वीपीको बेथितिविरुद्धमा आन्दोलित तरुण दलले बीपीमा प्रदर्शन ग¥यो

धरान÷ विषम परिस्थितिमा पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेथिति बढेको र साउन ३० गतेको सिनेट बैठक रोक्न माग गर्दै मंगलबार गरेको तालाबन्दी प्रहरीले तोडेपछि आक्रोसित नेपाल तरुण दल धरान नगरसमितिले बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रदर्शन गरेको छ ।
प्रतिष्ठानको सिनेट बैठक स्थगितसगै कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग राखी मंगलबार उनीहरुले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर प्रहरीले एक घण्टा पनि वित्न नपाउदै ताला तोडेपछि आक्रोसित तरुण दल र नेपाली विद्यार्थी संघले प्रतिष्ठानको मुख्य प्रवेशद्ववारमा आज प्रर्दशन गरेका हुन् ।
प्रतिष्ठानमा उपकुलपति ्र गिरीले प्रतिष्ठान सुधारमा ध्यान नदिएको आरोप लगाउदै प्रतिष्ठानमा रहेको वेतिथि हटाउदै सर्व सुलभ उपचारको व्यवस्था गर्न माग उनीहरुले गरेका छन् । उनीहरुले उपकुलपतिसगै प्रतिष्ठानमा पदाधिकारी कोरोनाको महामारी अवस्थामा पनि उपचारको व्यवस्था मिलाउन छोडेर गैर जिम्मेवार बन्दै काठमाडौ गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्् । 

धरान १८ बुद्ध चोैक वाट नारा जुलुस सहित प्रतिष्ठानको मुख्य प्रवेश द्वार पुगेका तरुणदल र नेविसंघ कार्यतका प्रतिष्ठान भित्र प्रवेश गर्दै उपकुलपति कार्यकक्ष तर्फ जानलाग्दा प्रहरीले रोकेको थियो । सो क्रममा केही क्षण प्रहरीसग ठेलामठेल समेत भएको थियो । प्रहरीले उपकुलपति कार्यकक्ष तर्फ जान नदिएपछि उनीहरुदले मुख्य प्रवेश द्वार भित्र विरोध सभा गरेका थिए । यसै विच प्रतिष्ठानको फर्माकोलोजी विभागमा प्रमुख समेत रहेका सिनेट सदस्य प्राध्यपक डाक्टर जीपी रौनियारले सिनेट वैठक तत्कालको लागि स्थगित गर्न माग गर्नुभएको छ् । प्रतिष्ठानका सहकुलपतिति समेतरहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाउदै डाक्टर रौनियारले कोरानको सक्रमण फैलिरहेका अवस्थामा सिनेट वैठक गर्नु उपयुक्त नभएको र गर्नेपर्नै भए भर्चूअल वैठक गर्न समेत माग गर्नुभएको छ । यस अघि प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरानउपमहानगर पालिका मेयर तिलक राईले अहिले अवस्थमा सिनेट वैठक बस्न उचित नहुदे भन्दै प्रतिष्ठानलाई सिनेट वैठक स्थगित गर्न लिखित रुपमै आग्रह गर्नुभएको थियो । ।

तपाईको प्रतिक्रिया