घण्टाघरबाट हेर्दा

क्या वात खप्रओ
डा. गोविन्द केसीले हाम्रा पर्धानमन्तरी खपओलाई गरिखानै नदिने भए । यो देशका गरिब, तन्नम, लगौटीमा जुम्रा परुन्ज्याल लगाउने, टोपीका घेरा फाटुन्ज्यालसम्म भिर्ने, सुत्केकी हुादा उपचार नपाएर मनेर्ने एउटा सिटामोल सम्म किन्न ल्याकत नभएका, घिनलाग्दा अनुहार भएका, महिनौ सम्म ननुहाएका, एक छाक भात अघाउन्जेल खान नपाएका, ठँसठस्ती गन्नहाउनेहरुले भ्रष्टचार पाउनपर्छ, तिनका छोरा छोरीले मेडिकल शिक्षापड्न पाउनुपर्छ, मेडिकल माफियार भ्रष्टलार्य कार्वाह िहुनुपर्छ भनेर लमतन्न परेर केसी अनसनमा बसेकोदेख्दा घण्टाघरको कन्सिरीका रौं त्यसै त्यसै तात्तिन थाल्या छन् । माग्दा पनि आफनो लागि माग्नु नि । भएभरका झतिमतेहरुका लािग किन माग्नु ? खपओ बाले कत्रा कता सपनादेख्याछन् । मेडिकल मापि,्mयाबाट करोडौ असुल्ने, आफ्ना सालासाली, भान्जाभान्जी निजी चिकित्सकहरु, हुक्के, बैठकेहरुका लागि सात पुस्ता सम्मको जोर जाम गरिदिने । खप्रओको सपना तुहाउन जहिल्यै मन लाग्यो तहिल्यै अनसन बसेर भाँजो त हाल्नु भएन नि गाँठे । हुन त डाक्टर केी बेकुवै रै’छन । आजसम्म त्यसमाथि पनि यो गगणतन्त्रे शासनमा अरुका लागि कसैले माग्छ ? खप्रओले ज्यान गए पनि केसीका माग पूरा गदैैनन् गरेपनि लागू गर्दैनन् । आखिरी यो देशमा जे छ त्यो कमिशनको खेलमा छ । जनताको पक्षमा बोल्ने अनसनमा छ । जनप्रतिनिधि चलखेलमा छ र कर्मचारी जालझेलमा छ । त्यसैले खपओ वा केसीका माग पूरा गर्नुै हुँदैन रगरेनि कार्यान्वयन चाहिँ झन गर्नै हुँदैन ।
मगन्ते रहित बनाएको छ रे
बेला बेलामा बाउराम कामी बर्बराउँछन । तन्ले बर्बाएको देख्दा हिजो आज उददेक लाग्न थाल्या छ अस्तिका दिन तिनले भन्यापचण्डाउ, खप्रओ, स्यालबहादुरले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग छ भनेर कुर्लेछन । हुन त कमाउन्सिटहरु सद्धे र साँचो कहिल्यै बोल्दैनन् । तर बाउराम कामी त कमाउनिस्ट छाडेर धोती भा’छने क्यारे आजकल । नौ अर्ब भ्रष्टाचार ग¥या भे’ माइतीघर मण्डलामा गएर उफ्रनु पर्दैन ? हुन त सत्ताबाट हँटेपछि सुक्को नभएर तिन्ले प्रचण्डाउ, खप्रओ र स्यालबहादुरसँग प्रमाण छ भन्दै थोरबहुत झार्न बार्गेनिङ्ग पो गर्न खोज्या हुन् कि ? कपटीहरुको के विश्वास ? नौ अर्ब डकारेको प्रमाणै भए पनि अहिले तिनलाई कस्ले अँठ्याउने ? अहिले उनेरका भगवान दाहिना छन् । मान अख्ख्तियार उनेरकै, आलत उनेरकै, प्रहरी प्रशासन उनेरकै । त्यसैले बाउराम कामी उफ्रनुको कुनै तुकै छैन । बरु थुतुनो जोगाएरै राखेको बेश । प्रमानै भए पनि तिन्लाई कसैले केही लछार्न सक्ने हैनन् क्यारे ’
दाशहरु सल्बलाउन थाले
यतिबेला यो मुलुकमा सभ्भ्रान्त दाशहरु सल्बलाउन थाल्या छन् । दाशहरुको सानो पहुँच छैन । जताततै यिन्कै हालीमुहाली छ । अब दशै नजिक आउँदै छ । दाशहरु नयाँ नयाँदौरा सुरुवाल सिलाउँदै छन् । उपहारको जोहो गर्दैछन् । दाशहरु कहिल्यै जस्तोसुकै अपराध गरेपनि सजायको भागिदार बन्दैनन् । कसैले निर्मला सिध्यामए, कसैले मेलम्ची, कसैले वाइडबढी सिध्याए, कसैले न्यारो वडी,कसैले ओम्नीसँग ाँठगाँठ गरे कसैले प्रचण्डाउका घरभेटी बनेर किसान रुवाए । अब दाशहरुदशैमा आफ्ना ख्वामी खुशी बनाउन दशैको टीका थाप्नशितल निवास र वाल्वाटारजाने तरखरमा छन् । तीन ठुम्का परेर घुँडा घसेर स्वा निधारमा टिकी ट्याँस गरेपछि यिन्लाई सात खत पनि माझी हुन्छ तयसैले दाशहरुको हाउभाउ बढ्दै गएको छ । विभूषण पनि यिनैले पाउछन्, राजनीतिक नियुक्ति पनि यिन्कै पोल्टामा । जाहाँदाश त्यहा वाल्वाटार र शितल निवासको मुस्कान ।
घरबाट निकाल्न निर्देश
एकजना मुन्तरीले प्रेरण राज्यलक्ष्मी देवी शाहाई घरबाट निकाल्न निर्देशन र्दिछन । यसभन्दा अगाडि करोडौ रुपैया भ्रष्टाचार गरेर खानेपानीको ट्यांकीमापैसा लुकाउन सफल भइ नव धनाढ्य भएका ती मुन्तरीको हिजो आज निक्कै फाइफुइ बढेको छ । औषधि खरिदमा यसपटक राम्रै आम्दानी गरेका ती मुन्तरीले आफ्ना सम्धीलाई भर्खरै गतिलै ठाँमा पु¥याएका छन् । अस्तिका दिन तिन्ले प्रेरणालाई घरबाट निकाल्न निर्देशन दिएर बडो गतिलो काम गरेका छन् । अप्रेरणा बस्या घर हातपार्नसके आरामसँग जीवनभरि लडीबुडी गरेर खान पाइने मनसुवा तिनले बनाएका छन् । यतिबबेलै हो सत्ता र शक्ति आफ्नै हातमा छ । भोलि के हो के हो ? कि कसो हौ मुन्री ज्यू ?
मौका पायो कि गर्छन्
नेपालीहरुले मौका पाए भने केचाहिँ गर्देनन् ? एक पटक पर्धानमन्तरी खपओले भन्याथे नेपालीले मैका पाए भने गर्छन् । उन्ले सत्य भन्या रै’छन् । अब हेरम न यतिबेला मुलुकमा कोरानाको कहर छ । मादल बजाएर कोरोना सबका घर घरमा प्रवेश गरिसकेको छ । साुनपानील्े हात धुने, थुतुनो र नाक छोप्न मास्क लगाउने, घरबाबाट बाहिर लखर लखर नडुल्न सरकारले सूचना ग¥या ग¥ै छ । तर सरकारको सूचनालाई कसैले माने पो ? माक्स चिउडोमार टाउकामा भिरेर स्टाइल
पारेर हिड्या छन्, हिड्या छन्, सावुनपानीले हात धकुने कुरा एकादेशको कथै भएको छ । घरमा बस्न छाडर लखर लखर हिड्या छन । अरुथोक जे भए नि नेपालीहरुको मास्कलगाउने स्टाइल देखेर विदेशीहरु पनिट्वा प¥या होलान् । थुतुनो र नाक छोप्नुपर्ने मास्कले चिउँडो र तालु छेपेपछि ट्वाँ नपर्ने कुरै भएन । आखिर नेपालीले पाउनुमात्रपछर्ए नगर्ने त कहाँ हुन् र ?
उडुवा मन्तरीलाई कोरोना
उडुवामन्त्री आच्या पर्यटन संस्कृति तथा नागरिक उड्यायान मन्तरी योगेशाउलाई कोरोनाले एट्याक दिएछ । गुुवा, हिडुवाहरुलार्य त नछोडेको कोरोनाले उडुवालाई छोड्ने कुरा पनिभएन । अरुलाई कोरोना मात्रदेख्ने योगेशाउ यतिबेला आफै डल्लो परेर बस्याछन । कसैसँग भेटघा गर्दैनन् रे, कसैसँग बोल्दैनन रे । तर घण्टाघरलाईचाहिँ पटक्कै विश्वास लाग्याछैन । गतिलो कमिशन आएमा ती के गर्लान् ? जाबो कोरोना सोरोना केही होइन भन्दै १२ हात उफ्रेर बाहिर आउँछन् । विदेशमा भएका, रोजगारीकालागि गएकाहरुलाई स्वदेश ल्याउने यिन्ले गतिलै व्यवस्था गरे भन्छन् । आखिरी उही खाइदेउ पार्टी माने कमाउनिस्ट न परे योगेशाउ । तर घण्टाघरले नबुझेको कुरा के भने यत्तिका नेपालीलर्य कोरोनाले अँठ्यएको छ, कैयौल ज्यान गुमाइसकेको कुरा
आइरा’छ, कैयौ इन्तु न चिन्तुको अवस्थामा छन् । तर चर्चाचाहिँ खाली उडुवा मन्तरीको मात्र किन भा’ होला ? हुन त संसरमा सज्ज्नको भन्दा बेइमानको बढी चर्चा हुने गर्छ कि कसो हौ ?
कस्तो हतारो ग¥या
कोरोनाको त्रासले यतिबेला सबैका नाकमुख सुकेको बेला राजनीतिका ठेकेदारहरु भने अर्को दलको कार्यकर्ता चोरेर आफ्नोमा हुल्ने धन्दमा लागेका छन् । आज कार्जैकर्ताले फानो पार्टिछोड्यो र े फलानो पाटर्थीमा प्रवेश ग¥यो भन्ने समाचरा बडो जोडतोडले आउन थाल्या छ । भेला, सेमिनार, वैठक गर्न समेत हुँदेन भनेर अझै फलक्ने अनि अर्को पार्टिका कार्जकर्तालाई खोरमा बाख्रा हुलेझै ग्वार्रग्वार्ती हुँलाचाहिँ हुने रै’छ । फेरि तिनै अनुहार आज एउटाकोमा रातो टीका लगाएर र्छिन् भोलि फेरि अर्कोमा छिरेर टीका थाप्छन् नेताहरु छाडा भएजस्तै कार्जेकर्ता पनि छाडा भएछन्कि क्या हो ? हुन त विचाराहरुलई शाखाले दौडिएका होलान् । यताबाट पो झर्छ कि भन्यो गुरुरुरुरु दौडियो उताबाट झर्छ कि भन्यो गूुरुरुरुरु दौडियो । विचाराहरुलाई साह«ै हतारो छ ।
अन्तेमा
नेपालका गान्धी डा. गोविन्द केसीको अनसन २८ दिनमा यसपटकलाई सिद्धिएको छ । विचारासँग सरकारले साह«ै खेलवार्ड गर्दे अएको छ । १९ औ पटक अनसन गरे । हरेक पटिक सरकारले उनका माग पूरा गर्ने प्रतिबद्धता गर्छ र सहमति गतर्छ । तर हालसम्म केही खालो सारेको छैन । केसीसँग सहमति गर्छ तर सरकार भने मेडिकल माmियाको पक्षेमा काम गर्छ । ठीकै पनि हो जताबाट फाइदा हन्छ त्यतै लाग्ने त हो । केसीसँग सहमति पो त । कार्यान्व्यन गर्ने भनेर सहमतिमा लेखिन्न क्यारे । चरकारर चलाएकै माफियाले छन् । केसीले चलाएको भए पो केसीका कुरा मान्नु । सरकारलाई थाहा छ एएटा जोगी, फकिर, सन्याससीको पछि लागेर आफ्नालागि कहिल्यै फाइदा हुँदैन । सबै बलेकै आगो ताप्ने त हुन नि † अब अर्को माने २० औीं अनसनको तयारी केसीले गर्दा हुन्छ । विचाराको जीवन नै अनसन गरेरै सिद्धिने भयो ।

तपाईको प्रतिक्रिया