धरान÷ कोरोना सक्रमित विरामीको संख्या दिनप्रतिदिन भयावह बन्दै जादा अन्य विरामीहरुले उपचार नपाएर अझ ठूलो समस्या भोग्नुपरेको छ ।
अझ विरामीको उपचारमा तल्लिन रहने चिकित्सक, नर्सहरु नै धमाधम कोरोना संक्रमित हुन थालेपछि अन्य जटिल प्रकृतिका विरामीको उपचारमा समसया थपिदै गएको हो ।
वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भएपछि अहिले मृगौला विरामीहरु समस्याम परेका छन् । विगतमा एक जना विरामीलाई हप्तामा दुईपटक डाइलासिस गर्ने गरिएको भए पनि प्रतिष्ठानका चिकित्सक, नर्स तथा उपचारमा खटिने सबै धमाधम कोरोना सक्रमणबाट अछुतो नभएपनि प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा एक पटक मात्र डाइलासिस गर्न थालेको हो ।
विगत आठ बर्षदेखि प्रतिष्ठानमै डाइलासिस गराउदै आउनु भएका कन्काइ नगरपालिका–७ झापाका मानबहादुर बज्गाईले प्रतिष्ठानले हप्तामा एक पटक मृगौला विरामीको डाइलासिस गराउदा विरामीलाई समस्या मात्र हैन विरामीको ज्यान समेत जान सक्ने खतरा बढेर गएको बताउनुभयो ।
मृगौला पीडित सरोकार समाजका अध्यक्ष समेत रहनु भएका बज्गाईले सरकारले निःशुल्क दिने औषधि समेत आफैले खरिद गरेर ल्याउनुपर्ने त छदैछ त्यसमाथि पनि हप्तामा दुईपटक हुने डाइलासिस एक पटक हुदा मृगौला विरामीहरु जोखिममा पर्ने बताउनुभयो ।
डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरामी स्वयम् विरोध उत्रिएका छन् ।
मृगौलाका विरामी तथा आफन्तजनहरुले विगतमा जस्तै हप्तामा २ पटक डाइलाइसिस गराउन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले यही विषयमा अस्पताल प्रशासनमा गएर पटक पटक माग समेत राखिसकेका छन् । उनीहरुले प्रशासनले भने चित्तबुझ्दो जवाफ नदिई पन्छिन खोजेको आरोप लगाएका छन् । निःशुल्क पाउनुपर्ने औषधी पनि वीपी प्रतिष्ठानको मेडिकल स्टोरमा सकिएर विरामीले बाहिर खरिद गर्नुपरेको तर अहिलेसम्म प्रतिष्ठानबाट पैसा फिर्ता उनीहरुले गुनासो गरे । मेनपावर कम भएपनि अस्पतालले गम्भीर प्रकृतिका विरामीका लागि व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई छ विरामीका अभिभावक धरानका उत्तम राईले अस्पताल प्रशासनले जनशक्ति कम भएकोले हप्तामा एक पटक डाइलासिस गर्नुपरेको जवाफ दिएको बताउनुभयो । अस्पतालको लापारर्बाहीका कारण अब मृगौला विरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
अस्पताल प्रशासनले भने डाइलाइसिस युनिटमा खटिएका आधा दर्जन नर्सहरुलाई कोरोना संक्रमण भएकोले यो समस्या आएको जनाएको छ । डाइलाइसिसमा १९ जना नर्सहरु खटिएकोमा ६ जनालाई संक्रमण भएको र ४ जना कोभिड अस्पतालमा खटिएकोले जनशक्ति पर्याप्त नभएको सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले बताउनुभयो । अस्पतालमा उपचारमा संलग्न चिकित्सक तथा नर्सहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि यसको प्रत्यक्ष असर अन्य विरामीका परेको हो ।
