नेपालको भूकम्प पछिको पुन : निर्माणका लागि १ अर्ब ५४ करोडको चेक हस्तान्तरण

धरान÷वि.स. २०७२ को महाभुकम्पपछि ध्वस्त भएका संरचना निर्माणका लागि भारत सरकारले निरन्तर नेपाललाई सहयोृग उपलब्ध गराउँदै आएको र पछिल्लो पटक ‘पुन ः एक अर्ब ५४ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख नामग्य खाम्पाद्वारा असोज ६ गते नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानालाई उक्त रकम हस्तारण गरिएको थियो । सचिव ढुंगानालाई भारत सरकारले आवास तथा विद्यालय पुन ः निर्माणको लागि गरेको प्रतिबद्धता अनुरुप उक्त रकम हस्तान्तरण गरेको हो ।
भारत सरकारले आवास परियोजना अन्तर्गत १ सय ५० मिलियन अमेरिकन डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । रकम बराबरको चेक हन्तारणसँगै भारतले आवास क्षेत्रको पुननिर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराई सकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार नीजि आवास पुर्ननिर्माणका लागि गरेको प्रतिवद्धता मध्ये ९२ प्रतिशत घरधुरीको हाल निर्माण सम्पन्न भइसकेको छ ।
यसैगरी भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्र्तत ७० वटा विद्यालय र एक पुस्तकालयको पुन ः निर्माणका लागि पनि सहयोगको पतिद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुन निर्माणतर्फको ४.२ मिलियन अमेरिकी डलर बराबर पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराईसकेको छ । भारतीय राजदूतावास काठमाण्डौद्वारा असोज ७ गते जारी विज्ञप्तीमा भनिएको छ, भुकम्प पछिको पुर्न निर्माणतर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार सदैव प्रतिबद्ध छ ।


यसैबीच शिक्षा क्षेत्रमा भएका भूकम्प पछिका पुर्ननिर्माण प्रयासका बारे तयार पारिएको सिविआरआई परियोजना वेवसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले मंगलबार संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । उहाँहरुले भर्चुअल समारोह मार्फत भारत सरकारको सयोगमा नेपालको शिक्षा क्षेत्रमा भुकम्प पछिको पुर्ननिर्माण प्रयासहरुबारे पारिएको एक डेडिकेट वेवसाइडको शुभारम्भ गर्नुभएको हो ।
भारत सरकारको सहायतामा भएका भुकम्पपछिको पुनः निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेभसाइट अंगेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनुका साथै सो वेभसाइट प्रयोगकर्ता मैत्री समेत रहेको छ । उक्त वेवसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सिविआरआई) रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सिएआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सिविआरआई) रुड्की भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुको साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो । आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनिकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सिविआरआइ भारतको एक प्रमुख संस्था पनि हो ।
शिक्षा क्षेत्रका परियोजनाहरुमा यी संस्थानहरुको भूमिका पश्चात केन्द्रीय भवन अनुसन्धान संस्थान (सिविआरआई), रुड्कीलाई भारत सरकारको भूकम्प पछिको पुर्ननिर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरुका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सिविआरआइ रुड्कीको बीचमा हालै एउटा सम्झौता पत्रमा हस्तान्तरण गरिएको छ । भारत सकारको १ अर्ब अमेरकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्प पछिको पुर्ननिर्माण परियोजनाहरु निरन्तर अगाडि बढीरहेका छन् । विशेष गरी आवास क्षेत्रमा गोरखा, र नुवाकोट जिल्लामा ५० हजार घरहरुमध्ये ४६ हजार घरहरु निर्माण भइसकेका छन् । ७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १ सय ४७ वटा स्वास्थ्य संरचना र २८ वटा साँस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य, सांस्कृतिक पुनस्थापना परियोजनाहरु पुर्ननिर्माण, रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया