पालिका तरकारी बजारमा आगलागी

धरान÷ः तीन महिना भन्दा लामोे लकडाउनले व्यापार व्यवसाय चौपट भएका धरान ३ पालिका बजारका व्यवसायीहरु आइतबार भएको आगलागीको घट्नाले अझ पीडामा परेका छन् ।
आइतबार विहान भएको आगलागीबाट पालिका बजारभित्र रहेको ११ वटा कसमेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।
आगलागीमा परी कल्पना तामाङ्ग, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानु बस्नेत, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा
निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ । आगलागीमा करिव ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागि पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
स्थानीयहरुले भने दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको बताएका छन् । पालिका तरकारी बजारमा फलफूल तथा कोल्डड्रिंग्स पसल सञ्चालन गरेकी ज्ञानु बस्नेतले आगलागीबाट आफूहरुको व्यापार व्यवसाय नै सखाप भएको बताउनुभयो ।
सोही स्थानमा कस्मेटिक दोकान सञ्चालन गर्नुभएका रमा चौहान खतिवडा र सविना वेघा खनालले आफूहरुको मात्र आगलागीबाट ८ देखि १० लाख रुपैया क्षति भएको बताउनुभयो ।
उनीहरुले समयमै दमकल आइदिएको ठूलो क्षति नहुने बताएका थिए । आगलागीबाट आफूहरुको सर्वस्व गुमेको र गरिखाने बाटो नै सकिएको पीडितहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया