आइपास नेपालले स्वाथ्य सस्थालाई सुरक्षा सामाग्री प्रदान ग-यो

धरान २० जेष्ठ ःसुुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालले प्रदेश नम्बर १का ६ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई १४ लाख ४५ हजार ३ सय ८५ बरावरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।


आइपासले प्रदेश १ का ६ जिल्लामा रहेका सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई पिपिइ ,के एन नाइट फाइभ माक्स लगाएतका सुरक्षा सामाग्री वितरण गरेको हो । संस्थाले तेह्रथुुम संखुुवासभा,सुनसरी,इलाम,मोरगं र पाँचथरका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका संस्थाका प्रदेश नम्बर १ संयोजक केदार भण्डारीले जानकारी दिए । सुरक्षित गर्भपतन , प्रजनन स्वास्थ्य सगै परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको संस्थाले कोशी अञ्चल अस्पताल , विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , धरान उपहानगर पालिका , पाँचथर जिल्ला अस्पताल लगातका स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका चिकित्सक तथा स्वास्थ्य कर्मी सगै महिला स्वास्थ्य कर्मीहरुलाई समेत स्वास्थ्य सुुरक्षा सामाग्री हस्तान्तरण गरेको भण्डारीले वताए । पिपिइ सेट ९१ , एप्रोन ३सय२५,के एन नाइट पाइभ २सय ४०, सर्जरी माक्स १५ हजार ९ सय ५६, डिस्पोजेवल माक्स१५ हजार ७ सय ५६ , हेण्ड स्यानिटाइजर १४ सय ४१,रेक्जिन थ्री एम १सय ८८, लगाएतका स्वास्थ्य सामाग्री संस्थाले सहयोग गरेको संयोजक भण्डारीले वताए ।

तपाईको प्रतिक्रिया