धरान÷ धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरका मठमन्दिरमा सिसी क्यामेरा जडान गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरका मठमन्दिरको संरक्षणसंगै सुरक्षालाई मध्यनजर गरी बढी भिडभाड हुने स्थान र मठ मन्दिरमा क्यामरा जडान गरेको हो । धरान उपमहानगरपालिकाको पर्यटन महाशखाले छुट्याएको २ लाख बजेटबाट आवश्यक पर्ने स्थानमा १४ वटा सिसी क्यामरा जडान गरिएको धरान उपमहा नगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
अत्याधिक भीड हुने स्थान विजयपुर चौक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर तथा बुढासुब्बा मन्दिरमा सिसी क्यामरा जडान गरिएको उहाले जानकारी दिनुभयो । मन्दिरको संरक्षणसंगै भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखी विजयपुरका मठमन्दिर तथा अत्यन्त व्यस्त स्थानमा सिसी क्यामरा जडान गरिएको वडाअध्यक्ष भट्टराईले बताउनुभयो ।
सिसी क्यामेराका जडानका कारण शान्ति सुरक्षामा समेत सहज हुने विजयपुर अस्थायी प्रहरी पोष्टले जनाएको छ । मन्दिरमा भीडभाड हुदा भीड नियन्त्रणका लागि सहयोग पुग्ने विजयपुरका सर्वसाधारणले बताएका छन् ।
