धरान÷ धरान १४ मा विजयपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
धरान १३ कृषि बजारदेखि माथि धरान १४ विजयपुरमा रहेको डिलमा टाउको तल र खुट्टा माथि अवस्थामा घोप्टो परेको अवस्थामा एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
मृतक धरान १ निवासी ४१ बर्षीय जितेन राई भएको धरान प्रहरीले जनाएको छ । घोप्टो अवथामा रहेको उनको देब्र हातको कुहिनामा चोट रहेको छ । के कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । प्रहरीले घट्ना स्थलमा गएर मुचुल्का उठाउने काम सकेपछि अहिले पोष्टमार्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
मृतक राई २०५९÷०६० सालदेखि नै धरान १ ससुरालीमा बस्दै आएका र्र काठको मिस्त्री गर्ने मजदुर रहेको मृतकका ससुरा विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । दैनिकजसो मदिरा सेवन गर्ने राई राति ११, १२ बजेतिर मात्र घर फर्किने गरेको ससुरा श्रेष्ठले जनकारी दिनुभयो । उहाका अनुसार समेत े साझ ६ बजेतिर घरबाट बाहिर निस्किएको जानकारी दिनुभयो ।
मृतकका ससुरा श्रेष्ठका अनुसार मृतक राई १०÷१२ बर्ष अगाडि वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीबाट फर्किएदेखि नै धरान १ मा रहेको ससुराली घरमा बस्दै आएका थिए । इलाम स्थायी घर भएका मृतक राईले सविता श्रेष्ठसंगै विवाह गरेका थिए र हाल उनका १७ बर्ष र ५ बर्षका दुई छोरा रहेका छन् ।
