी रन्थिनिएर दन्तमझान गर्दै सडकमा हुर्रिन पुगे । अहिले ख्याल रमाइलो भा’छैन । विचरा प्रचण्डाउको सिंगापुर स्विजरल्याण्ड बनाउने सपना तुहिने भएको छ । अब नेपाललाई सिंगापुर र स्विजरल्याण्ड कस्ले बनाइदेला ?
बाजेको बकबक
नेप्लिज लाँग्रेसका रामचन्द्रे बाजेले संसद पुनस्र्थापना हुँदा के फेला पार्छन् र नहुँदा पनि के फेला पार्छन कुन्नि † कागलाई बेल पाक्यो हर्ष न विस्मास्त । विचरा बाजे ट्याउँ ट्याउँ कराएर पेपर टाइगर किन बन्न खोज्या होला ? सडक छापले सडक छापलाई नै सघाउँछन् । सडकमा पुग्या माकुने–प्रचण्डाउका प्रवक्ता भएर बाजेले के गर्न खोज्या होलान् ? ससद पुनस्र्थापना भए माकुनेहरुको भत्ता पाक्छ बाजेको के पाक्छ कुन्नि ? न संसद पुनस्र्थापना भएमा यिन्को सांसद बन्ने चान्स छ न केही । फेरि पनि बाजे हात धुएर संसद पनस्र्थापनाको पक्षेमा कन्दनी खालेर लाग्या छन् । पक्कै पनि बाजेलाई माकुने प्रचण्डाउले दह«ै आश्वासन द्या हुनुपर्छ । रामचन्दे बाजे मात्र होइन अर्का हरुवा झापाली कृष्णे सिटौले पनि पो पुनस्र्थापना हुनुपर्छ भनेर उफ्रदै छन् । आखिरी सवै हरुवा नै परे । यिन्ले फेरि चुनाउ जित्ने छाँटकाट नभएर नै पुनस्र्थापनाको रटान लगाका होलान ।
अन्तेमा
आयाराम गराराम एकसिटे झम्पाट बाउरामले अब नेपाली जन्ताले बलिदान दिनुपर्ने बेला आएको भन्दै अस्तिका दिन धनकुटामा भाषन ग¥या देख्दा तिन्को मुखा हान्नुजस्तो लाग्यो घण्टाघरलाई । यी खैजडीले १७ हजार मान्छेको बली चढाएको कसैले बिर्सिया छैनन् । यसो २०÷२२ सेक महिना तलब भत्ता खान नपाउने भएसी’ तिन्लाई औडाहा भा’छ । केपी ओलीले असंवैधानिक काम गरे । अब नेपाली जन्ताले बलिदान दिनुपर्छ रे । अब ती झम्पाटले उचाँल्दैमा कुनै नेपालीले बदिलान दिने छाँट छैन । हैन हौ अब प्रतिगमन सच्याउन, असंवैधानिक कदम रोकन हामी नेताहरुले बलिदान दिनुपर्छचाहिँ किन नभन्या ? बाउराममहरुले बलिदान दिनु हुँदैन ? जहिल्यै पनि जन्ताको बलिदान चाहिने ? जन्ताले पटक पटक धेरेै बलिदान दिए ।अब नेताले, तिनका सन्तानले बलिदान दिनुपर्छ । वित्थामा अरुलाई उचाल्यो अनि आफू र आफ्ना सन्तानका लागि लखनौ लुड्यायो त्यसैले बाउरामहरुले थुतुनो सम्हालेकै वेश ।
