फोहोरबाट ऊर्जा उपत्पादन गर्ने उद्योग निर्माणको अन्तिम चरणमा

धरान÷धरानको अव्यवस्थित फोहोर प्रयोग गरी उर्जा उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको फोहोर प्रशोधन केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ । धरान–६ स्थित पानबारीमा निर्माणाधिन अवस्थामा रहेको फोहोर प्रशोधन केन्द्र चाडै सञ्चालनमा आउन लागेको हो ।
फोहोरलाई मोहोरको रुपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर बनाउन सम्झौता भएअनुसार धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र र भेञ्चर वेष्ट इनर्जी प्रालिको संयुक्त साझेदारी परियोजना धरान–६ पानबारीमा निर्माणाधीन अवस्थामा
रहेको फोहोर प्रशोधन केन्द्र (वेष्ट इनर्जी प्लान्ट) चाडै सञ्चालनमा आउने भएको छ । करिब २४ करोडको लागतमा निर्माणाधीन प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ । निश्चित डम्पिङ साइट नहुँदा वर्षौदखी आलोचित बन्दै आएको उपमहानगर प्लान्ट सञ्चालनमा आएपछि फोहोर व्यावस्थापनमा सहज हुनेमा ढुक्क छ । फोहोरबाट जैविक ऊर्जा उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको प्लान्टले धरानको वातावरणलाई समेत प्रदुशित हुनबाट जोगाउन सहयोग त पु¥याउँछ नै दैनिक २ हजार केजी सिएनजी ग्याँस समेत उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यहाँबाट उत्पादन भएको सिएनजी ग्याँस धरानका करिब ५ सय टेम्पोमा प्रयोग गरिने भेन्चर वेष्ट इनर्जी प्रा.लिका कल्सटेन्ट विवेक अग्रवाल बताउनु हुन्छ ।
त्यसो त फोहोरबाट आजित बनेका सर्बसाधारण समेत प्लान्ट चाडै सञ्चालनमा आउनु पर्ने बताउँछन् ।
धरान १४ का स्थानीय प्रभाव खतिवडा यो प्लान सञ्चालनमा आए धरानलाई धेरै फाइदा पुग्ने बताउनुहुन्छ । उपमहानगरले विगत लामो समयदेखि दिर्घकालिन फोहोर व्यावस्थापनमा चासो देखाएपनि पूरा हुन सकेको थिएन । तर, २ वर्ष अगाडी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र वेष्ट इनर्जी प्रालिसँग २० वर्षको सम्झौता गरेको र चाडै यसलाई सञ्चालनमा ल्याउने उपमहानगरका वातावरण निरीक्षक राजु चौहानले बताउनुभयो ।
धरानमा दैनिक करिब २३ टन फोहोर संकलन हुने गरेको उपमहानगरले जनाएको छ । उपमहानगरले वर्षौदेखि दिर्घकालिन फोहोर व्यावस्थापन गर्नु नसक्दा हैरानी खेप्दै आएका नगरबासीको लागि प्लान्ट सञ्चालनमा आएपछि दिर्घकालिन समस्या समाधान हुनेमा विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया