पशुपतिनाथको मन्दिरमा थरिथरिका बाबा

राजधानी/ शिवरात्रीमा पशुपति आउने साधुबाबा हेर्दा उस्तै लागेपनि त्यहाँ पनि थरीथरीका दर्जा हुन्छन् । उनीहरुको दर्जा सरकारले नै छुट्याईदिन्छ । सबैभन्दा बढी आकर्षणको केन्द्रबिन्दु रहने नागाबाबा उच्चकोटीका साधुमा पर्छन् । दर्जा अनुसार पैसा र अरु व्यवस्था गरिन्छ । नागाबाबा मात्र मन्दिर छेउ बस्न पाउँछन् ।
पशुपति मूल मन्दिर नजिकैको अन्नपूर्ण अखडा भण्डारका बाबा पशुपतिले साधुसन्तको वर्गीकरण र दक्षिण तोक्ने गर्छन् । नागाबाबालाई गुठीको तर्फबाट प्रतिव्यक्ति एकहजार एकसय ५१ र कोषले यसको आधा रकम तथा उपहार दिने गरिन्छ ।
त्यसपछि दर्जा अनुसार ७ सय ५१, ५ सय ५१, ३ सय ५१, २ सय ५१ र १ सय ५१ रुपैंया प्रतिव्यक्ति वितरण गरिन्छ । पशुपति क्षेत्र विकास कोषले पनि यसैगरी आÏनो तर्फबाट भेटी, दान तथा उपहार वितरण गर्ने गर्छ ।
साधुबाबाको वर्गीकरण गर्दा सम्प्रदाय र क्षमतालाई आधार बनाईन्छ । नागा, उदासी, दशनामी, अधोरी, नाथ सम्प्रदायकालाई नगद दक्षिणा, रुद्राक्ष, चमर, बख्खु, चाँदर, घण्टी र लोटा दिने गरिन्छ । पहिले थापाथलीको कालमोचन घाटबाट साधुबाबाको बिदाई हुने
गरेकोमा केही वर्षदेखि भने पशुपतिबाट बिदाई गर्ने गरिएको छ ।
पहिले राजाको पालामा साधुबाबाहरुलाई बाघको छाला अर्थात बागम्बर र चितुवाको छाला अर्थात चिदम्बर दिने गरिन्थ्यो । तर अहिले उनीहरुले यो पाउँदैनन् ।

तपाईको प्रतिक्रिया