आफ्नो स्वार्थ पूरा गराउन साउन ३० को सिनेट बैठक केन्द्रित ः बीपीको नाममा रहेको जग्गा संरक्षणमा तरुण दल जस्तोसुकै आन्दोल गर्न पनि पछि नपर्ने चेतावनी

धरान, २९ साउन ः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति र अराजक कार्यको विरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल र नेविसंघले दिएका छन् ।
नेपाल तरण दल सुनसरी क्षेत्र नं. १, तरुण दल धरान नगर समिति र नेपाल विद्यार्थी संघ सुनसरीले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानको हित भन्दा बाहिर उपकुलपतिले काम गर्न थालेको, अहिलेको विषम परिस्थितिमा कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्नु भन्दा पनि आफ्नो स्वार्थका लागि साउन ३० गते सिनेट बैठक राखेको भन्दै प्रतिष्ठानको सम्पत्ति जोगाउन र बेथितिका विरुद्ध जस्तोसुकै परिस्थितिमा आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल धरान नगर समितिका अध्यक्ष हिमाल श्रेष्ठ दिनुभयो ।
१५ बुदे मागसहित निरन्तर आन्दोलन गर्न लागेका उनीहरुले यस अघि नै धरान साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोमानिल्यप्रति खेद प्रकट गरेका छन् । उनीहरुले मोरङको सुन्दर हरैचामा रहेको जग्गामा मदन भण्डारी मेमोरियल ट्रष्ट बनाउने तथा प्रतिष्ठानकै नाममा रहेको धरान १ को पुरानो अस्पतालमा मोटो रकम कमिशन लिने मनसायले व्यापारीसंग मिलेर लिजमा दिने कुरा बाहिर आएको बताउदै उनीहरुले बीपी प्रतिष्ठानको सम्पत्तिमा मनोमानी हुन नदिन आफूहरु जस्तोसुकै आन्दोलन गर्न चेतावनी दिएका छन् ।


वैसाख ११ गते प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राइइले निरीक्षण तथा अनुगमन गरेको कोभिड अस्पताल हालसम्म सञ्चालन नगरेको र तरुण दल र नेविसंघको आन्दोलनपश्चात सञ्चालननको नाटक गरेर समाचार माध्यममा समाचार सम्पें्रषण भएकोप्रति भत्सर्ना समेत गरेको छ ।
अहिलेको विषम परिस्थितिमा सिनेट बैठक भन्दा पनि कोरोनाको जोखिमलाई ध्यान केन्द्रित गर्नुपर्ने पहिलो आवश्यकता भएपनि स्थानीय सरकारको मागलाई लत्याउदै समन्वय विना नै आफूले गरेको वेथितिलाई वैधानिकता दिनका लागि साउन ३० गतेको सिनेट बैठक गर्न लागेको आरोप लगाउदै कोरोनाको संंक्रमण बढ्दै जादा संक्रमितलाई राख्ने ठाउ नभएपछि धरान उपमहानगरपालिकाले धरान १९ हरियाली सामुदायिक भवनमा २३ बेडको आइसुलेसन बनाएको नगर सभापति हिमाल श्रेष्ठले बताउनुभयो । उहाले लेवल ३ को कोडिभ अस्पताल पूर्ण रुपमा सञ्चालन गर्दैै धरानहरुका लागि २५ बेड सुरक्षित राख्न पनि माग गर्नुभयो ।
नेपाली कांग्रेस धरान नगर समिति धरान १८ मा भएको पत्रकार सम्मेलनका क्रममा उनीहरुले आफूहरुको मागमा वेवास्ता गरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया