सरकारले समयमै रोकथाम र नियन्त्रणको उपाय अवलम्बन नगर्दा सलह तराई हुँदै पहाड उक्लियो एकातिर मल नपाएर चिन्तामा डुबेका किसान सलहको आतंकबाट कसरी बाली जोगाउने भने त्रासमा

धरान÷नेपालको अन्न भण्डारको रुपमा रहेको तराईका जिल्लाहरुमा मात्र नभएर सलह पहाडी जिल्लाहरुमा समेत उक्लिन थालेको छ । सरकारले समयमै रोकथाम र नियन्त्रणका उपाय अवलम्बन नगर्दा बथानका बथान निर्वाध भित्रिन थालेको सलहबाट बाली कसरी जोगाउने भन्ने चिन्तामा किसानहरु देखिएका छन् ।
भारतको विभिन्न प्रान्तमा एक महिना अगाडि देखिएको सलह नेपालमा प्रवेश गर्ने प्रवल सम्भावनाको सरकारले समयमै आंकलन गर्न नसक्दा देशका विभिन्न प्रदेशमा सलह भित्रिन थालेको छ । सरकारले गठन गरेको कथित विज्ञ समूहले अब मनसुन शुरु भइसकेको अवस्थामा सलह नेपालमा प्रवेश गर्न नसक्ने हाँस्यास्पद प्रतिवेदन बुझाउनुले समेत सलह नियन्त्रणमा सरकारको पूर्व तयारी कस्तो छ भन्ने तथ्य प्रष्ट हुन्छ ।
प्रदेश नं. १ सँगै जोडिएको प्रदेश नं. २ मा शनिवार सलहको ठूलो संख्यामा प्रवेश गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । प्रदेश नं. २ को सिराहा, सप्तरी हुँदै उदयपुरका विभिन्न स्थाानमा समेत सलह देखिएको स्थानीय कृषकहरुले बताएका छन् । उदयपुरका स्थानीय कृषक जीवन विष्ट भन्छन् शनिवार साँझ देखि मकै बारीमा फट्यांग्राजस्तो कीरा छ्याप्पै देखिएको छ । मकैको घोगा, पात, सब्जी सबै खाइदिएको छ । उनले भने यसको समयमै नियन्त्रण नहुने हो भने मकै बाली मात्र नभएर कुनै पनि अन्न बाली नरहने निश्चित छ ।
सुनसरी जिल्लामा भने हालसम्म यसको प्रकोप नदेखिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नुनुलाल उराउले बताउनुभयो । उहाँले भन्नुभयो हालसम्म सुनसरीमा सलहको प्रकोप देखिएको छैन । उहाँ भन्नुहुन्छ देखिएमा नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । कृषकहरुले त्यस सम्बन्धमा जानकारी दिएका छैनन् । सुनसरीको बराह क्षेत्रमा देखिएको भन्ने कुरा आएको छ नि त भन्ने सम्बन्धमा उराउ भन्नुहन्छ देखिएको भए कृषकहरुले जानकारी दिनुहोला । हाम्रा प्राविधिकहरु बराहक्षेत्रमा समेत छन् । उहाँहरुले त्यसको निक्र्यौल गर्नुहोला । यदि आइहालेमा एउटा टाक्स फोर्स बनाएर काम गर्नुपर्नै हुन्छ । यस भन्दा अगाडि फौजी कीरा नियन्त्रण गर्न पनि हामीले टाक्स फोर्स बनाएका थियौं ।
कार्यालयक प्रमुख उराउ भन्नुहुन्छ यसको नियन्त्रणका उपायहरु धेरै छन् जस्तै धपाउने, मार्ने, कुखुरा छाड्ने, मालाथिन पाउडर, झोल छर्कने गर्नुपर्छ । यदि आइहाले भने हामी पनि अगाडि देखि नै तयारी अवस्थामा रहेर काम गर्छौै । यसका लागि हामीले ७ लाख रुपैया विनियोजन गरेका
छौ । सलहका सम्बन्धमा किसानलाई जानकारी गराउने, प्रचार प्रसारका लागि पम्प्लेटहरु बाँडने, स्थलगत अनुगमन गर्ने काम हामी गर्छौै । अहिले कुनै टाक्स फोर्स बनाउनु भएको छ कि छैन भन्ने सवालमा उहाँले भन्नुभयो अहिले हामीले बनाएका छैनांै । तर चाँँडै बनाउँछौं । सुन्नमा आएपछि त्यसै बस्ने कुरा पनि भएन । सोमबार म स्वयम्. देवानगञ्ज स्थलगत अवलोकनमा गएको थिएँ । कसैले सलहका विषमा चर्चा समेत गरेनन् । यसबाट प्रष्ट हुन्छ सुनसरीमा हालसम्म यसको प्रवेश भएको छैन तर हामी उच्च सतर्कतामा बसेका छौं उराउले भने ।
खाद्यान्न तथा अन्नबाली नष्ट गनैे फट्यांग्रा जातको सलह कीरा प्रदेश नं २ को सर्लाही, बारा र पर्सामा समेत देखिइसकेको छ । नेपालका पश्चिमी जिल्लाहरु रुपन्देही, पाल्पा लगायतका अधिकांश जिल्लामा यसले खेतबारीमा लगाइएका अन्नबाली नष्ट गर्न थालिसकेको छ । उदयपुरमा ठूला ठूला बथानमा देखिएको सलह उत्तरतिर बढ्दै गएको रामपुर ठोक्सिलाका शालिकराम दाहालले बताए । सलहको प्रभाव यसैगरी बढ्दै गएमा पूर्वी पहाडी जिल्ला ओखलढुंगा, खोटाङ्ग भोजपुर, धनकुटा, तेह्रथुम, इलाम, पाँचथरमा समेत चाडै देखिने सुनसरीका कृषि विकास अधिकारी नुनुलाल उराउको कथन छ । किसानहरुले समयमै यस सम्बन्धमा जानकारी दिएमा नियन्त्रणका अनेकौ उपाय अवलम्बन गर्न सकिने समेत उराउ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया