नेपालकै प्राचीन मन्दिर बराहक्षेत्र धामको सोचेजस्तो विकास भएन

धरान÷ सरकारले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएका क्षेत्रमा उल्लेख्य काम गरेको पाइदैन ।
मुलुकमा संघीयता आइसकेपछि स्थानीय स्तरको विकास स्थानीय सरकारलाई प्रदान गरेको भएपनि यस्ता धार्मिक क्षेत्रहरुको विकासमा खासै ध्यान दिएको पाइदैन ।महाभारमा उल्लेख भएको प्रदेश नं. १ को पवित्र स्थल बराहक्षेत्र धामको विकास सोचे अनुसार नहुदा धार्मिक आस्था बोकेर आउने भक्तजनहरुले समस्या भोग्नुपरेको छ ।
वम्हपुराण, बराहपुराण अनि स्कन्दपुराणमा समेत उल्लेख गरिएको सनातन सस्कारको प्राचीन धामहरुमा बराहक्षेत्र पनि पर्दछ । यो पवित्र स्थल नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थल मध्य एक हो । सुनसरीको धरानबाट करिब २५ किमीको दूरी पार गरेर तथा महेन्दू राजमार्गको झुम्काबाट समेत यो धाममा पुग्न सकिन्छ । कोकाहा र कौसीका नदिको पवित्र संगम स्थलमा रहेको यो धाममा यायायातको पहुच पुगेको भएपनि अन्य सुविधा नहुदा भक्तजनहरुले समस्या भोग्नु परेको स्वम् बराहक्षेत्र धामका पूजारीहरु बताउछन् ।
वराह अर्थात सुंगुर, भगवान विष्णुको सुूगुरको अवतार भएको यस ठाउूको अहिलेको मन्दिरको स्वरुप भनें विसं १९९१ सालमा निर्माण गरिएको हो र यस पूर्ननिर्माण जुद्ध शम्शेरको पहलमा गरिएको तथ्य छ । १९९० को महाभूकम्पले मन्दिर ध्वस्त भएपछि जुद्ध शमशेरले १९९१ मा भारु दुई लाख ५० हजारमा पुनः निर्माण गरेको कुरा पर्खालमा रहेको शिलालेखबाट प्रस्टिन्छ । यस्तो ऐतिहासिक क्षेत्र नेपालकै गरिमा बोकेको सुनसरीको बराहक्षेत्र नगरपालिकामा अवस्थित बराहक्षेत्र धाममा विगतको तुलनामा यसको विकास भएको भए पनि अझै विकास हुन नसकेको आन्तरिक पर्यटन पुर्नउत्थान समिति प्रदेश नं. १ का का संयोजक भवेष श्रेष्ठ बताउनुहुन्छ ।
यस मन्दिरमा नेपाल लगायत भारतबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेकाले पनि भक्तजनहरुलाई विश्राम गर्ने स्थानको अभाव रहेको छ । बराहक्षेत्रमा कार्तिकको हरिबोधनी एकादशीदेखि पुर्णिमा सम्म लाग्ने मेलामा आउने भक्तजनका कारण बर्षेनी विश्राम स्थलको अभाव हुदा उनीहरले सास्ती भोग्नु परेको छ ।
चुनसुर्की द्वारा सिङ्ग शैलीमा निर्मित २२ फुट अग्लो गुम्बजाकार बराहको मन्दिरमा १९९० भन्दा पहिला झिँगटीको छानो थियो भने मन्दिर ढुगैढुंगाद्वारा बनाइएको प्यागोडा शैलीको थियो । ९० सालको भुकम्पले क्षतीग्रस्त पुरानो संरचनालाई नयाू स्वरुपमा पुन निर्माण गरिएको हो । पुरातत्वविद्हरुका अनुसार यो कालो मुर्ति ५ हजार बर्ष भन्दा बढि पुरानो हो भने अन्य मन्दिरहरुमा रहेका मुर्तिहरु नवौं शताब्दिका हुन् । यहाूका मूर्तिहरुको वर्णन पौराणिक ग्रन्थहरुमा समेत पाईन्छ । यसैगरी बुध गुप्तले पनि यस मन्दिरको जीर्णोद्धार गरेका र भीमसेन थापाले कोशीसम्म जाने १ सय ५८ वटा सिंढी बनाएको उल्लेख पनि इतिहासमा पाइन्छ । यस्ता ऐतिहासिक, पुरातात्विक र विश्वमै चर्चा पाएको धार्मिक क्षेत्रको विकासमा अब तीनै तहका सरकार लागे सरकारले लिएको धार्मिक पर्यटनको योजना सफल हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया