मलाई पक्रदैंमा ‘अलग मधेश’ अभियान रोकिँदैन : सि.के. राउत

मधेश छुट्टै राज्यको माग गर्दै आएका चन्द्रकान्त राउत
(सिके राउत) लाई केही समयअघि प्रहरीले गिरफ्तार गरी रिहा
गरेको थियो । उनी अहिले पनि छुट्टै राज्यको पक्षमा छन् । उनको विचार र मागसँग कोही सहमत छैनन् र देश टुक्र्याउने उनको विचारप्रति सम्पूर्ण नेपालीहरुले खेद व्यक्त गरेका छन् । उनै विवादित व्यक्ति जो अहिले ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक’ समेत छन् । प्रस्तुत छ राउतसंगको कुराकानीको संक्षिप्त अंश :
खसि.के. राउतले गरिरहेको आन्दोलनको औचित्य के ?
–कुनै पनि ठाउँका जनता यदि औपनिवेशिक शासनभित्र बाँचिरहेका हुन्छन् भने त्यहाँ स्वराज माग्नु अपरिहार्य र जन्मसिद्ध कुरा हो । त्यही मैले पनि गर्दैछु र यो नै सबै जनता र सबै ठाउँको आवश्यकता हुनुपर्छ यदि कतै औपनिवेशिकता छ भने । मधेशलाई छुट्टै राज्य बनाउने अभियानमा छु ।
खतपाईंको आन्दोलनले नेपाली सार्वभौमसत्तामा असर गर्दैन र ?
–मधेशको सम्बन्धमा मेरो आन्दोलनको निकै औचित्य छ । मधेश अहिले पनि नेपालको उपनिवेशको रुपमा रहेको छ । मैले अघि नै भने कुनै पनि भूमि यदि कतै पनि औपनिवेशिक शासनभित्र बाँचिरहेको छ भने स्वतन्त्र हुनु उसको अधिकार हो र त्यही भएर हामी यो
कुरा गरिरहेका छौं । जहाँसम्म नेपालको सार्वभौमसत्ताको कुरा छ, सार्वभौमसत्ता जहिले पनि जनतामा निहित हुन्छ र त्यो जनताले नै निर्धारण गर्छ कि कहाँ बस्ने भनेर र हामी त्यही जनतामाथि नै विश्वास गर्दछौं ।
खअहिले तपाईंको मधेश स्वराज अभियान कसरी चल्दैछ ? र तपाईंलाई यो अभियान थाल्ने आवश्यकता किन लाग्यो ?
–यहाँ औपनिवेशिक शासन अझै छ, यहाँका ९५ प्रतिशत सेनाहर मधेश
बाहिरबाट आएर मधेश कब्जा गरी बसेका छन्, यहाँ स्वतन्त्र र स्वराज छैन त्यही भएर हामी स्वतन्त्र मधेशको कुरा गर्दैछौं त्यही नै यो अभियानको मुख्य आवश्यकता हो । र जहाँसम्म हाम्रो संगठन र गतिविधिको कुरा छ, त्यसमा चाहिं हामी अहिले प्रचारप्रसारको क्रमबाट बितेर संगठन विस्तारको क्रममा छौं । अहिले हामी जिल्ला जिल्ला, गाउँगाउँ पुगेर संगठन विस्तार गरिरहेका छौं ।
खसंगठन विस्तारको क्रमममा तपाईंले मधेशी जनताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
–हामीले निकै नै सकारात्मक प्रतिक्रिया पाएका छौं, किनभने मधेशी जनताले पनि विगतमा धेरै नै संघर्ष गरेका छन्, विगत ६० वर्षदेखि उनीहरु सांगठनिक रुपमा नै संघर्ष गर्दै आइरहेका छन् तराई कााग्रेसको पालादेखि नै र तिनीहरुले अब बुझिसकेका छन् कि सबै मार्गहरु कुनैले पनि मधेशीका अधिकार दिलाउन सकेनन् । त्यो चाहिं किन भयो भने अहिलेसम्म हामी गलत समाधानतिर लागेका थियौं, किनभने यहाँ हाम्रो हात बाँधिएको छ भने त्यसको सही समाधान हातलाई खोल्नु हो न कि कुनै कुरा कसैसँग माग्नु । र त्यही भएर अहिलेसम्म हामीले जनताबाट निकै नै सकारात्मक प्रतिक्रिया पाएका छौं । जनताले अहिलेसम्म खासमा बाटो मात्र नपाएका हुन्, अहिले तिनीहरुले बाटो भेट्याएका छन् र निकै उत्साहित पनि छन् ।
खनेपाल एक त त्यसै सानो देश, त्यसैमाथि खतपाईंको स्वराज मधेशको माग कतै तपाईंले यसलाई पहिलेकै अवस्थामा बाईसे चौबीसे राज्यमा विभाजित त गर्न खोज्नुभएको हैन ?
–बाईसे चौबीसे राज्य हुँदा पनि त नेपाल एकदमै सानो थियो नि, बाईसे चौबीसे त छुट्टाछुट्टै राज्यहरु थिए त्यो कुरा बुझन हामीले आवश्यक छ । र अर्को कुरा मधेश जुन सानो हुने भनेर भ्रम फैलाइएको छ, त्यो शासक वर्गले
फैलाइरहेका छन्, त्यो तथ्य चाहिं हैन । तथ्य के हो भने, मधेश यदि स्वतन्त्र भयो भने भौगोलिक क्षेत्रफलको आधारमा पनि त्यो मधेश अन्य १०० वटा देशभन्दा ठूलो हुनेछ र क्षेत्रफल र जनसंख्याको आधारमा भन्ने हो भने झन् १५० देश भन्दा मधेश ठूलो हुनेछ, भनेपछि त मधेश मात्र कसरी सानो हुने भयो ? यो तथ्यलाई हामीले बुझ्नु आवश्यक छ ।
खमधेशमा आन्दोलन गर्न किन
आउनुभयो ?
–राजनीतिबाट कोही पनि टाढा हुन सक्दैन, त्यो जुनसुकै क्षेत्रको व्यक्ति हुन् र म अरु केहीभन्दा पनि पहिला म मधेशी हुँ । यहाँकै समाजमा हुर्कें, पढें, बढे र त्यो समाजको लागि केही गर्नु मेरो सामाजिक जिम्मेवारी हो र त्यो जिम्मेवारीको बोध गरेर म यसमा लागेको हँु ।
खअबको क्रममा आन्दोलनलाई
कसरी लैजानुहुन्छ ?
–आन्दोलन भन्दा पनि हामी पूर्ण रुपमा पहिला तयारी गर्न चाहन्छौं, तत्कालै कुनै ठूलो आन्दोलन गरिहाल्ने हाम्रो कुनै योजना छैन, किनभने त्यसको लागि पहिला तयारी हुन आवश्यक छ । आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न तयार रहेनौं भने त्यो आन्दोलनको उपलब्धि पनि गुम्ने खतरा हुन्छ त्यो हामीले मधेशका आन्दोलनको विगतबाट हेरिसकेका छौं । त्यही भएर अहिले हाम्रो मूल रुपमा आन्दोलनभन्दा पनि आन्दोलनको तयारीमा हामी लागेका छौं र त्यसमा हामी सशक्त भएर काम गरिरहेका छौं ।
खअहिले तपाईंलाई राज्यविप्लवको मुद्धा लागेको छ, भोलि यो ठहर भएर तपाईं जेल पनि जानुपर्ने हुन सक्छ, यस्तो अवस्थामा तपाईंको संगठन के गर्छ ?
–त्यो राज्यको काम हो, राज्यले आÏनो काम गर्दै गर्छ म आÏनो काम गर्दै गर्छु, त्यस क्रमममा तथाकथित राज्यले यदि मलाई फेरि समात्यो भने म के भन्न चाहन्छु भने कुनै पनि व्यक्ति संगठन भन्दा ठूलो हुँदैन र कुनै पनि संगठन कुनै व्यक्तिविशेष माथि नै निर्भर हुनुहुँदैन र त्यसमा हामी सचेत छौं । मलाई
गिरÏतार गरिए पनि यो संगठन
निरन्तर चलिरहोस्, यो अभियान
निरन्तर चलिरहोस् हामी त्यो आधारमा नै तयारी गरेर अगाडि बढिरहेका छौं ।
खमधेश केन्द्रित दल तथा नेताहरुलाई सत्ता र कुर्सी पाए मधेशका एजेण्डा भुल्ने आरोप लाग्दै आएका छन् तपाईं पनि त यस्तै होला नि ?
–यसमा अहिलेसम्म सबै भन्दा भिन्न कुरा के छ भने अहिलेसम्म जति पनि आन्दोलन भए मधेशी जनताले अरुका लागि गरे, कुनै पार्टीका लागि गरे कुनै संघ–संगठनका लागि गरे, कुनै व्यक्तिका लागि गरे तर अहिले जुन स्वराज आन्दोलन छ त्यो हरेकका लागि आÏनो आन्दोलन हो । यहाँ हरेकले आÏनो स्वतन्त्रता र आÏनो आजादीको लागि आन्दोलन गरिरहेका छन् । र पहिलाको आन्दोलनलाई उदाहरणको लागि भन्ने हो भने मानौं दश वटा सुनको सिक्कामध्ये ५ वटा सुनको सिक्का मेरो हो भन्नेको लागि थियो । र त्यो ५ वटा सुनको सिक्का पाएपछि त त्यसमा झगडा हुने नै भयो । तर हाम्रो आन्दोलन मानौं स्वच्छ हावा आउनु पर्छ है, किनभने आजादी, स्वतन्त्रता, स्वराज जुन हामीले ल्याउँछौं त्यो एक जना मानिसको मुठ्ठीमा बन्द हुने हैन, त्यो कुनै पार्टी विशेषले मात्र पाउने पनि हैन, त्यो कुनै वर्ग विशेषले पाउने कुरा पनि हैन । स्वतन्त्रता आयो भने मधेशका पूरै जनता स्वतन्त्र हुनेछन्, त्यसमा कुनै कसैले यो मेरो मात्र हो, भागबण्डा गर्ने फुट ल्याउने कुरा हुँदैन, कुनै नेताले मात्र पाउने कुरा पनि हुँदैन, यो मधेशी जनताको आÏनै आन्दोलन हो र यो पहिलो पटक
भैरहेको हो ।
खतपाईंको आन्दोलनमा मधेशी नेता वा पार्टी जोडिन खोजे भने के गर्ने ?
–हामीकहाँ अहिलेसम्म त्यस्तो प्रस्ताव आएको छैन, तर हाम्रो आधारभूत मान्यताहरु स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र अहिंसात्मक मार्ग यो तीन वटा मान्यतालाई मान्ने कुनै मधेशी नेता मात्रै हैन जोसुकै पनि यस आन्दोलनसित जोडिन सक्छ ।
खअन्त्यमा अरु केही छ कि ?
–म मधेशी जनतालाई के भन्न चाहन्छु भने तपाईंहरुले मधेशी जनताले सबैभन्दा पहिला आÏनो इतिहासका बारेमा बुझ्ने कोशिश गर्नुस्, अहिलेसम्म गरेका आन्दोलन र अहिलेसम्म दिएको बलिदानीहरुलाई एक पटक समीक्षा गर्नुहोस्, कि अहिलेसम्म हामीले कति बलिदानी दियौं र अहिलेसम्म हामीले के पायौं र यस माथि पनि विचार गर्नुहोस् कि स्वराज आन्दोलनले मधेशलाई स्वतन्त्रता दिलाउन सक्छ कि सक्दैन, हाम्रो वास्तविक माग पूरा गराउन सक्छ कि सक्दैन, हामीलाई मुक्ति दिलाउन सक्छ कि सक्दैन कृपया एक पटक विचार गरिदिनुस् । जनताले विचार गर्नुभयो भने म विश्वस्त छु कि उहाँहरु स्वराज आन्दोलनमा अग्रसर भएर लाग्नुहुन्छ ।
त्र

तपाईको प्रतिक्रिया