नमस्ते धरानद्वारा रक्तदान

धरान/नमस्ते धरान नामक गैरसरकारी संस्थाले आफ्नो दोस्रो बार्षिकोत्सवका अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष विवेक प्रसाईको अध्यक्षता र धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सामाजिक जनचेतना केन्द्र धरानका अध्यक्ष नन्दराज राईको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको थियो ।
रक्तदान कार्यक्रमका संयोजक अर्जुन राई, सचिव निराज तामाङ्ग, रोशन अधिकारी, श्याम पोख्रेल, बाबुराम आचार्य, प्रताप भट्टराई, धनेश राजना मगर, यज्ञमणि आचार्य, सागर प्रसाई, निर्मल आचार्य, मुरारी भट्टराई, प्रेमकुमार राई, ललित खड्का, दिलकुमार गिरी लगायतको उपपिस्थति रहेको थियो । सो अवसरमा बोल्दै प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भन्नुभयो, नमस्ते धरानले आफ्नो बार्षिकोत्सवमा जुन कार्यक्रम गरेको छ त्यो उदाहरणीय हो । भोलिका दिनमा यस प्रकारको कार्यक्रमले निरन्तता पाएमा धरान उपमहानगरपालिकाले अवस्य पनि सहयोग गर्ने प्रष्ट पार्नुभयो । यसैगरी विशेष अतिथि नन्दराज राईले रक्तदानमा सहभागी हुने सबैलाई धन्यवाद दिदै नेपाल सरकारले धरानमा मालपोत र नापीको सेवा केन्द्र राख्ने निर्णय स्वागतयोग्य भएको र केही लेखापढी व्यवसायी निर्णयको विरुद्धमा लागेका छन् । यदि भोलिका दिनमा सरकारले निर्णय खारेज गरे धरानका युवाहरु स्वस्फूर्त रुपले कसैको झण्डा नबोकी आन्दोलनमा उत्रन तयार छन् । यसका लागि उहााले युवाहरुलाई आवहान समेत गर्नुभयो । उहााले ६ सय १ जना सभासदहरुलाई जनताले सविधान लेख्न र देशलाई संविधान दिन पठाएको तर सभसदहरु आफ्नै स्वार्थका लागि मात्र बोलिरहेको हुादा त्यस्ता सभासदहरुलाई काठमाण्डौ बाहिरका जिल्लामा निषेध गर्नुपर्ने उहााको धारणा थियो ।

तपाईको प्रतिक्रिया