धरान, २५ जेष्ठ ः आगलागीबाट विचल्ली परेका धरान १५का दुई परिवारलाई स्थानीयले रकम जुटाएर सहयोग गरेका छन् ।
गत विहीबार धरान १५ साम्पाङ चौकमा नरबहादुर श्रेष्ठको घरमा आगलागी हुदा घर भाडामा बस्ने मजदुरी गर्ने परिवार र विद्यार्थीलाई स्थानीयहरुले रकम जुटाएर सहयोग गरेका हुन् ।
घरको मिस्त्री काम गरेर ५ जनाको परिवार पाल्दै आउनु भएका ३० बर्षीय सुरेश लिम्बुको परिवार र पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा अध्ययनरत विद्यार्थी मधुमला चौधरीलाई स्थानीयको सक्रियतामा टोल टोलमा गएर १ सय ७८ जनाबाट उठेको रकम ५० हजार ५ सय सहयोग गरेका हुन् ।,

लगातारको लकडाउनका कारण विहान बेलुका छाक टार्न कठिन धनकुटाको हात्तीखर्क घर भएका सुरेश लिम्बुलाई विहीबार अर्को ठूलो बज्रपात प¥यो । चार महिना अगाडिदेखि जन्डिस लागेर काम गर्न नसक्ने अवस्थामा रहेका उहाले ५ जना परिवारको लालनपोषण गर्न नै कठिन भएको थियो । दुई छोरी, एक छोरा र श्रीमतिको लालनपालनको जिम्मेबारी बोक्नुभएको उहा विरामीले थलिएर काम गर्न नसक्ने र लगातारको लकडाउनले काम नै नपाएको अवस्थामा विहीबार भएको आगलागीबाट उहाको कोठामा राखेका सम्पूर्ण सामाग्री जलेर नष्ट भयो । अहिले के खाउ भरे के खाउ भएको अवस्थामा लकडाउनको अवस्थामा पहाड धनकुटा जाने निधो गरे पनि जान सक्नु भएको थिएन । लिम्बुकी श्रीमति सीता लिम्बुले गास बास नै उठेको बेला स्थानीयहरुको सक्रियताले सहयोग गरेकोमा सबैलाई धन्यवाद दिनुभयो ।
लकडाउनले गाउलेहरु नै समस्यामा परे पनि जति सकिन्छ त्यति नै रकम संकलन गर्न साम्पाङ चौकका रमला तामाङ, कौशिला ठकुरी, रज्जु राई, पवित्रा गुरुङ, तारा परियार, शिला दाहाल, मन्दिरा श्रेष्ठ लगायतको महिलाहरु टोलमा गएर गच्छे अनुसार संकलन गरेर पीडित लिम्बुका परिवारलाई करिब १५ हजार बरारको ओढ्ने ओछ्याउने, किचनमा प्रयोग हुने सामाग्री प्रदान गरेका छन् भने १४ हजार नगद प्रदान गरे । यस्तै विद्यार्थी मधुमला चौधरीलाई नगद ११ हजार् प्रदान गरे ।
आगलागी भएपछि ती परिवारलाई साम्पाङ चौक टोल विकास समिति धरान १५ का अध्यक्ष विजय राईको घरमा उपाध्यक्ष तारा शाक्यको पकलमा राखिएको छ ।
जस्तोसुकै विषम परिस्थितिमा पनि सहयोग जुटाएर गच्छे अनुसारा सहयोग पु¥याएको सहयोग जुटाउन सक्रिय भुमिका निर्वाह गर्नुभएकी रमा तामाङले बताउनुभयो ।
घरका आमा छोरीमात्र बस्दै आएका दुवैजनाको मृत्यु भएपनि बाच्न सफल भएका घर भाडामा बस्ने परिवारका लागि आफूहरुले सकेसम्म सहयोग पु¥याएको स्थानीय वाङछु शेर्पाले बताउनुभयो ।
गत विहीबार धरान १५ साम्पाङ्ग चौकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुदा ९७ बर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ बर्षीय सीता श्रेष्ठको मृत्यु भएको भने घरमा भाडामा बस्नेहरुको पनि सर्वस्व गुमेको थियो ।
आगलागीबाट सर्वस्व गुमाएका परिवारलाई सरकारले सहयोग नगरे पनि स्थानीयले अढाई महिना भन्दा बढी समस्यामा परेका गाउलेले नै यसरी रकम संकलन गरेर सहयोग जुटाएकोमा जस्तो सुकै समस्यामा पनि अरुलाई परेको पीडामा मल्हलम लगाउन उनीहरुले छोडेनन् ।
