घण्टाघरबाट हेर्दा

वित्थामा के ल्याङ ल्याङ ग¥या
उत्तरी छिमेकी चीनले हुम्लामा नेपाली भूमि मिचेर टन्नै घरहरु बनाउँदा पनि खप्रओको सरकार चुइक्क बोलेन भनेर गाइचाहरुले सामाजिक सञ्जालमा उत्पात मच्चाएको देख्दा घण्टाघरको कन्सिरी तातिएर आएको छ । हुने खाने गफ पो गर्नुपर्छ त हुँदा खाने गफ गरेर पनि उँभो लागिन्छ त ? संखुवासभा, दार्चुला, बझाङ्ग हुम्लामा यसो चाइनिजहरुले खोस्रेको मात्र होलान । त्यसैलाई त्यत्रो पहाड त बनाउनु भएन नि † फेरि हाम्रा पर्धानमन्तरी बेजोडका राष्ट्रवादी हुनुहुन्छ भन्ने कुरा गाइचाहरुले किन बिर्सेका होलान ? कालापानी, लिम्पियाधुरा, लिपुलेक संसदबाटै नक्सा पास गरेर देखाइदिने पर्धान मन्तरीले जाबो १, २ किमी मिचेर बनाएका घरहरुका बारेमा केही त गर्छन् गर्छन् । चाइनिजले बनाएका घरहरु समेत समेटेर पर्धानमन्तरीले ड्याङ्गै नक्सा निकाल्देसी गाइचाहरु उत्तानो पर्छन् । पर्धानमन्तरीले निकालेको नक्सा राष्ट्रपतिले प्रमाणित गर्दिहाल्छिन् । सांसदहरुले ताली पड्काइ हाल्छन् आखिरी संसदको कामै ताली पिटेर भत्ता हजम गर्नु त हो । कि कसो हौ ?
एसिडेहरु थर्कमान
अर्काको सुन्दर अनुहारबाट डाहा लागेर कुरुप बनाउदै हिड्ने एसिडेहरुका अब दिन सिद्धिए जस्तो छ । सुन्दर अनुहार विगार्नेहरुलाई पाता कस्ने कानून सरकारले ल्याएको छ । कानून पनि कम्ता कडा छैन । अरुलाई एसडि छ्याप्नेलाई मृत्यु दण्डसम्म दिने कानून आउनु चानचुने कुरा होइन । यस प्रकारको कानून अघिल्ला सरकारहरुले ल्याउन आँटै गरेनन् । सुन्दर अनुहार भएकाहरुलाई एसिडले च्यास्स छोएमात्र १० बर्ष कैद, झ्याम्मै अनुहारमा हाने १० लाख
जरिवाना र २० बर्ष कैद हुने कानून लत्तरो त हुँदैन होइन । हुन त यो मुलुकाँ ठूलावडालाइ कानूनले कहिले पो छुएको छ र ? कानूनले कार्वाही गर्ने होइन क्यारे ? कार्वाही गर्ने तिनै डाम्ना हुन्छन् जो दोषीलाई निर्दाष निर्दोषलाई दोषी बनाइदिन्छन् । गर्नुपर्ने काम नगरेर नगर्नुपर्ने काम गरेर सरकारले विना मौसमको बाँसुरी किन बजाएको होला ? बरु वाइडवडी खाने, वाल्टाटारको जग्गा खाने, ओम्नी, यति, मेलाम्चीका किथ्राहरुलाई कार्वाही गर्ने कानून ल्याएको भए सबैले निको मान्ने थिए ।
सुकुल गुणको सरकार रे
थुतुनामो जे आयो प्वाक्क बोल्ने अनि ठाउँ न ठहर जथाभावि थ्याच्च बस्ने स्वभाले आफैलाई पिरोल्छ । नेपालमा एकजना सरकारका नजरमा मूर्ख विद्वान छन् प्रा.डा. सुरेन्द्र केसी । डा. केसीका मुख थुन्न दुई तिहाइको हनुमन्ते सरकारको समेत बसमा छैन । अस्तिका दिन केसीले कुरो नचपाइकन सिधै भन्दिए वर्तमान सरकार भन्या कुलमनलाई रोक्ने अनि वामदेवलाई बोक्ने सुकुलगुण्डकाो सरकार हो रे । वर्तमान सरकार सुकुलगुण्डाको हो भने जगलाई नै थाहा छ अनि डा. केसीले किन बोल्नुप¥यो । वित्थामा ननीको किन हुन खोज्या होला ? बरु यसो गुणगान गाएर तक्मा भिर्नेतिर गा’को भए पनि हुन्थ्यो । कस्ता कस्ता सज्जन भ्रष्टाचारी, ठग माफिया, बलात्कारीहरुले त यमानको तक्मा छातीमा टाँसेर हिड्न थाले । डा. केसीचाहिँ सुकुलगुण्डाको सरकार भनेर बसिराखन न । जस्तो आँगन त्यस्तै नाच्न जान्नुपर्दैन ? यहाँ कसैले वाल्टारै बेचेपनि क्रान्ति हुने, आत्म निर्णयको अधिकार हुने अरुले चित्त नबुझेको कुरामा विरोध गर्दा प्रजातन्त्रको खिलाफ हुन्छ भने कुरा डा. केसीलाई थाहै रै’नछ ।
मगन्ते रहित बनाएको छ रे
हैन हौ हाम्रा पर्धानमन्तरी खप्रओवाले झुठो बोल्नचाहिँ विद्यावारिधी नै ग¥या हुन कि क्या हो ? फेरि तिन्का अरिगालहरु खप्रओ बाले बोलेको झुठलाई भैमा खस्न दिँदैनन, सत्य बनाउने खेलमा डटी हाल्छन् । अस्तिका दिन खप्रओबाले प्वाँक भने सरकारलाई मगन्ते रहित बनाइएको छ रे । बा’को कुरा सुनेर घण्टारलाई एक पटक पेटमिची मिची हाँस्न मनलाग्यो । कोरानाको नाममा अरुसँग पिपिई, औषधि पैसा मागेको कसैले विर्सेका छैनन् । यता जनतालाई कोठाभित्र बन्द गरेर दुहुने उता विदेशहरुसँग हात फैल्याउने क्या गजबको लीला छ बा’को । उनी फेरि भनिसिन्छ सरकारलाई मगन्ते रहित बनाएका छौ । बा’ को लीला बुझ्न हजार जिब्रा भएका शेषनागलाई पनि हम्मे हम्मे पर्छ । कि कसो हौ ?
कुलमान स“गै गएछ
नेपालमा फेरि गरिखान धौ धौ हुने भयो । कुलमान गएपछि विजुली पनि संँगै गएछ कि क्या हो ? बत्ती झ्याप झ्याप गा’छ गा’छ । लोडसेडिङ्ग नै ग¥या भए समय तालिका त सार्वजनिक गर्नु प¥यो नि † कुलमान बेइमान नै हुन् । चौवीसै घण्टा बत्ती दिएर नेपालीहरुको बानी साह«ै नराम्ररी विगारी दिए । कुलमानले गर्दा इन्र्भर, जेनेरेटरका व्यापारीहरु सुकुम्बासी भए, मन्त्री र सचिवले पाउने कशिन गुम्यो । कम्ता ठूलो अपराध ग¥या थे कुलमानले । फेरि नेपाली जन्ता पनि त्यस्तै भेडा छन् । चौवीसै घण्टा बत्ती आउँदा अरु कतिको उठिबास भएको छ भन्ने कुरा बुझ्नु पर्दैन ? एकोहोरो कुलमान चाहियो कुलमान चाहियो भनेर सडकमा उफ्रिएर मात्र हुन्छ । धन्न पर्धानमन्तनरीले कसैको कुरा सुनेनन् । कुलमानलाई गलहत्याएरै छाडिदिए । पर्धानमन्तरी भएपछि ठूला ठूला इन्भर्टर व्यापारी,जेनेरेटरका व्यापारीको कुरा सुन्नु परेन ? विचाराहरुले चुनाउमा करोडौ खर्च दिएका छन् । जनताले के द्या छन् र ? जाबो त्यही नाथे एक भोट त हो नि । त्यो पनि मासुभात खुवाएर मात्र दिएका हुन् ।
सरकारले सक्दैन रे
सरकारले सीमा सुरक्षे गर्न सक्दैन रे घरुले मन्तरी रामबहादुर थापा मगरले भन्या । सरकारले गर्न सक्ने कुरा पनि भएन । विचरा सरकारले कता कता भ्याओस् ? सरकार सीमा क्षेत्रमा बस्ने हो र ? सिंहदरबारमा बस्नेले सीमा
सुरक्षा गर्ने कुरा पनि आउँदैन । सीमा सुरक्षा स्थानीय जनताले नै गर्नुपर्छ भनेर थापा मगरले भन्या सोह«ैआना सही छ । विचरा सरकारले माफियासँग कमिशन पनि असुल्नु प¥यो, भ्रष्टहरुलाई पनि जोगाउनु प¥यो, बलात्कारीलाई
संरक्षण गर्नुप¥यो, माइतीघरमा विभिन्न माग राखी आन्दोलन गर्दै आउनेले डँडेल्नु पनि सोझ्याउनु प¥यो । यत्रा काम गर्दा गर्दै सीमामा गएर सुरक्षा गर्न सक्ने कुरा पनि भएन । सरकारले गर्न सक्ने काम त गरराँकै छ नि । वित्थाँ चीनले सीमा मिच्यो,
सरकारले केही गरेन भनेर विरोध गर्नेहरु लोकतन्त्रका विरोधी हुन् । लोकतन्त्रमा विरोधीहरुलाई त्यसै छाड्ने कुरा पनि भएन । कि कसो हौ ?
चीनको नाकाबन्दी
दशैको मुखमा चीनले आफ्ना सीमा नाकाहरु बन्द ग¥यो भनेर केही हल्दीरामहरु उफ्रिएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । चीनले दशैमा मात्र नाकाबन्दी ग¥या हो र ? जाबो दुई वटा नाकाबाट यसो यदाकदा सामान ल्याउन द्या थ्यो । त्यो पनि भुकम्प र कोरोना फैलिएपछि ड्याम्म बन्द गदियो । उसले नाकबन्दी गर्दिएसी एक थरिले किन कोकोहोलो मच्चाएका होलान् ? खोलेर लुतुलुतु नेपालीलाई माल दिनुपर्छ भन्ने त छैन । कसैका बाबुको नाका त उसले बन्द गर्दिया हैन । मन लागेन बन्द गर्दियो । दक्षिणले बन्द गर्दिया भए अहिलेसम्म सडकमा भाडाका अरिंगालहरुको राम्रै चहलपहल भइसक्थ्यो । नाकाबन्दी ग¥यो भनेर उत्पात मच्चाउथे ।
राष्ट्रवादी सरकार पनि उट्पट्याङ्ग तुक्का हानेर छाउरा सडकमा उफार्ने काममा लाग्थ्यो । तर उत्तरकासँग केही जोर चले पो ? थच्चिएर हेर्नु भन उसले केही चाहिँ गर्न सक्छ र ?
अन्तेमा
यसपटक लाँग्रेसकको १४ औं महाधिवेशन हात्ती आयो हात्ती आयो फुस्सा हुने जस्तो पो देखिन थाल्या
छ । बूढानिलकण्ठे स्यालबहादुर काजी महाधिवेशन सारेर आफ्नो पदावधि लम्ब्याउन न्वारानदेखिको बल लगाएर लाग्या छन् । यसका लागि उनले आफ्ना नन्दीभृंगीहरुलाई कोरोनाको हाउगुजी देखाएर प्रचार गर्न लगाइसकेका छन् । उता यसपटक सभापतिमा लडेर निर्वाचित भएरै छाड्ने ध्याउन्मा लागेकाहरु विस्तारै गल्न थाल्या छन् । फाइँ फुँई गरेर प्रचार प्रसार गरेम भने स्यालबहादरले निर्वाचन नै गराउलान् जस्तो छैन । कम्ता धर्म सकटमा प¥या छैनन् । विरासतको राजननीति गर्र्नेदेखि थुतुनो भरि टाटा र पांग्रा भएकाहरु यसपटक सभापतिमा लडेरै छाड्ने भन्दै खुट्टो उचाल्दै आएका थिए । हेरम स्यालबहादुरले कस्तो जोखाना
हेर्दैछन् ?

तपाईको प्रतिक्रिया