सामाजिक लोकतान्त्रिक अध्यन केन्द्र विस्तार

धरान÷नेपाली काँग्रेसका सस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजन्तिको अवसरमा सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र सुनसरीका संयोजक डा. गोपाल भण्डारीले कार्यसमिति विस्तार गर्नुभएको् छ ।
सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र (२०७१) काठमाण्डौको श्रावण ९ गतेको निर्णय अनुसार भण्डारीलाई सुनसरी जिल्ला संयोजकको रुपमा चयन गरेको थियो । भाद्र २४ गते सुनसरीको कार्यसमितिको सह संयोेजकमा मनोज पोख्रेल, सचिवमा रमेश पोख्रेल र कोषाध्यक्षमा श्रीमति हिमाल राईलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मणिराज भट्टराई, निलम चम्लागाई, गंगाप्रसाद चम्लागाई, विनोद नेपाल,देवेन्द्र चौधरी, रितेष चौधरी र अमृतराम दाश रहनु भएको छ भने सल्लाहकारमा धरान उपमहानगर पालिकका प्रमुख तिलक राई, इनरुवा नगरपालिकका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकका प्रमुख जयप्रकाश चाधरी र बीपी चिन्तन प्रतिष्ठान धरानका अध्यक्ष डा. आनन्दप्रसाद आचार्य रहनु भएको छ ।

तपाईको प्रतिक्रिया