घण्टाघरबाट हेर्दा

पार्टी फुटिसक्यो रे
पर्धानमन्तरी खप्रओले अस्तिका दिन भन्या नेकपा फुटीसक्यो अब औपचारिक घोषना हुन मात्र बाँकी छ रे । क्या वात † चाँडै घोषना गदिए दुवै पक्षे आ–आफनो साइट लाग्थे । नेकपा फुटेपनि, जुटेपनि जन्तालाई लुतो न कन्याई । जुट्दा केचाहिँ पा’थेर ? अनि फुट्दाचाहिँ के पाउँछन् र ? कागलाई बेल पाक्यो हर्ष न विस्मात । झापा हत्या काण्डमा प्रक्राउ परी जेल बसेको कुरा भँजाएर नेता पल्टिएका खप्रओले माउवादसिँग ह्याकुलामा ह्याकुला जोड्दा कम्ता उफ्रिएका थेनन् । अब कम्नीष्टलाई नेपालाँ कसैले लडाउन हराउन सक्दैन भनेर अरुलाई उखान टुक्का सुनाएर सत्तामा कतिञ्जेल टिकिएला भन्ने पनि खप्रओले कस्तो नसोचेका हँ ? जंगली र घरेलुको मिलन हुनै सक्दैन भन्ने अलिकता पनि कस्तो हेक्का नभएको हौ ? ६ महिना आफैसँग माने उही जात भाइसँग झगडा गर्ने अनि ६ महिना किड्नी फेरेर आराम गर्ने खप्रओको पद छाड्नु पर्ला भन्ने पीडाले पार्टी नै फुटाउने महान कार्यमा लागे । ओली बा’को भिजनलाई त मान्नै पर्छ वा †
कस्को ताकत छ ?
हाम्रा गामघतिर बूढापाकाहरु भन्थे लगौटीमा गुम्सिएर बसेको जुम्रो थाप्लामा पुग्यो भने बढी सक्सकाउँछ । बढाहरुले कुरो त सोह«ैआना ठीक भन्या रै’छन् । यतिबेला जुम्राको उखान उडुवा मन्तरी योगेश भट्टराईमा हुँबहुँ लागू भा’छ ।
रविन्द्र अधिकारीको अपुतालीमा उडुवा मन्तरी भा’का भट्टराईले अस्तिका दिन भन्या कसैको ताकछ छ भने सरकार ढालेर देखाउ । घरमा बसेर उफ्रेर सरकार ज्यान गए पनि ढल्दैन रे । स्याललाई काल आयो भने जंगल छाडेर सहर पस्छ भन्थे ्हो कि क्या हो ? यतिबेलासम्म घरैमा बसेर उफ्रनेहरु सडकमा निस्किए भने सरकार कहाँ जुठे कहाँ जुठेकी आमा हुन्छ भने कुराको तिन्लाई हेक्कै रै’नछ । हिजो कस्ता कस्ता मै हुँ भन्नेहरुलाई जन्ताले सडकमा ल्याइदिए । जाबो रोग्याहा सरकारलाई सडकमा ल्याउन के वात भयो र ? यही सत्ताको आडमा अक्सोपसले चारैतिरबाट खाना बटुले झै ह्वार्रह्वार्ती माल सोहोर्न पाएका छन्, श्रीमति, सालासालीलाई ठाममा पु¥याएका छन् । जन्ता ससडकमा आएपछि चाल पाउलाउ । अहिले थुतुनोचाहिँ बजार्दै गर न ।
जंगल जाने रे
यस पटक जंगली काका आच्या प्रचण्डाउको खप्रओले साह«ै चित्त दुखाएछन् । जंगली काकाको चित्त दुख्नु पनि स्वभाविकै हो । गतिला गतिला ओहादा खप्रओ अरुलाई छुनै दिँदैनन पर्धानमन्तरी पनि तिनैलाई चाहियो, पार्र्टी अध्येक्षे पनि तिनैलाई चहियो । आफ्ना मान्छेलाइ मात्र मन्त्री, राजदूत बनाउनपर्ने । अनि प्रचण्डाउको मात्र होइन चित्तै नभएकाको पनि चित्त दुख्नु स्वभाविक हो । प्रचण्डाउ त चित्त भा’का मान्छे पो हुन त थपने अध्येक्ष त होइनन् होला । खप्रओसँग जतिखेप वार्ता गरे नि कुनै गतिलो पद नछाड्ने र नदिने देखेसी प्रचण्डाउले बरु जंगल जान्छु तर वाल्वाटार गएर वार्ता गर्दै नगर्ने घोषना ग¥या छन् । पहिला नि जंगलबाटै निस्केर आ’थे । फेरि जंगल पसे भने के अचम्म मान्नु ? जस्को वासस्थान जता हो त्यता त लग्नै प¥यो । जंगलमा बस्नेले सहरका महलमा बसेर गुजारा चल्ने कुरा पनि भएन ।
कित्ताकाट क्लियर
घरेलु मन्तरी रामबहादुर मगरले आफ्नो कित्ताकाट क्लियर गरेछन् । प्रचण्डाउले ख्वाई, प्याई, हुकाएको र मन्तरी समेत बनाएका मगर जता मल्खु उतै ढल्कु भएछन् । माने पचण्डाउलाई छाडेर ओलितिर लम्पसार परेछन् । पहिलादेखि नै मगरलाई बिना पिँधको लोहोटा भनिन्थ्यो । यस भन्दा अघि पनि प्रचण्डाउलाई छाडेर वैधवातिर गा’कै हुन् । अहिले त गाँठे घरेलु मन्तरी पड्काउन पा’छन् । घरेलु मन्तरी भन्या घरेलु मन्नतरी हो । प्रचण्डाउको पछि लागेर नांंगो बुँगो हुन को चाहन्छ ? त्यसमाथि चतुर मगर । कुनै गतिलो भवितव्य परेन भने दुई बर्ष अझै घरेलु मन्तरी पड्काउन पाइने निश्चित छ । अनि ओली बा’तिर लम्पसार नपरेर भयो । राजनीति भन्या राजनीति नै हो । ताकपरे तिवारी नत्र गोतामे । गोजी खाली र सन्यासी हुन कसैले राजनीति गर्ने हो र । बुद्धि पु¥याए छौ मगर बा कित्ता क्लियर गरेकोमा ।
बाउराम कामीको आपत्ति
सरकारले अब नेपाललाई संघीय गणतन्त्र नेपाल भन्न पाइन्न, नेपाल मात्र भन्नु पर्छ भनेर अस्तिका दिन निर्णय गरेछ । सरकारको नियममा बाउराम कामीले घोर आपत्ति जनाएछन् । किन आपत्ति जनाएका होलान् ? बाउराम कामीको कामै यस्तै हो । कहिले धर्म मास्नु पर्छ भनेर उफ्रन्छन्, कहिले सबैले कामी थर लेखौ भन्छन । हैन यिन्का बृद्धिमा विर्को लाग्या हो कि कीरा परेको हो हँ ? एक पटक प्रचण्डाउको निगहाले पर्धानमन्तरी सम्म पड्काएका बाउराम पनि उही कमाउनिस्ट त हुन् । सबैतिरका द्वार बन्द भएपछि उपिन्द्र जादवको टंगणीमा घुर्सन पुगेका बाउरामको त्यो के जाति हँ डिग्रीमाथि नै आशंका उत्पन्न भा’छ । विचारा पानी माथिको माछो झै भा’छन् । आफ्नै घर फर्किउ भने कुन मुखले जाने ? अन्त जाँदा पनि हविगत माथि उठ्न सक्या छैन । बाउराम कामी भन्या हिंग नभए पनि हिंग बाध्येको टालोचाहिँ हुन है ।
महारानीको हस्या·फस्या·
यतिबेला शितल निवासे महारानीको हस्याङ्ग फस्याङ्ग बढेको छ । किन नबढोस् त ? जस्ले शितल निवासमा विठायो उसैलाई पापिष्टहरुले लघार्न खोजेपछि । हस्याङ्ग फस्याङ्ग मात्र होइन चिन्ता पनि बढ्या होला । भन्नु पो भएन त गाँठे । अब हेरम न वाल्वाटर र खुमलटारको पौठे जोर चलेसी शितल निवासे
महारानीले पालैपालो कमाउनिस्ट नेताहरुलाई बोलाएर विवाद समाधानको पहल गर्न अ्रहाइछन् । बर्दियाबाट लगौटी समेत खुस्नके गरी हारेका माने हराइएका बाउदेउ गौतम,
घरेलु मन्तरी मगर बा’लगायतलाई बोलाएर वाल्वाटार र खुमलटारलाई जोड्नुप¥यो भनिछन् । बोलाएसी भेट्न पुग्नेहरु फर्कदा ट्वाँ परेर फर्कन थाल्या छन् रे । महारानीलाई वाल्टारे मुखियाको किन त्यत्रो चिन्ता भन्दै गम खाना थाल्या छन् रे । हुन त शितल निवासमा बसेर महारानीले त्यस्तो निर्देशन अहिले मात्र द्या होइन । जब जब संकट आउँछ तव तव शितल निवासकी महारानीको हस्याङ्ग फस्याङ्ग बढ्छ रे । कुरो क्या हो कुन्नि ?
जाली र महाजाली
नेकपामा यतिबेला गाली गलौजको बर्षा भइरहेको छ । दुई अधयेक्षे भएको नेकपाका खप्रओ र प्रचण्डाउ यतिबेला एक अर्कालाई कस्ता कस्ता गाली गर्ने भनेर रिहर्सल गरिरा’छन् । अस्तिका दिन त उनीहरुले मञ्चमै ओर्लेर गाली हानाहान गरे । पहिला खप्रओले थुतुनो खेले्छन् प्रचण्डाउ तिमी जाली हौ । त्यसपछि प्रचण्डाउले उपमा थपरे जवाफ फर्काएछन् खप्रओ तिमी महाजाली हो, पापी हौ, अधर्मी हौ, नैकिता गुमाएका बेकामे हौ । कार्जेकर्ता दुई अध्येक्षेको जाली महालीको अभिनय देखेर ट्वाँ परेछन् भने जन्ताहरुले मजा मारेर ताली पिटेछन् । पहिलो पटक दुई तिहाइ वहुमत सहित सत्ताको स्वाद खान पुगेका लोभी पापीहरुको नाटक यतिबेला नेपाल थेटरमा यो दशकै हिट भएको छ । जुट्न पनि नसक्ने फुट्न पनि नसक्ने हुतीहाराहरु जाली र महाजालीको भजन गाउनमा व्यस्त छन् । कम्ता रमाइलो छैन ।
अन्तेमा
विरालोले मुसो ढुकेझै यतिबेला लांग्रेसका काम चलाउ सभापति स्यालबहादुर देउवा खुमलटार र वाल्वाटारतिर आँखा दौडाएर बस्या छन् । साँढेको साजकानी झर्ला र खाउँला भनेझै भुस्याहा कुकर पछि पछि लागेझै स्यालबहादुर जिब्रोे
फट्कारेर बस्या छन् । माने नेकपा फुटेमा पर्धानमन्तरीका लागि खेतिपाती गरुम्ला भनेर दुई वटा नफुटी यो जुनीमा पालै साह«ै आउला जस्तो छैन । आफ्नो पार्टीमा आगोको अगुल्टो झोसेर अको कहिले फुट्ला भनेर बस्ने स्यालबहादुरको मनोकांँक्षा पूरा होला कि नहोला ? त कुटेजस्तो गर म रुहे जस्तो गर्छु भनेर खप्रओ र प्रचण्डाउ फेरि ट्याप्प भए भने स्यालबहादुरले कसरी सहन गर्लान् ?

तपाईको प्रतिक्रिया