धरान÷मुलुकमा सघीयता आए पनि कार्यान्वयनमा चुनौति देखिएको बेला धरान उपमहानरपालिकाले भने नेपालमै पहिलो पटक सम्पूर्ण अधिकार वडालाई दिएको छ ।
विगतमा उपमहानगरपालिकाको मातहतमा रहने योजना, विकास निर्माण कार्यहरु तथा रकम फस्र्योट लगायतका सम्पूर्ण काम वडाबाटै भुक्तानी गर्ने अधिकार बुधबारबाट उपमहानगरपालिकाले वडा नं. १५ लाई दिएको छ । उपमहानगरपालिकाले दिएको अधिकार नगरकै पहिलो रहेको छ ।
अधिकार प्रत्यायोजन उद्घाटन संघीय सांसद जयकुमार राईले गरेसंगै बुधबारबाटै सम्पूर्ण कार्य वडाबाट हुने भएको हो ।
अधिकार प्रत्यायोजनका क्रममा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले मुलुकमा संघीयता कार्यान्वयनपछि तीन तहको सरकार निर्माण भइसकेको बताउदै नागरिकको घर घरमा अधिकार पु¥याउने सरकारको नीति अनुरुप उपमहानगरपालिकाले पहिलो पटक धरान १५ लाई नगरपालिकाबाट हुने सम्पूर्ण काम जिम्मा दिइएको बताउनु भएको छ् ।
विगतमा सेवा सुविधा उपमहानगरपालिकामा केन्द्रित हुदा सेवाग्राहीमात्र हैन स्वयम् जनप्रतिनिधि समेतले समेत हैरान व्यहोर्नु परेको थियो । धरान १५का वडाअध्यक्ष नरेश इवारमले विगतमा वडाको विकास बजेट फस्र्यौट गर्न जादा कहिले नगरप्रमुख नभेटिने, कहिले प्रशासकीय अधिकृत नभटिदा हैरानी व्यहोर्नु परेको अनुभव सुनाउनुभयो ।
वडाबाट सम्पूर्ण काम हुने भएपछि सेवाग्राहीहरु समेत लाभान्वित हुने भएका छन् । धरान १५ का सेवाग्राही कुलबहादुर कार्कीले नगरपालिकामा हुने सम्पूर्ण अधिकार वडालाई प्रत्यायोजन गर्दा सेवाग्राहीलाई समेत सहज हुने बताउनुभयो ।
उपमहानगरपालिकाले पहिलो पटक धरान उपमहानगरपालिका वडा नं. १५ बाट वडाबाटै भुक्तानी गर्ने प्रणलीका उद्घाटन गरे पनि नगरपालिकाकाका सम्पूर्ण वडामा यो अधिकार हुने जनाएको छ । अब वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । यसले जनप्रतिनिधि, सेवाग्राही सबैलाई सहज भएको महसुस भएको छ ।
