रेडक्रस अभिमुखी तथा लै·िक नेतृत्व विकास तालिम सम्पन्न

धरान/नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सुनसरी अन्तर्गत
रहेको लैङ्गिक, महिला , सवमावेशी, सामाजिक महिला उप समितिको आयोजनामा दुई दिने रेडक्रस अभिमुखी तथा लैङ्गिक नेतत्व विकास तालिम सम्पन्न भएको छ ।
सुनसरी जिल्लामा रहेका १६ वटा उपशाखाहरुबाट एक एक जना महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रमको समुद्घाटन नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य सरला कायस्थले गर्नुभएको थियो । फागुन १५ र १६ गते सञ्चालन भएको कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रशिक्षक मुरारी सुवेदीले नेतृत्व विकास त ालिम दिनुभएको थियो । उहााले स्वव्य व्यवस्थापन सम्बन्धी नेतृत्व विकासका लागि दिनुभएको तालिमबाट सहभागीहरुमा आत्मबल बढेको सहभागी महिलाहरुले बताएका छन् ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य सरला कायस्थले भन्नुभयो, आज राज्यले महिलालार्य राज्यका हरेक इकाइमा ३३ प्रतिशत आरक्षणको व्यवस्था रेको छ । समाजमा आज पनि लैङ्गिक हिंसा कम भएको छैन । लैंङ्गिक हिासाका विरुद्धमा महिलाहरु जबसम्म चेतनाको अभिवृद्धि हुादैन तवसम्म यो न्यूनिकरण हुन सक्दैन । तसर्थ महिलाहरुमा नतेत्ृव विकास आवश्यक छ, कायस्थले भन्नुभयो ।
लैङ्गिक महिला, समावेशी,  सामाजिक समितिकी उपसंयोजक श्रीमति नेत्रकुमारी राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीका पूर्व अध्यक्ष बासुदेव गौतम, वर्तमान अधयक्ष उमेश थापा, नेपाल रेडक्रस सोसाइटी सुनसरीका अभिमुखीकरण तालिम अधिकृत किरण कर्की, सुजता श्रेष्ठ लगायतले समेत सहभागीहरलाई तालिलम दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन अञ्जु सुवेदीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया