धरान/इलाका प्रहरी कार्यालय धरानले साउन १० गते शनिवार स्थानीय राजेन्द्र अग्रवालको घरमा छापा मार्यो । सुराकीको आधारमा भन्दै उसले छापा मारेर ७० केजी चाादी, ३५ तोला सुन र ५२ लाख रुपैयाा बरामद गरी दुई दिनपश्चात सोमबार क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय
इटहरीमा बुझायो ।
इलाका प्रहरी कार्यालय धरानले अग्रवालको घरमा छापा मार्नुलाई धरानका उद्योगी व्यवसायी तथा सर्वसाधारणले यतिबेला प्रहरीको ज्यादतिका रुपमा लिएका छन् । आखिरी प्रहरीले के प्रोजनका लागि अग्रवालको घरमा छापा मारेको हो र के प्राप्ति भयो ? जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एस.पी. मसामउद खान इलाका प्रहरी कार्यालय धरानले अग्रवालको घरमा छापा मर्नुलाई अलिकति ज्यादति भएको स्विकार्नु हुन्छ । उहाा भन्नुहुन्छ छापा मरेको दिन म जिल्लामा थिइना । जे जस्तो समान बरामद भएको छ त्यो मात्र पाउनु प्रहरीको उद्देश्य होइन । उहाा भन्नुहुन्छ, ३०–३५ तोला सुनका गरगहना परिवारका सदस्यको हुनु सामान्य कुरा हो, यस सम्बन्धमा थप म बुझ्दैछु ।
यसै सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाको कथन छ, सुराकीको आधारमा प्रहरीले छापा मारेको हो । छापा मार्दा अघिल्लो दिन यहाा झोलाका झोला सामान आएको छ रे त्यो के हो भन्नासाथ राजेन्द्र अग्रवालका छोरा दिपक अग्रवालले पैसा, चाादी,गरगहना झोला खाटमुनिबाट निकालेर दिए । हामीले झोलामा राखेको सामानमात्र बरामद गरेका हौ, परिवारको एक टुक्रा गरगहना हामीले ल्याएका छैनौं र प्रहरीले त्यसो गर्दैन पनि डिएसपी थापाको कथन थियो । प्रहरीले सामान सहित अग्रवालका जेठा छोरा दिपक अग्रवाललाई इलाका प्रहरी कार्यालय पुर्यायो । दिपकको कथन छ बरामद गरिएका सामान आफ्नो नभई आफन्त सुनिल अग्रवालको हो । सुनिल अग्रंवाल २० दिन अगाडि नै श्रीमतिसहित औषधोपचारका लागि चेन्नई गएको र शुक्रबार छोरालाई समेत बोलाएपछि ती सामान सुरक्षाका लागि छोराले राजेन्द्र अग्रवालको घरमा राखेर इन्डिया गएका थिए ।
यसबाट पनि प्रष्ट हुन्छ बरामद
गरिएका सामान राजेन्द्र अग्रवालको भएको भए त्यसलाई सुरक्षित साथ दराज या गोप्य ठाउामा राख्थे तर ती सामान खानमुनि र कुर्सी मुनिबाट दिपक अग्रवाल आफैले निकालेर पुलिसलाई दिएका थिए । यसै सम्बन्धमा उद्योगपति कृष्ण अग्रवाल भन्नुहुन्छ, राजेन्द्र अग्रवाल सुनचाादीको
कारोबार गर्ने मान्छे नै होइन । औषधोपचारमा जाादा सुरक्षाका लागि आफन्तकोमा ल्याएर सुनिलले राख्नु स्वभाविक हो । नेपाल सुनचाादी व्यवसायी महसंघका केन्द्रीय सदस्य, सुनचाादी व्यवसायी संघ सुनसरीका अध्यक्ष समेत रहेका सुनिल अग्रवाल
धरानमा समाजसेवीका रुपमा परिचित छन् ।
गलत सूचना र कमिशनको मोहमा प्रहरीले नियोजित रुपमा अग्रवालको घरमा छापा मारेको भन्दै व्यवसायीहरुले आइतबार प्रहरीको ज्यादतिका विरुद्धमा एकदिन सुनचाादी व्यवसाय बन्द गर्दै अञ्चल प्रहरी कार्यालयमा एक ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, सुनचाादी व्यवसायी संघका अध्यक्ष सुनिल अग्रवाल श्रीमति सहित आफ्नो काम विशेषले आठ दशदिन अगाडि नै भारत गएको र छोरा निकेश अग्रवाल पनि शुक्रबार नै बुबालाई भेट्न जाने क्रममा पसलका सामान र नगदहरु सुरक्षाका लागि निजका आफन्त दिपक अग्रवालको घरमा छोडी भारत गएकोमा सुराकीले मौका छोपी शनिवार सामान
राखेको ठाउामा छापा मारी बाहिर ल्याएको सामान भनी गलत सूचना दिइ व्यवसायीलाई फासाउने र कमिशनको प्रलोभनमा परी भविष्यमा यस्ता घट्ना फेरि हुनसक्ने हुादा व्यवसायी पसलमा सुराकी गर्ने कार्य र निर्दोष अग्रवाललाई रिहा गर्न माग गरेको छ ।
यसै सम्बन्धमा सुुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ भन्नुहुन्छ वास्तविकता नै नबुझी घरैभित्र गएर
प्रहरीले गरगहना लिएर जानु राम्रो हैन । सुनिल अग्रवालको घरमा आइमाइ र केटाकेटीमात्र भएकोले सुरक्षाका लागि आफन्तकोमा लगेर राख्नु स्वभाविक हो । सुनिल अग्रवाल आएपछि व्यवसायीले कस्तो कदम चाल्नुपर्ने हो त्यो हामी चाल्छौं । उता उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल सुनचाादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्य भन्नुहुन्छ, अग्रवालको घरमा छापा मार्नु प्रहरीको ज्यादति हो । हो उसको घरबाट कााचो सुनका इाटा बरामद गरेको भए त्यसमा कसैको बोल्ने ठाउा नै हुादैनथ्यो । हामी व्यवसायीका बीचमा अहिले पनि एउटा चलन छ यदाकदा कहीा जानुपर्यो भने आफन्त या नजिकको विश्वासी साथीकोमा लगेर सामान राख्ने । विष्णु स्टोरका दिलकृष्ण श्रेष्ठ भन्नुहुन्छ, वास्तविकता नबुझी कमिशनको लोभमा प्रहरीले छापा मारेको देखियो । मेरो पसलमा दुई सय तोला भन्दा बढीका गरगहना छन् । मेरोमात्र हैन व्यवसाय गर्ने सबैका पसलमा गहना हुन्छन् । के ति सबै अवैध हुन त ? उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डागा भन्नुहुन्छ, २०–२५ बर्षसम्म अर्काको घरमा भाडामा बसेर बल्ल एउटा घर बनाई सामान्य प्लाष्टिक्सको उद्योग चलाउने राजेन्द्र अग्रवाल पहिलो कुरा त सुन व्यवसायी नै होइनन् । उसको घरमा छापा मारेर अर्काले राखेको सामान बरामद गर्नुलाई प्रहरीको बहादुरी मानिदैन । दैनिक कारोबार गर्ने उद्योगी व्यवसाीको
घरमा ५०–१०० लाख हुनु अनौठो
मानिदैन ।
