झुटो बोलेर दुनियाँको नजरमा हल्का हुँदै प्रचण्ड

कुनै पनि मानिले अरु कसैलाई झुटो बोलेर केही दिन सम्म झुक्काउन सक्छ तर सधौ झुठो बोलेर झुक्याउन सक्दैन । यो वास्तविकता र यथार्थतालाई एमाओवादीका अध्यक्ष र तिनका नेताहरुले आत्मसात नगर्दा आज माओवादी जनताका नजरमा दिनप्रतिदिन गिर्दै गएको छ ।
संविधान निर्माणका क्रममा देखिएका विवाद (?) मा सत्ता पक्षीय दलहरुसाग सहमति पनि नगर्ने अनि प्रक्रिया पनि नमान्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिहरु जुन रुपमा आइरहेका छन् त्यसले आम सर्वसाधारणले उनीप्रति सहानुभूति दशाउनुको सट्टा उल्टै आक्रोस पैदा गरेको छ ।
कहिले शान्तिपूर्ण आन्दोलनमा सत्ता पक्षका मानिसलाई कुट्न, गाडी जलाउन र प्रहरीमाथि ढुंगामुढा गर्न पाइन्छ भनेर कार्यकर्ता उकास्ने कम गर्छन् त कहिले आन्दोलनका सहयात्रीहरुलाई छक्याएर सत्ता पक्षसाग वार्ता गर्न पुग्छन् । भर्खरै मात्र पनि उनले एक कार्यक्रममा भने मलाई सिध्याउन तानावाना बुनिदैछ, मेरो ज्यान खतरामा छ । उनको यस प्रकारको भनाई सार्वजनिक भएपछि हिजो एमालेका अध्यक्ष केपी ओलीलाई मानसिक रोगी भन्ने दाहाल आज आफै मानसिक रोगी भएको टिप्पणी गर्न थालेका छन् ।
हरेक कुराको तम्बेतान व्याख्या गर्ने पुष्कमल दाहालले उनलाई कसले सिध्याउन खोज्दैछ, ज्यानको कसबाट खतरा छ भन्ने कुरा भने खुलाएनन् । राजनैतिक रुपले आफै सिद्धिदै गएका दाहाललाई भौतिक रुपमा सिध्याउने आवश्यकता नै पर्दैन । आÏनै घोषापत्र र माघ ८ को सहमतिबाट विमुख भएर घुक्र्याइको आन्दोलनमा होमिएका दाहालको यस्तै अभिव्यक्तिबाट उनी आफै सिद्धिदै गएका छन् । संविधान जारी भएपछि लगत्तै स्थानीय निकायको निर्वाचन हुने निश्चित छ । स्थानीय निकायको निर्वाचन भएमा माओवादीले मुलुकका कुनैपनि स्थानमा जित्न सक्ने अवस्था देखिदैन । संविधानसभाको दोस्रो निर्वाचनबाट उसले आफ्नो हैसियत बुझिसकेको छ । त्यसैले यो या त्यो बहानामा माओवादी संविधानसभाबाट संविधान बन्न नदिने पक्षमा लागेको छ ।
माओवादी अध्यक्ष प्रचण्डकै कारण माओवादी सिागो रहन सकेन । अनेकौ तिक्डम अपनाएर नेतृत्वमा हालीमुहाली, जनहितमा भन्दा पनि जनता भड्काउने काम, वर्गीय हित भन्दा पनि जातीय उक्साहट, आत्म समर्पणवादी सोच, तल्ला स्तरका अपाच्य गालीगलौज प्रचण्डका सबै भन्दा ठूला कमजोरी हुन् । माओवादी आजको अवस्थामा आउनुको प्रमुख कारक पनि प्रचण्ड नै हुन् । आÏनै पार्टीभित्र आलोचित बन्दै गएका प्रचण्डलाई उनले भनेजस्तो शक्ति केन्द्रहरुले सिध्याउने नभएर आफ्नै भित्रकाले सिध्याउाछन् । जनयुद्धताका उनले धेरैलाई सिध्याएका छन् । आखिरी १० बर्षे जनयुद्धको उपलब्धी के त ? जन युद्धमा लागेकाहरुले आज अभाव र पीडाको जीवन बााच्नु परेको छ । केही टाढाबाठाहरुले आफ्नो राम्रै बन्दोबस्ती गरेका छन् तर सोझा र इमान्दारहरुले आज अभाव र पीडा सहनु परेको छ । ती आक्रोसित छन् । विगतका पार्टीकै केही कार्यक्रममा प्रचण्डमाथि सानोतिनो आक्राण पनि भएका छन् । कसैले कुर्सी हानेका छन् कसैले झापड हानेका छन् । उनीमाथि त्यसरी आक्रमण गर्नेहरु कुनै शक्ति केन्द्रका थिएनन् । ती प्रचण्डका आफ्नै कार्यकर्ता र पूर्व लडाकुहरु थिए । त्यसैले सााच्चै नै प्रचण्डले भनेजस्तो उनको जयनमाथि खतरा छ भने त्यो कुनै बाह्य शक्ति केन्द्रबाट नभएर आफ्नै कार्यकर्ताबाट छ ।

तपाईको प्रतिक्रिया