गोरखा डिपार्टमेन्ट स्टोरको चहल पहल गितमा झै ह्वात्तै बढ्यो शारीरिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउदै स्थानीय मात्र नभई बाहिरी उपभोक्ताहरु समेत आउन थाले

इटहरी÷विश्व व्यापी कोरोना भाइरसको सक्रमणले निम्त्याएको झण्डै पाँच महिनाको लकडाउनबाट बन्द हुन पुगेको गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण सेवाहरु सञ्चालनमा आएसँगै ग्राहकहरुको चहलपहल विगतमा झै ह्वात्तै बढेको छ ।
चाडपर्वलाई लक्षित गरी नेपाल
सरकारले भदौदेखि लकाउन हँटाएसँगै लामो तथा छोटो दूरीका यातायात साधनहरु समेत सञ्चालनमा आएपछि यतिबेला स्थानीय मात्र नभएर दूरदराजका ग्राहकहरु समेत शारीरिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउदै आउन थालेपछि गोरखा डिपार्टमेन्ट स्टोरमा चहल पहल बढेको हो । लकडाउन खुल्दाको प्रारम्भिक दिनहरुमा स्थाीय ग्राहकहरु मात्र आउने गरेकोमा हाल दूरदराजका ग्राहकहरु समेत आउन थालेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो ।

ग्राहकहरु डिपार्टमेन्ट स्टोरमा प्रवेश गर्नासाथ गोरखा सेक्युरिटीले सेनिटाइजर गर्ने गरेकोले सुरक्षाको मापदण्डप्रति गोरखा डिपार्टमेन्ट स्टोर बढी सजग रहेको पनि म्यानेजर गौतमले बताउनुभयो । सुरुवाती दिनमा ग्राहकहरुको बढी चहलपहल ग्रोसरी आइटममा देखिएको थियो तर विस्तारै इलेक्ट्रोनिक्स, लत्ता कपडा, स्वदेशी तथा विदेशी ब्राण्डका जुत्ता चप्पल, जन्मेदेखी १५ बर्षसम्मका नानीहरुको लत्ता कपडा, गिÏट आइटम, गोरखा बेकरी आदि तर्फ पनि ध्यान केन्द्रित हुन थालेको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नहुन्छ किचेन र गोरखा होटल समेत सञ्चालनमा आएको छ तर विगतको जस्तो उत्साह भने अझै आएको छैन । निर्देशक आचार्य भन्नुहुन्छ लकडाउन भन्दा अगाडिको अवस्थामा फर्कन धेरै समय लाग्छ । बाहिरबाट भनेजस्तो वा ग्राहकले माग गरेजस्तो सामान ल्याउन सहज छैन । स्टोकमा भएका सामानहबाटै काम चलाउँदैछौं । चीन, भारत, सिंगापुर, थाइल्याण्ड, मलेसियाबाट विगतमा जसरी कन्टेनरमा सामान आयात गरिन्थ्यो त्यसरी अहिले असहज अवस्थाकै कारण आउन सकेको छैन ।
निर्देशक आचार्य भन्नुहुन्छ लकडाउन भन्दा अगाडि डिलरहरुले मेरो सामान राखिदे भनेर एक दुई महिनापछि पेमेन्ट लिने गरी सामान छोडेर जान्थे अहिले त्यो अवस्था छैन । उनीहरु पहिला क्यास त्यसपछि सामान पठाउँछन् यसले केही असहजता थपको छ । सरकारको रवैया पनि ठीक देखिएन । लकाउनको अवधिमा बैंक व्याज लगायतका कुरामा व्यवसायीलाई कुनै सुविधाका उपलब्ध गराइएन । जसका कारण व्यवसायीहरु ठूलो मारमा परेका छन् । व्यवसायले विस्तारै रÏतार लिँदै छ यद्यपि विगतका अवस्थामा पुग्न निक्कै समय लाग्छ आचार्यले सुनाउनु भयो ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै

गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
गोरखा किचनको आकर्ष
गोरखा डिपार्टमेन्ट स्टोरको किचन ग्राहकहरुका लागि आकर्षक स्थल गोरखा डिपार्टमेन्ट स्टोरको किचन
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखामा सुविधा सम्पन्न र आकर्षक किचन प्रारम्भ देखि नै सञ्चालनमा ल्याएको छ ।
गोरखाका पाँचवटै शाखामा स्वादिष्ट थकाली खाना, नेपाली थाली, साधारण खानासँगै दर्जन भन्दा बढी प्रकारका स्वादिस्ट तथा अन्य भेराइटीहरु उपलब्ध छन् । धरानस्थित किचनका इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ प्रारम्भको दिनको तुलनामा यतिबेला किचन असाध्यै राम्रो चलेको छ । दैनिक सरदर ६० वटा थकाली खाना, ५० भन्दा बढी नेपाली थाली र ४ सय भन्दा बढी नर्मल खाना गइरहेको छ । यसका अलावा विहान ८ बजेदेखि चाउमिन, मम, मिल्क कफी, ब्लाक कफी, मिल्क टी, ब्लाक टी, तन्दुरी रोटीहरु, गोरखा बेकरीहरु लगायतका आइटम ग्राहकहरुको रुचिमा परेका छन् ।
आरामदायी बसाई, अत्यन्तै सफा, खाना तथा नास्तासँगै गोरखाको आÏनै उत्पादन पिउने एक बोेतल निःशुल्क पानी, मनमोहक दृश्यावलोकन आदिले गर्दा पनि गोरखा किचनमा उपभोक्ताहरुको आकर्षण बढेको इन्चार्ज खड्काको अनुभव छ । यसका अलावा हरेक दिन गोरखा किचनमा स्पेशल आइटमहरु हुने गर्छन् । नास्तामा फापरको रोटी, कोरियन निउडेल्स, चाइजिन ट्रम्स अफ हेवन्स आदि चेन्ज भइरहने आइटमहरुले ग्राहकहरुलाई थप लोभ्याएको छ ।
स्वदेशी तथा विदेशी व्राण्डका जुत्ता चप्पल ग्राहकको रोजाइमा

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान, भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।
बेवि आइटममा अभिभावकस“गै बालबच्चा
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउँछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्तै हलुका कपडा छान्नेहरु तँछाडमछाड गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हे¥यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसँगै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिँड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाँस्दै थिइन् ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन्, इलेक्ट्रोनिक्स सामानमा पूर्वाञ्चलमा नै चर्चामा आएको गोरखाले पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा लञ्च भएको मोवाइलहरु समेत विक्री वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया