धरान÷पदीय लोलुपताका कारण सत्तासीन नेकपाभित्रको विवादले प्रतिनिधिसभा विघटन भएसँगै प्रदेश सभामा समेत चरम किचलो देखिन थालेको छ । प्रधानमन्त्री ओलीको कदमलाई सही ठह¥याउदै एउटा समूहले समर्थनमा सडक तताएका छन् भने माधव–प्रचण्ड समूहले संसद पुनस्र्थापनाको माग उरालेर सडकमै प्रदर्शन, नाराबाजी गर्दै आएका छन् ।
विवाद कतिसम्म सतहमा पुगेको छ भने एक समूहले अर्को समूहलाई कार्वाही गर्ने, अविश्वासको प्रस्ताव दर्ता गर्ने, अस्लिल र अमर्यादित गाली गलौज गर्ने सम्मको अवस्थामा पुगेको छ । प्रदेश न. १ मा आफू विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर
गरेको, अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै ओली निकट मानिएका मुख्यमन्त्री शेरधन राईले १९ जना सांसदलाई प्रमुख सचेतक मार्फत कार्वाही समेत गरेका छन् भने एक जना मत्रीलाई हँटाएका छन् र तीन जनाले मुख्य मन्त्री राईको मन्त्रीमण्डलबाट राजीनामा दिएका छन् ।
उता माधव–प्रचण्ड समूहले पाष १९ गते मुख्यमन्त्री शेरधन राई र प्रमख सचेतकलाई कार्वाही गरेको घोषणा गरेको छ । मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हँटाएर प्रदेश नं. एकको इन्चार्ज भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको जनाएको छ । ओली पक्षले केन्द्रबाटै प्रदेश इन्चार्ज रहेका आचायलाई हँटाएर सुभाषचन्द्र नेम्बाङ्गलाई प्रदेश एकको इन्चार्ज बनाएको छ । दुबै पक्ष दैनिक जसो सडकमा, कोठे बैठकमा व्यस्त हुन थालेका छन् । संघ, प्रदेशको असर यतिबेला स्थानीय तहमा समेत देखिन थालेको छ । प्रदेश नं. १ मा सुनसरी, मोरङमा प्रचण्ड–माधव नेपाल समूहको पकड दह«ो देखएको छ भने झापा, इलाम, पाँचथर ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङमा ओली समूहको संगठन बलियो देखिएको छ ।
प्रदेशसभा विघटनको संकेतमाधव–प्रचण्ड समूहले एकपछि अर्को किचलो गर्दै प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा समेत प्रदेश सरकारलाई काम गर्ने वातावरण नदिएको भन्दै प्रदेशसभा विघटनको तयारी भएको सोमबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले संकेत दिएकी छन् ।
सोमबार विराटनगर आएकी तुम्बाहाम्फेले केन्द्रको राजनीतिक घट्ना क्रमको प्रभाव प्रदेश र स्थानीय निकायमा समेत परेको बताएकी थिइन् । प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन् संविधान, प्रदेश सभाको ऐन, नियमावली अनुसार प्रदेश सभा विघटन हुन सक्छ । उनको आरोप थियो दुई तिहाइ निकटको प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने वातावरण नै नदिएपछि प्रतिनिधिसभा विघटन भएको थियो । यस्तो अवस्था प्रदेशमा पनि देखिन थालेको छ । तुम्बाहाम्फेले भन्नुभयो अब निर्वाचनको विकल्प छैन । सबै पक्ष निर्वाचनमा जानु पर्छ र निर्वाचन आयोगले समेत आफ्नो कामलाई अगाडि बढाइसकेको छ ।
नेपाली काँग्रेसले कानुन व्यवसायीसँग सल्लाह ग¥योभूमि। व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा विघटनको संकेत गरेपछि प्रदेश नं. १ को प्रदेशसभा विघटन र संवैधानिक अधिकार क्षेत्रका बरोमा नेपाली काँगेसले सोमबार विराटनगरमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ ।
नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता केदार कार्कीले कानून व्यसायीहरुसँग कानूनी रुपमा विघटनका प्रावधानहरुका बारेमा छलफल गर्नु भएको हो । काकीेले नेकपाभित्रको विवादले संसदीय क्रियाकलामा असर गर्ने देखिएकोले आगामी परिथिति कस्तो हुन सक्छ भनेर छलफल गरेको बताउनुभयो नेकपाभित्रको विवादले दुवै समूहले एकअर्कालाई निलम्बन, पदमुक्त र कार्वाही सम्मको गतिविधिमा उत्रिएपछि हाल प्रदेशसभामा अन्यौल सिर्जना भएको छ । प्रदेशनं. १ को नियमित अधिवेशन यही आउँदो माघ ७ गते बोलाइएको छ । एकले अर्को पक्षलाई कार्वाही गरिसकेको अवस्थामा माघ ७ गते बोलाइएको अधिवेशनमा नेकपाको संसदीय दलको नेता र प्रमुख सचेतक कस्लाई मान्ने भन्ने अन्यौलता सिर्जना हुने देखिएको छ । परामर्शमा सहभागी कानून व्यवसायीहरुले संविधानमा प्रदेशसभा सम्बन्धी उल्लेख भएका अधिकार क्षेत्रको विषयमा मात्र चर्चा गरेका थिए ।
सडकमा अमर्यादित नारा
नेकपा भित्रको विवादले सिर्जित प्रतिनिधिसभा विघटन पश्चात प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको माधव–प्रचण्ड समूहले लगाएको अमर्यादित नाराले उक्त समूहप्रतिको हेराइमा आम सर्वसाधारणको विचार परिवर्तन हुन थालेको छ ।
प्रचण्ड माधव समूहका सुनसरीका एक जिल्ला स्तरीय नेताको टिप्पणी छ अमर्यादित नाराले उल्टै हानी पु¥याउँछ । उनले भने केही दिन अगाडि विद्या तेरो सिन्दुर खोइ…..केपी ओली तेरो पोई भन्ने नारा निचताको हद हो । यसैगरी प्रचण्ड–माधव समूहमा लागेका भीम रावलले ओलीको रगतमा स्त्रीको गन्ध आउँछ भन्ने अभिव्यक्तिप्रति लक्षित गदै उनले भने यो अभिव्यक्ति आम दिदीबहिनीप्रतिको अपमान हो । हुन त त्यस्ता नारा र त्यस्ता अभिव्यक्तिप्रति सञ्चार माध्यम, सामाजिक सञ्जालहरुमा घृणा मिश्रित टिप्पणीहरु समेत भएका छन् । ती जिल्ला सदस्यले भने अब स्पष्ट कित्ताकाट भएको छ । सडकमा नारा लगाउँदा पनि मर्यादित भएर लगाँउदा जनताको विश्वास आर्जन गर्न सकिन्छ ।
क्यालेन्डरमै नभएको मितिमा आन्दोलन

नेकपाको माधव–प्रचण्ड समूहले पहिलो चरणको आन्दोलन सिद्धिएको र दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । तर उसले घोषणा गरेको दोस्रो चरणको आन्दोलन क्यालेन्डरमै नभएको मितिमा समेत राखेपछि सर्वत्र त्यसप्रति हाँसो छाएको छ ।
उसले घोषणा गरेको दोस्रो चरणको आन्दोलनमा पौष ३० गते देशयापी सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने जनाएको छ । जबकी पौष २९ को महिना छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित कार्यक्रममा आन्दोलनका १८ चरणहरु देखाइएको छ । पौष २० गतेदेखि पालिका स्तरमा, २५ गतेदेखि वडा स्तरमा भेला संघर्ष सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, २५ गते प्रदेश, जिल्ला, पालिका वडा स्तरमा संघष गर्ने, पौष २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला गरी माघ २ गते, माघ १० गते, माघ १६ गते र माघ २३ गते सम्मका विरोध प्रदर्शन र सभाको कार्यक्रम तय गरेको छ ।
