सरसफाइ कर्मचारीका लागि गमबुट र ग्लोब हस्तान्तरण

धरान÷भारतीय राजदूताबास, पेन्सन वितरण कार्यालय धरानले धरान उपमहानगरपालिकाका सरसफाई कर्मचारीहरुका लागि ६८ जोर गमबुट र ग्लोब (पञ्जा) उपलब्ध गराइएको छ ।
पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले आज ती सामाग्रीहरु धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई एक समारोह बीच हस्तान्तरण गर्नुभयो । वर्तमान असहज परिस्थिति तथा कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न उपलब्ध सामाग्रीले केही हदसम्म सघाउ पुगोस भन्ने हेतुले विजयादशमीको शुभकामना सहित सामाग्री उपलब्ध गराएको मे. सिंहले बताउनुभयो ।


उपलब्ध गराइएका सामाग्री ग्रहण गर्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले वर्तमान असहज अवस्थामा सरसफाइको काममा निरन्तर खटिनु हुने सफाइ कर्मचारीहरुले सामाजिक दूरी समेत कायम राखी काम गर्दैै आएकोमा प्रशंसा गर्नुभयो । जोखिम न्यूनिकरण गर्न जसरी काम गर्दैै आउनु भएको छ त्यसको सबैले प्रशंसा गरेको धारणा व्यक्त गर्दै स्वच्छ र सफा धरान अभियानमा बुट र ग्लोब उपलब्ध गराइदिएकोमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर अभिषेक सिंहलाई प्रमुख राईले धन्यवाद समेत दिनुभएको थियो । सो अवसरमा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, कार्यकारी अधिकृत, प्रशासकीय अधिकृत गणेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया