हातेमालो फाउन्डेशनद्वारा हेल्पलाइन सेवा बन्द

धरान लकडाउन सुरु भएस“गै अस्पतालहरुले कोरानासँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेका हाम्रो हातेमालो फाउन्डेसनले एक हजार ८३ जनालाई सेवा दिएको छ ।
कोराना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरी उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १ सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताउनुभयो । उपचार सगै विभिन्न संघ संस्थाकोहरुको समन्वयमा वीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । लकडाउन केही खुकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने वताउनुभयो । उहाले फेसबुकवाट भने सेवा निरन्तर रहने बताउनुभयो । उहाले फाउन्डेशनको फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने बताउनुभयो । अस्पतालहरुले ओपिडी सेवा सुरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममावाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले वताउनुभयो । चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया