बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक प्रक्राउ

धरान १३ असार ः नौ बर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा धरानमा एक युवालाई प्रहरीले प्रक्राउ गरको छ ।
बालिकालाई यौन दुव्यवहार गरेका उजुरी बालिकाकी आमाले इलाका प्रहरी कायाृलय धरानमा उजुरी दिएपछि उनलाई हिजो प्रहरीले प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय नगेन्द्र बराइली रहेका छन् ।
असार १ गते नाबालकलाई बराइलीले यौन दुव्र्यवहार गरेको पीडितकी आमाले दिएको उल्लेख गरिएको छ । यस सम्बन्धमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया