यसपटकको दशैमा शक्तिपीठमा समेत सुनसान

धरान÷देशकै चार शक्तिपीठमध्ये धरान १४ विजयपुरमा रहेको दन्तकाली शक्तिपीठ नवरात्री अर्थात नौरथामा समेत यो बर्ष सुनशान रहयो ।
विगतका बर्षहरुमा नेपालबाट मात्र हैन भारतबाट समेत शक्तिपीठको महिमा सुनेर आउने गरे पनि यो बर्ष कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीमा मन्दिर व्यवस्थापन समिति र स्थानीय
सरकारले मन्दिरमा भक्तजनहरुलाई पूजाआजा गर्न रोक लगाएपछि प्रदेश नं. १ कै शक्तिपीठको रुपमा रहेको दन्तकाली सुनसान रहेको थियो ।
विगतका बर्षहरुमा घटस्थापनादेखि नवमीसम्म दन्तकाली पीठमा पूजा गर्नेको भीड थामिनसक्नु हुने गर्दथ्यो । यस बर्ष भने सर्वसाधारणलाई मन्दिरमा पूजा गर्न रोक लगाइएका कारण नित्य पूजाबाहेक अन्य पूजा नभएकै कारण भक्तजनहरु नआएको पूजारी कमल भट्टराई बताउछन् ।
नौरथा शुरु हुने वितिकै विजयुरको रौनकता नै बेग्लै हुन्थ्यो । विहान १ बजेदेखि नै दन्तकाली मन्दिरमा भीड लाग्ने गथ्र्यो । यस बर्ष भने बाहिरबाट त परै जाओस् धरानका स्थानीयहरु समेत कोभिडका कारण नआउदा सुनशान रहेको स्थानीय
राजेन्द्र भण्डारी बताउनुहुन्छ ।
प्रत्येक बर्ष नौरथाको समयमा दन्तकाली मन्दिरको विशेष महत्व भएकौ कारण भीड बढ्ने सम्भावनालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरी मन्दिर बन्द गरेको जानकारी गराइएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद
भट्टराईले बताउनुभयो । विशेष गरी दन्तकालीमा फूलपाती भित्र्याएपछि मात्र दशै आएको भान हुने धरानमा यस बर्ष तामझाम, बाजागाजाका साथ फूलपाति नभित्रयाइएको खाली औपचारिकता निभाउने काम गरिएको उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया